भुल्ने बहानामा फेरि सम्झिरहेछु
बर्षौं देखि तिमीलाई खोजिरहेछु।
शुरुमा त तिमी बिना जिउँछु भनें
तर जिउन सकिएन,पल-पल मरें
हामी भेट्ने चौतारीमा झरिरहेछु
तिमी आउने आशामा पर्खिरहेछु।
कहाँ पुग्यौ मेरी माया फर्केर आउ
उभिएका बाधाहरु ढालेर आउ
आँखा चिम्म नगरेर हेरिरहेछु
मिलन हुने सपना देखिरहेछु।
No comments:
Post a Comment