केटा
अलि अलि नेप्टी अनि,अलि अलि कप्टी
अलि अलि लाटी अनि,अलि अलि बाठी
मलाई मनपर्छ
मलाई मनपर्छ।
केटी
अलि अलि ग्वाँचे अनि,अलि अलि ध्वाँसे
अलि अलि सभ्य अनि,अलि अलि पाखे
मलाई मनपर्छ
मलाई मनपर्छ।
केटा
गोरी पनि नहोस् धेरै काली पनि नहोस्
डल्ली पनि नहोस् धेरै जाली पनि नहोस्।
केटी
अग्लो पनि नहोस् धेरै,होचो पनि नहोस्
फटाहा पनि नहोस् धेरै सोझो पनि नहोस्।
केटा
अलि अलि फुच्ची अनि,अलि अलि छुच्ची
अलि अलि सच्ची अनि,अलि अलि लुच्ची
मलाई मनपर्छ
मलाई मनपर्छ।
केटी
अलि अलि जुँगा अनि, अलि अलि दाह्री
अलि अलि हल्का अनि,अलि अलि भारी।
मलाई मनपर्छ
मलाई मनपर्छ।
केटा
कान्छी पनि नहोस् धेरै जेठी पनि नहोस्
पुन्टी पनि नहोस् धेरै,भुन्टी पनि नहोस्।
केटी
मोटे पनि नहोस् धेरै ख्याउटे पनि नहोस्
टेढे पनि नहोस् बरु बाउँठे पनि नहोस्।
केटा
अलि अलि मिठी अनि अलि अलि हिस्सी
ओठ लाली,दन्ते-मोती,अलि अलि कोठी
मलाई मनपर्छ
मलाई मनपर्छ।
केटी
फराकिलो छाती अनि, मन अलि जाती
अलि अलि ज्ञानी अनि,अलि राम्रो बानी।
मलाई मनपर्छ
मलाई मनपर्छ।
No comments:
Post a Comment