थकाई लाग्यो,बिसाउन देऊ,मुटुको चौतारी
पिपलु जस्तै,दिएर मलाई,शित्तल छहारी
हे हे......मनको चौतारी
हे हे ....मायाको छहारी
खसेको पात रहेछ जीवन,शिशिर यामको
गलेछ ज्यान,दौडिंदा पछि,नाम र दामको
सकिन्थ्यो बरु,सहन भार,बोझिलो कामको
सकिन्न रै'छ सहन बोझ, छल र छामको।
भौतारी हिंडे,रुपको पछि,पिरती पाईन
धोका नै धोका,जिन्दगीभरी,यति त खाईन
भयो कि ढिला,आउनलाई,बेलैमा आईन
तिम्लाई जस्तो निश्छल माया अरुलाई लाईन।
पग्लेको आँखा हातमा तिम्रो थमाउन चाहन्छु
बगेको आँसु अंजुलीभरी जमाउन चाहन्छु
गन्तव्य भेटें,मायाको हाँगा,समाउन चाहन्छु
खरानी हुनु अगावै तन रमाउन चाहन्छु।
No comments:
Post a Comment