Saturday, 6 October 2018

सुरी-सुरी

केटी
सुरी सुरी सुरी
गर्छौ चुरी-फुरी
म्वाइ चोर्ने बिरालो
कुरी कुरी कुरी।

केटा
मोरी मोरी मोरी
खोज्छौ किन जोरी
गोरी गोरी गोरी
हेर्छौ चोरी चोरी।

केटी
ढुंगा टिपी हान्छौ
हात समाई तान्छौ
मौका ढुकी बस्छौ
कति चिल्लो घस्छौ।
लुकी लुकी लुकी
छेउ छाउ पुगी
म्वाई चोर्ने बिरालो
कुरी कुरी कुरी।

केटा
नक्कल पारी हिन्छौ
माया मारी दिन्छौ
खुरु खुरु लिन्छौ
भन के के किन्छौ?
पिरतीको डोरी
कसिदेउ मोरी
गोरी गोरी गोरी
हेर्छौ चोरी चोरी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...