Wednesday, 10 October 2018

नमस्ते नेपाल

नमस्ते नेपाल,नमस्ते नेपाल,नमस्ते नेपाल
कहीं छ तराई,कहीं छ पहाड,कहीं छ हिमाल
सानो छ भूगोल,विश्व मानचित्रमा,मनमा छ विशाल
नमस्ते नेपाल,नमस्ते नेपाल,नमस्ते नेपाल।

भोकभोकै दुश्मनसंग लड्न सक्ने बहादुरी
खुकुरीले तोपसंग भिड्न सक्ने छौं साहसी
नालापानी युद्धहरु लडेका छन् नेपालीले
वीरताको गाथा चिनो छोडेका छन् नेपालीले।

नाकाबन्दी गरेपनि यौटा भुत्ला झर्ने छैन
वैरीसंग सामना गर्छ,कहिल्यै पछि पर्ने छैन
मातृभूमि बचाउन ज्यान दाउमा पार्न सक्छौं
होसियार दुश्मन हो!मर्न सक्छौं मार्न सक्छौं।

जहाँ बसे पनि हामी एकै घरमा दाजुभाइ
एकै दिदीबहिनी हौं,चिन्ता छैन हामीलाई
प्रकृतिले भिन्न हौंला,पहिचान एउटै छ
संगै मिलीजुली बस्ने हाम्रो मन एउटै छ।

हिमालको चिसो पानी पिईदिन्छ तराईले
हामी आफैं लड्यौं भने ताक पार्छन् पराइले
बलिदान,साहसले हुन दे'न देश गुलाम
बहादुरी पुर्खालाई गर्छौं हामी सधैं सलाम।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...