Wednesday, 10 October 2018

ढुकुरे छाती

केटी
ढुकुरे छाती लिएर कान्छा,ढुकुरे छाती लिएर
सडक सबै ठेकेर हिन्छौ,खुकुरी रम पिएर।
केटा
कुखुरे बैँस लिएर कान्छी,कुखुरे बैँस लिएर
रमाई रमाइ जिएर हिन्छौ,केटालाई धोका दिएर।

केटी
बाउको पैसा चोरेर लान्छौ,साहुनी भेट्न भट्टीमा जान्छौ
मात्तिने गरी टनक्क तान्छौ,संसारमा ठूलो आफूलाई ठान्छौ।
केटा
आमाको चोलो खोसेर लाउँछौ,झिल्केलाई भेट्न चौतारी धाउँछौ
जबरजस्ती म्वाइ नै ख्वाउँछौ,होस् गर कान्छी दु:खनै पाउँछौ।
केटी
ढुकुरे छाती लिएर कान्छा,ढुकुरे छाती लिएर
केटा
कुखेर बैँस लिएर कान्छी,कुखुरे बैँस लिएर।

केटी
खेलाडी रैछौ खेलाउने केटी,एउटी पछि अर्कीलाई भेटी
गरेर हिन्छौ झूटको खेती,पख्लास तेरो झार्दिन्छु सेखी।
केटा
छोड न कान्छी बितेको कुरा,नचलाउ अब मुटुमा छुरा
लगाई दिउँला सिन्दूर चुरा,गर्दिन्छु तिम्रो रहर पूरा।
केटी
ढुकुरे छाती लिएर कान्छा,ढुकुरे छाती लिएर
सडक सबै ठेकेर हिन्छौ,खुकुरी रम पिएर।
केटा
कुखेर बैँस लिएर कान्छी,कुखुरे बैँस लिएर
रमाई रमाइ जिएर हिन्छौ,केटालाई धोका दिएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...