Wednesday, 15 November 2017

पानीपुरी खाए जस्तो

पानीपुरी खाए जस्तो
चटपटे खाए जस्तो
कस्तो-कस्तो तिम्रो माया
क्वाप्पै खाउँ लाग्ने माया
झ्याप्पै लाउँ लाग्ने माया।

कहिलेकाही लाग्छ तीतो
कहिलेकाही लाग्छ मीठो
एकपल्ट खाए पछि
छोड्ने मन हुन्न कति।
तीनपाने रक्सी जस्तो
तोङ्बाको पानी जस्तो
कस्तो-कस्तो तिम्रो माया
स्वाट्टै पारुँ लाग्ने माया
झ्याप्पै-लाउँ लाग्ने माया।

अंगुर जस्तै रसिलो
चक्लेट जस्तै गुलियो
खाएपछि पल्किगएँ
तिमी तिरै ढल्किगएँ।
आइसक्रीम खाए जस्तो
रसबरी खाए जस्तो
कस्तो-कस्तो तिम्रो माया
झनै खाउँ लाग्ने माया
झ्याप्पै लाउँ लाग्ने माया।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...