ए हावा!ए बादल!यौटा कुरा सुन
कहाँ के गर्दै होली,मेरी प्यारी जून।
तिमीले पो छेक्यौ कि
कहीं कतै देख्यौ कि
ग्रहणले खायो कि
औंसीले पो छायो कि
ए खोला!ए जंगल!यौटा कुरा सुन
कहाँ के गर्दै होली,मेरी प्यारी जून।
भंगालोमा डुबिन् कि
अप्ठ्यारोमा परिन् कि
हिंड्दा ठेस लाग्यो कि
दुश्मनले ताक्यो कि।
ए चरी!ए हरिण!यौटा कुरा सुन
कहाँ के गर्दै होली,मेरी प्यारी जून।
No comments:
Post a Comment