Tuesday, 21 November 2017

नयनको क्यामेरा

नयनको क्यामेराले तिम्रो फोटो सुट गर्छु
यो दिलको मेमोरीमा तिमीलाई सेभ गर्छु।

डिलिट हुने छैनौ तिमी मेरो मनबाट कैल्यै
हेरिरहन्छु तिमी लाई दिन अनि रात सधैं
दिमाग यो ह्याङ भए अरु फोटो कट गर्छु
यो दिलको मेमोरीमा तिमीलाई सेभ गर्छु।

जिन्दगीको चलचित्र बनाऔं संगै मिलेर
आफैं कलाकार अनि निर्देशक नै बनेर
तिमी हिरोइन बन म हिरोको रोल गर्छु
यो दिलको मेमोरीमा तिमीलाई सेभ गर्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...