देखाई स्वप्न,मायालु पनि,छोडेर गैदियो
ओभानो थियो,नयन पनि,तलाउ भैदियो
रंगीन मेरो,संसार लाई,उजाड पारेर
रहेछ पापी,गएरै छाड्यो,जिउँदै मारेर।
रहेछ स्वार्थी,संसारै यहाँ,असल भेटिन
अरुको निम्ति,सोचेर हिंड्ने,मानिस देखिन
मनलाई जित्न ,नाटक गर्छन्, हातनै काटेर
जरुरत पूरा,गरेर जान्छन्,बसाइँ सरेर।
कसैको पनि लाग्ननै छाड्यो विश्वास अब त
आउन्न कोही ,मद्धत गर्न ,परेमा आपत
जसको लागि,बाँचेको हुन्छ,उ जान्छ मोडेर
जसले रोप्छ ,बिरुवा यहाँ ,गैदिन्छ ढालेर।
No comments:
Post a Comment