केटी
तिरीरी-रीरी तिरीरी-रीरी तिरीरी तिरीरी
यो मुटुको वरिपरि,मनै लट्ठ पार्ने गरी
मायालुले बजायो,पिरतीको मीठो मुरली।
केटा
फिरीरी नाच्यो,फिरीरी नाच्यो,नाचेझैं जुरेली
यो मुटुको वरिपरि,मनमा ठ्याक्कै लाग्ने गरी
मायालुले चलायो पिरतीको मीठो गुलेली।
केटी
कृष्णले राधा फकाए सरी फकायो मायाले
छेकेर बाटो सताउन सम्म सतायो मायाले।
केटा
लैलाले मज्नू पर्खेको जस्तै पर्खेर मायाले
दिएन जान ,मलाई कतै , तर्केर मायाले।
केटी
मालिक तिमी,मायाको धनी,भिखारी भएँ म
यात्रामा हामी,चौतारी तिमी,छहारी भएँ म।
केटा
सिकारी तिमी,चलायौ गोली,शिकार भएँ म
मुटुमै लागी सकिन चल्नै बेकार भएँ म।
No comments:
Post a Comment