Thursday, 23 November 2017

नसन्काउ

नसन्काउ आँखाहरु,पत्थर गल्न सक्छ
नझिम्क्याउ ती परेली,कोही ढल्न सक्छ।

तिम्रो एकै इशारामा रोबोर्ट हुन्छन् मान्छे
तिमीले नै देखाएको बाटो चुन्छन् मान्छे
तिम्रो उर्वर जवानीले पानी बल्न सक्छ
नझिम्क्याउ ती परेली,कोही ढल्न सक्छ।

बहुमूल्य हिरा जस्तै टल्केको देखेर
पुतली झुम्मिन सक्छन् होस गर हेर
तिमी देखी अप्सराको मन जल्न सक्छ
नझिम्क्याउ ती परेली,कोही ढल्न सक्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...