भूतहरु उठी आउँछन् तिमीले गाउने बेला
उथलपुथल मच्चिदिन्छ तिमी नाच्ने बेला।
के जादू रहेछ कुन्नि तिम्रो मीठो स्वरमा
आगो बाल्ने शक्ति रैछ तिम्रो सुन्दर रुपमा
मुर्दाहरु जागिदिन्छन् तिमीले गाउने बेला
उथलपुथल मच्चिदिन्छ तिमी नाच्ने बेला।
टुनामुना गरिकन मलाई पनि फसायौ
ठिकठाक मान्छेलाई हाँसिराख्ने बनायौ
सबै प्राणी जुर्मुराउँछन् तिमीले गाउने बेला
उथलपुथल मच्चिदिन्छ तिमी नाच्ने बेला।
No comments:
Post a Comment