अर्जुन आफू र आफ्नो परिवारको सुनौलो भविष्यको निर्माण गर्न बिरानो देश यु.ए.ई. आइपुग्छ।ठूल्ठूला गगनचुम्बी आधुनिक भवन।फराकिला चिल्ला सडकहरु।ठूला-साना विविध सवारीसाधनको चाप।दुबईको एउटा भव्य सपिङ मलमा उसको कार्यक्षेत्र पर्छ।सेकुरिटी गार्ड उसको वर्तमान पेशा।दुबई पुगेको हप्ता दिनमा उसलाई अन्जान ब्यक्ति र नम्बरबाट फोन आउँछ।
अर्जुन-:"हेल्लो!को बोल्नुभएको?"
"भाइसाहब!मै महमद बोलरहा हुँ।"
अर्जुन:-कौन महमद?
महमद-:मै कौन बोलरहा हुँ,ए महत्वपूर्ण नहीं।
अर्जुन-:तो क्यु कल किया?
महमद-:आप नेपाली हो न?एक बात है।आज से तीन महिनाके वाद आपको एक कल आएगा अगर आपको लोट्री मिला तो।मैने आपका नाम भी लोट्रीमे सामेल किया।लेकिन एक बात ध्यान रखना।ए बात दुसरी किसिको नही बताना।बात सेक्रेट होना चाहिए।
अर्जुन-:क्या फरक पडता है?अगर लोट्री मिलना है तो दुसरीको पत्ता चलने से क्या होगा जी?
महमद:-फरक पडता है जी।बहुत फरक पडता है।मै आपके लिए ही बोलरहा हुँ।
अर्जुन:-ओके भैया मै किसिको नही बताउँगा।
महमद:ओके।नही बताना।
महमदले भने झैं अर्जुनले यो कुरालाई गोप्य राख्छ।कसैलाई जानकारी दिंन्न।दैनिक १२ घण्टा ड्युटी गरेर उसका दिनहरु बित्छन्।बिदेश आएको करीब ३ महिनापछि उसलाई फेरि महमदको फोन आउँछ तर पुरानो नभई नयाँ नम्बरबाट।
महमद:-भाइ मै महमद।याद है न?
अर्जुन:-हाँ जी क्युँ नही।बोलो जी कैसे याद किया?
महमद:-बहुत बहुत मुबारक भाइ।आप बहुत लक्की हो।
अर्जुन:-क्युँ और कैसे जी?किस बातका मुबारक?
महमद:-मैने बोला था न लोट्रीके बारेमे।लक्की ड्र मे आपका नाम आया भाइ।आपको एक लाख धिरामका लट्री मिला।आपका लाइफ सेट होने वाला है।
महमदको कुराले अर्जुन खुशीले पागल हुन्छ।एक लाख धिराम भनेको नेपाली २८ लाख हो।त्यो पैसाले के के गर्ने भनेर उसले मोटामोटी योजना समेत बनाउँछ।
अर्जुन:आपको बहुत बहुत सुक्रीया जी।आपका बजेसे मेरेको लोट्री मिला।मैने अब क्या करना है भाइ?
महनद:-आपको कुछ करनेका जरुरत नही भाइ।आपको लोट्री मिला,इसीमा मे खुश हुँ।आँप खुश-मै खुश।बश आप ऐसा किजिए।
अर्जुन:-क्या करना है भाइ।
महमद:-लोट्रीका पैसा जम्मा करनेके लिए बैंकमे एक एकाउन्ट खोल्ना होगा।ओही एकाउन्टमे आपका पैसा जम्मा होजाएगा।लेकिन एक छोटीसी काम करना होगा।एकाउन्ट खोलनेके लिए थोडासा पैसा चाहिए।आप ऐसा करो-एक हजार धिराम जल्दी मेरे नाममे भेजदो।
अर्जुन:-ओके भाइ मुस्किल नही।मै भेजेगा।लेकिन कैसे भेजनेका?
महमद:-सबसे बेहेतर रस्ता तो रिचार्ज कार्ड है।कार्ड खरिद करके उसका नम्बर मेरा मोबाइलमे म्यासेज करो।
अर्जुन:-ओके भाइ।एक लाख धिरामके लिए इतना तो कर सकता हुँ ना।
महमद:-ओके।जल्दी करो भाइ।
अर्जुनले मोबाईलको रिचार्ज कार्ड किनेर नम्बर महमदको नम्बरमा पठाउँछ र महमदको कलको प्रतिक्षा गर्छ।केही मिनेटमा कल आउँछ।तर यो पटक महमदको फोन नभएर अर्कै एकजना केटीको हुन्छ।
केटी:-भाइसाब!मै महमदका अफिससे बोलरहा हुँ।आपका एकाउन्ट ओपन करनेके लिए और कुछ पैसा चाहिए।
अर्जुन:-कितना चाहिए म्याडम?
केटी:-मेरेको म्याडम बोलनेका जरुरत नही भाइ।मै आपका दोस्त जैसा हुँ।एक हजार धिराम चाहिए।
अर्जुन:-लेकिन मेरा पास तो इतना पैसा नहीं है।
केटी:-दोस्त और रिस्तदार होगा ना।ढुँडो यार।तुमारा लाइफ सेट होजाएगा।तुम कितना लक्की हो।पैसा मिलनेके वाद पार्टी तो बन्ता है।मै भी आउँगी तुमारा पास।
अर्जुन:-ओके दोस्त मै कोसिस करुँगा।
अर्जुनले संगै ड्युटीमा भएका साथीहरुबाट पैसा संकलन गर्छ।तर उसले सत्य कुरा कसैलाई भन्दैन।नेपालमा आमा बिरामी भएर अस्पतालमा भर्ना भएको र पैसाको अत्यावश्यक भएको भनेर लगभग ५००० धिराम जति जम्मा गर्छ।केटीको कुरामा मख्ख भएर फेरि एक हजारको कार्ड पठाउँछ।फेरि पनि केटीको फोन आउँछ।
केटी:-यार एक मुस्किल है।एकाउन्ट ओपन होनेके लिए और कुछ पैसा चाहिए।तुमारा पास अभि कितना पैसा है?
अर्जुन-:मेरे पास ४००० धिराम है।
केटी:-ओके सब भेजो।इतना है तो जरुर एकाउन्ट ओपन होजाएगा।थोडी देरमे तुम १ लाख धिरामका मालिक होजाएगा।
अर्जुन:-ओके याद।बहुत बहुत सुक्रीया।
उसले भएभरको सबै पैसाले रिचार्ज कार्ड किनेर पठाउँछ।
"एक लाख धिराम हात परे काम छोडेर नेपाल जान्छु र केही बिजिनेस गर्छु।पैसा हात मात्र लागोस् न,म साथीहरुलाई पनि सरप्राइज दिन्छु।दस साल काम गरेर पनि १ लाख धिराम कमाउन सकिन्न।गएर केही जग्गा किन्छु।बुडीलाई सुन किन्छु।छोरालाई राम्रो स्कुलमा हाल्छु।त्यसपछि त लाइफ सेट!"
मनमनै अनेक सपना बुनिसक्छ उसले।महमद या त्यो केटीको फोनको आशमा एक घण्टा बित्छ तर फोन आउँदैन।उसको प्रतुक्षाको बांध टुट्छ।मोहमद लाई फोन लाउँछ।तर फोन स्वीच अफ भैसकेको हुन्छ।त्यो केटीको नम्बरमा फोन गर्छ।उनको फोन पनि स्वीच अफ हुन्छ।लगातार दुईतीन घण्टासम्म फोन गर्न खोज्छ तर लाग्दैन।उ हतोत्साहित हुन्छ।पसिनाले जीउ निथ्रुक्कै रुझिसकेको हुन्छ।उसले केही सोच्नै सक्दैन।पैसा गएको सम्झेर आँसु झर्छ।
"सालेहरुले ठगे मलाई।"
मनमनै क्रोधित हुन्छ।मुर्मुरिन्छ तर केही लाग्दैन।उसले आफू नराम्ररी ठगिएको चाल पाउँछ।पैसा असुल्ने कुनै उपाय हुन्न।पुलिसचौकी गएर सबै बेलिबिस्तार लाउँछ।
पुलिसको जवाफ हुन्छ-"sorry sir,in this case,we can do nothing.This no. doesn't belong to our country. You are cheated by the another foreigner.This no. is not registered here.There is not any option."
अर्थात त्यो नम्बर युएईको नभएको,दर्ता नभएको,अरु देशका मान्छेबाट अर्जुन ठगिएको र केही गर्न नसकिने कुरा पुलिसले बताउँछ।
"अब देखि म यस्तो गल्ती गर्दिन।सानो भन्दा सानो कुरा पनि साथीहरुलाई सोध्नेछु।"-अर्जुन एक्लै बोल्छ।
No comments:
Post a Comment