लुकामारी खेलेको पुरानो पलले रुवाउँछ
त्यही संझी लेखिएको गजलले रुवाउँछ।
याद आउँछ अझैपनि संगै बस्तु चराएको
आज यहाँको उराठलाग्दो जंगलले रुवाउँछ।
अविस्मरणीय चिनो साट्यौं हामी दुवैले
पटकपटक झस्काइदिने सलले रुवाउँछ।
सानोतिनो गल्ती हुँदा बढ्न थाल्यो दूरी
त्यतिखेर गरिएको त्यही कलले रुवाउँछ।
सम्बन्ध लाई जोगाउन लाखौं कोसिस गरें
तर निर्मोही बाटै भएको छलले रुवाउँछ।
No comments:
Post a Comment