जलपरी!जलपरी!देखी जलपरी!
आँधीहुरी चल्न थाल्यो मेरो मनभरी
जलपरी!जलपरी!देखी जलपरी!
कहिले जुल्फी लर्काउँछे,कहिले मस्किन्छे
यौवनको कामूक दृश्य सबलाई पस्किन्छे
सकिन म बस्नलाई पिरिम् नगरी
जलपरी!जलपरी!देखी जलपरी!
अंजुलीमा पानी भरी जीउमा खन्याउँछे
एकान्तमा खुशी हुँदै उत्सव मनाउँछे
हेर्दाहेर्दै लट्ठ पारिन् मलाई कसरी
जलपरी!जलपरी!देखी जलपरी!
No comments:
Post a Comment