लहर आई भिजाउने,रहरमा बाँचेको,बगर हुँ म
मन्दिरमा सजाइने,रहरमा हाँसेको,पत्थर हुँ म।
लात पनि सहेकोछु,घात पनि सहेको,यो संसारमा
फूल जस्तै ओइलेकोछु,पात जस्तै झरेको,परें मारमा
कैले चढ्ने उकालीमा,कैले झर्ने ओराली,सफर हुँ म
कैले रम्ने इन्द्रेणीमा,कैले भिज्ने झरीमा,रहर हुँ म।
धेरै ठाउँ टुटेकोछु,धेरै ठाउँ फुटेको,सुख्खा भूमिझैं
कैयौं खेप दुखेकोछु,कैयौं खेप चुकेको,मनु दुखीझैं
म देखेर सबै भाग्छन्,छेउ पनि पर्दैनन्,जहर हुँ म
बसिदिने हृदयमा,झस्काउने हमेसा,त्यो डर हुँ म।
No comments:
Post a Comment