उडेको चरी समाउन खोज्थें जवानकालैमा
मरेको चरी समाउनै गाह्रो बुढेसकालैमा।
उमेर बूढो भएता पनि मन् बूढो हुँदैन
एउटी कान्छी भित्र्याउने धोको पूरा नै भएन
भुकम्पलाई टक्कर दिएँ त्यो नब्बे सालैमा
मरेको चरी समाउनै गाह्रो बुढेसकालैमा।
मक्केको रुख् झैं भएर पनि इच्छा छ हरियो
शरीर जीर्ण भएर पनि चाहना बलियो
माकुरीलाई जसरी पनि पार्नुछ जालैमा
मरेको चरी समाउनै गाह्रो बुढेसकालैमा।
पिरती लाउन सिमाना छैन,उमेरले छेक्दैन
मायाको कुनै हुँदैन आँखा,त्यसैले देख्दैन
मोहनी लगाई मोहित पार्छु कम्पनी मालैमा
मरेको चरी समाउनै गाह्रो बुढेसकालैमा।
No comments:
Post a Comment