Thursday, 23 November 2017

ए सुन्दरी

ए सुन्दरी!
उठेर बस या सुतेर बस
बन्द कोठामै लुकेर बस।

बाहिरी आलोक फिक्का हुन्छन्
तिमी आफैं एउटा किरण हौ
तिम्रो उपस्थितिमा
अँध्यारो कोठा पनि झलमल्ल बल्छ
अन्धकारलाई परास्त गरेर चम्किन्छौ
जसरी हिरा चम्कन्छ
हो,तिमी हिरा हौ।

रवि पनि मिथ्या लाग्छ
सय रवि बराबर एक तिमी
शशि त झन निरीह भैदिन्छ 
हजार शशि बराबर एक तिमी
ग्रहणले केही बिगार्न सक्दैन
औंसीले रौं समेत हल्लाउन सक्दैन
तिमी आफैं पूर्णिमा हौ।

तिम्रो सामू
अप्सरा/परी/मेनका सब कुरुप हुन्छन्
तिमीलाई देखेर
लज्जित भएर भाग्न सक्छन्
टक्कर दिने विश्व-सुन्दरी
ओझेलमा पर्छन् चन्द्रमुखीहरु।

बाहिर आयौ भने
जवानीको रापले
पत्थरहरु पग्लिन सक्छन्
पानीमा आगो लाग्न सक्छ
सारा वनस्पति भस्म हुनसक्छन्
तिम्रो सुन्दरता देखेर
सामूहिक हृदयघात हुनसक्छ
लल्याकलुलुक भई ढल्न सक्छन्
यस्ता ठूल्ठूला दुर्घटना रोक्न
ए सुन्दरी!
उठेर बस या सुतेर बस
बन्द कोठामै लुकेर बस।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...