Wednesday, 22 November 2017

डिक्च्याउँ

डिक्च्याउँ-२,हान्यो मलाई,नजरको गोलीले
मुटुमा ठ्याक्कै,निशाना लायो,प्रेम-सिकारीले।

हुरुक्क भई,तड्पेर बस्छु, घाइते भएर
मलम लाए,बिसेक हुन्थ्यो नजिक आएर।
लागेको चोट,निको भै दिन्छ,मिठास बोलीले
मुटुमा ठ्याक्कै निशाना लायो,प्रेम-सिकारीले।

दिनदहाडै मायाको गोली हानेको केशमा
थुन्नेछु पक्का अपराधीलाई दिलको जेलमा
पानी पिउन,आग्रह गर्छ ,बैशको खोलीले
मुटुमा ठ्याक्कै निशाना लायो,प्रेम-सिकारीले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...