अस्पतालको शैय्यामाथि काम्दैछु अहिले
जिन्दगीलाई नजिकबाट छाम्दैछु अहिले
सुख हुँदा धेरै थिए,दु:ख पर्दा छैनन्
नियति र नियत देखी रुन्छ आज यो मन।
तन्नेरीमा खुशी हुँदा हाँस्नेहरु धेरै हुन्छन्
दु:खी भई रुने बेला रुनेहरु धेरै हुन्छन्
बुढेसकालमा थला पर्दा छुनेहरु हुँदै हुन्नन्
बाध्यतामा दिशापिसाब धुनेहरु हुँदै हुन्नन्।
निस्वार्थले भरिएको मन भेट्न गाह्रो हुन्छ
मनुष्यको मुटु यहाँ हिउँ भन्दा चिसो हुन्छ
यता उता जताततै देख्छु केवल स्वार्थीहरु
बनाउनु भन्दा साथी एक्लै बाँच्नु जाती बरु।
No comments:
Post a Comment