मीठा सम्झनालाई
ताजा बनाउँदै
तीता पलहरुलाई बिर्साउँदै
बितृष्णा,ईर्ष्या,डाहा लाई
बिरालोले मुसा पछारे झैं
लछारपछार पार्दै
दुष्मनी र वैमनस्यतालाई मार्दै
अन्धकार लाई चिरेर
प्रज्वलनशील द्धीप बालेर
उज्यालो छरिदेउ।
हत्या,हिंसा,अशान्तिको
नामो-निसाना मेटी
शान्तिको पथमा
अग्रसर गराउँदै
आम प्राणीको
दु:खको महासागर सुकाई
सुखद र आनन्दित बनाई
सारा जगतलाई
समृद्धितर्फ मोड्दै
अग्रगतिमा डोर्याई
प्रगतिशील बनाइदेउ।
बिकृति,बिसंगति अनि
कुसंस्कार र अन्धबिश्वासको
जरा काट्दै
बिषालु मनहरुलाई
निलकण्ठ भएर पिई
अमृतको बर्षा गरी
बिश्वमै अमनचैन
कायम गरिदेउ।
नयाँ दिन संगै
नयाँ आशा
नया उमंगसंगै
नयाँ लक्ष्य
प्राप्तिको लागि
नयाँ जोश र
नयाँ शक्ति देउ
मेरो यही बिन्ती छ
हे नयाँ बर्ष तिमी।
Saturday, 31 December 2016
नयाँ बर्ष
मारेको बेला
बिछोडले आज ज्युंदै मारेको बेला
आफ्नै संग जिन्दगीले हारेको बेला।
यादको क्षेप्यास्त्रले आज अनायासै
मेरो मुटु तहसनहस पारेको बेला।
ठोकिन खोज्छ सम्झना उनको सामू
मनको बाटो तारले नै बारेको बेला।
प्रेमिल संसारमा रोमान्स गर्दै हुन्थ्यौं
एक्लै हुन्छु झट्ट आँखा उघारेको बेला।
(माङ दोर्जे शेर्पा)
उनी आज निकै प्रगतिको कुरा गर्छे,
मलाई मायाको तेलमा तारेको बेला।।
(टसी शेर्पा)
Friday, 30 December 2016
हिरा बनेर
झलमल पार्न खोजें मैले हिरा बनेर
मेरो मुटु खाईरही उसले किरा बनेर।
कुनै दिन लट्ठ,बेहोस बनाएको थियो
उनको त्यो पापी जवानी मदिरा बनेर।
असंभव थियो जीवन उनी बिना मेरो
बसेकी थिई तनमा धमनी शिरा बनेर।
विगतको भुलले वर्तमानमा पीडा दिँदै
उत्पात चहर्याई रहन्छ खटिरा बनेर।
दोबाटोमै छोडी जाँदा निष्ठुरी मोरीले
मुटु घाइते भएकोछ चिरा-चिरा बनेर।
बेर छैन
लाग्छ झगडा र कल आउन बेर छैन
जीवनमै ठूलो हलचल आउन बेर छैन
मुक्तकले बारम्बार घोचिरहँदा यसरी
शीरमा नारीको चप्पल आउन बेर छैन
डुल्दैछु
डुल्दैछु लखर लखर डुल्दैछु
गाउँका सारा घर-घर डुल्दैछु
गाउँमा भएका राम्री केटीलाई
लगाएर म सधैं नजर डुल्दैछु।
Thursday, 29 December 2016
Tuesday, 27 December 2016
परिणती
तीसौं बसन्तमा यात्रारत एक युवा,जसको शारीरिक हालत हेर्दा लाग्छ म साठीऔं बसन्तमा कदम चालिरहेको छु।रोग र शोकले खाइसकेको मेरो जीर्ण शरीर देखेर हरेश खाएँ।जिउने चाह मर्न लाग्यो।मैले जिन्दगीको सबभन्दा ठूलो र भयंकर योजना बनाएँ।सोही योजना मुताबिक सकी नसकी एक किलो खसीको मासु,दुई बोतल रक्सी,एक बट्टा सुर्य चुरोट र तीन मिटर जतिको लामो डोरी किनेर ल्याएँ।एकजनालाई एक दिन र एक रातको लागि त्यति सामान भए काफी थियो।अरुबेला अरु साथीभाइहरुसँग मिलेर मात्र खाने मेरो बानीले त्यो दिन यु-टर्न मार्यो।दाल,भात र मासु फ्राइ बनाएँ।सातवटा गिलासहरु निकालेर सबैमा पेग बनाएँ।भएभरको मासु ३ वटा प्लेटमा राखें।एउटा गिलासको रक्सी उठाएर सबै गिलासहरुसंग चेयर्स गरें र स्वाट्टै पारें।अरु गिलासका रक्सी जस्ताको तस्तै थिए।पुनः मैले गिलासमा रक्सी राखें।पेटमा सितन र रक्सीको मिलन हुँदै थियो।यही प्रक्रिया निकैबेरसम्म चलिरह्यो।हुँदाहुँदै रक्सीमा चुर्लुम्मै डुबिसकेको थिएँ।दुई बोतल मध्ये आधा बोतल मात्र सकेको रहेछ।मासु त एक तिहाई पनि खाएको रहेनछु।रोगको कारण छोडिसकेको चुरोट पुनः सल्काएँ र धुवाँलाई फुकेर सिलिङतिर पठाएँ।काठमाडौंको तीनतले घरभित्र सिर्फ म मात्र थिएँ।एक्लो म।आफन्त,ईस्टमित्र र साथीभाइहरुको दोहोरो चरित्र सम्झें।मेरो अगाडि राम्रो बोलेपनि पछाडि कुरा काट्ने उनीहरूको प्रवृत्तिबाट म टनक्कै अघाइसकेको थिएँ।मध्यरातको १२ बजिसकेको रहेछ।अब आफूले बनाएको महत्त्वपूर्ण योजना सफल बनाउने निधो गरें।टेबलमाथि चढेर अघि किनेर ल्याएको डोरी निकालेर फ्यान अडिएको यु-आकारको फलामको भागमा बाँधे।फिल्महरुको दृश्यमा हत्यारालाई फाँसी दिने खालको गोलाकार सुर्कुनो बनाएँ।बाँकी रहेका खानेकुरा,रक्सीका बोतल र गिलासमा नजर लाएँ।झल्याँस्स सम्झें-भात खानै पो बिर्सेको रहेछु।हतार-हतार झरेर भात पस्केर खाएँ।पेट टन्न भएर टेबुलमाथि चढ्न हम्मेहम्मे भयो।टाउकोलाई डोरीको गोला भित्र छिराएँ।संसारबाट सदाको लागि बिदा हुनु अगाडि घरपरिवार सम्झें।अनि अतीतका घटनाक्रमहरु ताजा बनेर मानसपटलमा उपस्थित भए।
एउटा गरीब किसानको परिवारमा जन्म लिनु मेरो लागि अभिशाप बन्न पुग्यो।गाउँकै स्कुलबाट प्रवेशिका उतीर्ण गरेपश्चात मैले बाबा-आमाबाट उच्च शिक्षा हासिल गर्नाको लागि कुनै सहयोग पाउन सकिन।पाओस् पनि कसरी,शिक्षाको उज्यालो घामबाट बन्चित बाबाआमा आफैंमा बेरोजगार हुनुहुन्थ्यो।रोजगारीको नाममा खेतीपाती थियो तर त्यसबाट उब्जेको अन्नले छ महिना पनि खाना नपुग्ने स्थिति भएकोले हातमुख जोर्न पनि धौधौ थियो।उहाँहरुको बाध्यात्मक परिस्थितिको मध्यनजर गर्दै आमाबाट मैले बोका बेचेर बचेको १५०० रुपियाँ लिएर काठमाडौ प्रस्थान गरें।उच्च शिक्षा हासिल गरेर सुनौलो भविष्य निर्माण गर्ने मेरो लक्ष्य थियो।काठमाडौंको चाबहिल स्थित एकजना गाउँले साथीकोमा बस्न थालें।५०० रुपियाँ मध्ये ३०० बस भाडामा र १००० पशुपति क्यापस भर्ना गर्नामा सक्यो।बाँकी २०० रुपियाँ खाजा खानमा सक्यो।पैसाको नाममा सुक्को बाँकी रहेन।शहर ठूलो भएपनि रोजगार पाउन कठिन रहेछ।साथीले अजम्बरी फाइनान्समा पैसा उठाउने काम मिलाइदियो।मेरा ग्राहकहरु निकै जना भए।अलिअलि पैसा बचाएर घरमा बाबा-आमालाई पनि पठाएँ।एउटा साइकल पनि खरीद गरें र सोही साइकलमा चढेर पैसा उठाउन थालें।केही दिन निकै सहज भएको थियो तर छ महिनापछि म बिरामी भएँ।साइकलमा हिंड्दा चिसो हावाको कारण छाती खराब भएको रहेछ।दुई महिना आराम गर्नुपर्यो।मलाई सन्चो त भयो तर मेरो जागिर खोसियो।म बेरोजगार भएँ।कोठाको साथीले कचकच गर्न थाल्यो।मुश्किलले ठमेलको एउटा ट्रेकिङ कम्पनीमा कुइरेहरुको झोला बोक्ने काम पाएँ।विभिन्न देशका कुइरेहरु लिएर पोखरा,जोमसोम,जिरी देखि सगरमाथा बेसक्याम्प र कालोपत्थर लगायतका विभिन्न पर्यटकीय स्थलहरुमा गएँ।बिना काम हातमुख जोर्न असम्भव भएकोले क्याम्पस भन्दा पनि बढी काममै ब्यस्त भएँ।म कहिलेकाही मात्र क्याम्पस जाँदा साथीहरुको लागि म नौलो भैसकेको हुन्थें।ट्रेकिङको सिजन समाप्त भएकोले म क्याम्पसमा नियमित जस्तो जान थालेको थिएँ।सोही क्रममा काठमाडौं निबासी अमृता संग मेरो दोस्ती जम्न थाल्यो।हामी एक-अर्काका असल साथी बनिसकेका थियौं।एकदिन अमृताले मलाई आफ्नो मनको कुरा राखी।
"मिङमा म तिमीलाई मन पराउन थालेकी छु।"
"म पनि तिमीलाई मन पराउँछु अमृता।तिमी मेरो बेस्ट फ्रेन्ड हौ।"-मैले पनि मनको कुरा भनिहालें।
"बेस्ट फ्रेन्ड मात्र?"-उनले आँखा तर्दै भनी।
"अनि के त?बेस्ट भन्दा अरु बेस्ट के होला र?"
"मैले तिमीलाई दिलको सिंहासनमा राजाको रुपमा बसाइसकेकी छु मिङमा।यो दिलमा अब तिमी बाहेक कसैले राज गर्न सक्दैन।म तिमीलाई माया गर्छु।म तिम्री जीवनसाथी हुन चाहन्छु मिङमा।"
म एकछिन त अलमलमा परें।उनी धनी नेवार परिवारमा जन्मेकी एक्ली छोरी म गाउँको गरीब केटो।उनको र मेरो स्तरमा आकाश र पातलको फरक थियो।
"तिमी कहाँकी,म कहाँको।हाम्रो स्तर मिल्दैन अमृता।म तिमीलाई आलिशान महलमा सजाउन सक्दिन।"-मैले अन्कनाउदै भनें।
"मलाई महलमा हैन मिङमा,दिलमा सजाए हुन्छ।म तिम्रो मायाको भोको हुँ।मलाई धनसम्पति हैन चोखो माया चाहिन्छ।"
उनको भनाइले मेरो कमलो मन पग्लिहाल्यो।मैले उनलाई अंगालोमा बेरें।
"तिमी जस्तो समझदार जीवनसाथी पाउँदा म धन्य भएको छु अमृता।म तिमीलाई सधैंको लागि आफ्नो बनाउन चाहन्छु तर त्यो भन्दा पहिले आफ्नो खुट्टामा उभिनुछ।"
"तिमीले चिन्ता लिनुपर्दैन मिङमा,बाबा-आमाकी म एक्लो सन्तान हुँ।बिहे गरेपछि उहाँहरुको सारा धनसम्पति हाम्रै त हो।"
मैले शीर हल्लाएर उनको कुरामा सहमति जनाएँ तर मेरो मनमा कुरा अर्कै थियो-कसैको सम्पतिको प्रलोभनमा नफसेर आफैं मिहिनेत गर्ने।त्यो दिनदेखि हामीले एक-अर्कालाई एक-अर्काका पूरक मानिसकेका थियौं।हाम्रो माया झाँगिएर संसारैभरी फैलिएको महसुस गरें मैले।एउटा गरीब केटालाई माया गर्ने मान्छे पाएकोले म संसारकै सबैभन्दा धनी र भाग्यमानी भएको अनुभूत गरें।
एकदिन उनले निकै उत्साहित हुँदै भनी-
"डार्लिङ,आज हामी होटलमा जाऔं न ल?नाइँ नभन है?"
उनको आग्रहलाई मैले कसरी टार्न सक्थें र।उनले त ज्यान मागे पनि हाँसीहाँसी दिन तयार थिएँ।मैले उनको आग्रहलाई सहर्ष स्वीकारें।खुशीले उनको भुईंमा खुट्टा नै थिएन।क्याम्पसबाट हामी सिधै होटलमा गयौं।खाना खाइओरी हामी विश्राम गर्न थाल्यौं।उनी मसंगै टाँसिन थाली।मेरो हातमा समाएर चुम्न लागी।मैले पनि उनले जस्तै कृयाकलाप गरेर साथ दिएँ।उनले आफ्नो कपडा उतारेर भित्री बस्त्र मात्र बाँकी राखी।आफ्नो ओठ मेरो ओठमा ल्याएर जोती।केहीबेरमा उनी बेडमा पल्टेर शिरक ओढी।
"आउ न मिङमा सुतौं,मलाई त जाडो लागेको छ।"
मैले उनलाई साथ दिएँ।उनले अझै मलाई टोक्न छाडेकी थिईनन्।मैले आफूलाई कन्ट्रोल गर्न सकिरहेको थिईन।बिहे भन्दा पहिलेको सेक्सलाई मैले अपराधको रुपमा लिएँ र जबर्जस्ती आफूलाई कन्ट्रोल गरें।अमृता र म पल्टिमात्र रह्यौं।उनी खुलेर बोलिरहेकी थिईनन्।त्यहाँ भएको ल्यान्डलाइनबाट फोन गरेर उनले दुई बोतल बियर मगाई।उनले दुईवटा गिलासमा भरेर स्वाट्ट पारी र मलाई पनि पार्ने संकेत दिई।बियर पिएपछि काम बिग्रने डरले मैले बियर नपिउने प्रण गरें।उनले निकैबेर कर गरी तर मैले नकारिरहें।एउटा बियर सकेर उनी मस्त सुती।उनलाई नछुने गरेर अलग्गै सुतें।त्यो रात हामीले खाना पनि खाएनौं।राती उठेर अर्को बियर पनि सक्काइसकेकी रहिछे।उनी ममाथि चढेर सीमा नाध्न लागेकी थिई।मैले उनको बेहोसीको मौका उठाउन चाहिन।
"अमृता तिमी अहिले होसमा छैनौ।अहिले आराम गर।जे जे गरेपनि भोलि होसमा गरौंला।"
मैले यति भनेर उनलाई माथिबाट ओरालेर सुताइदिएँ।बिहान उठेर उनले होटेलको बिल तिरी र हामी त्यहाँबाट आ-आफ्नो गन्तव्यतिर प्रस्थान गर्यौं।केही दिन म कामको ब्यस्तताले उनलाई सम्पर्क गर्न सकिन।केही दिन लाङटाङ ट्रीपमै थिएँ।लाङटाङबाट फर्के लगत्तै अमृतालाई भेट्न आतुर हुँदै क्याम्पस गएँ।एकजना केटासित एउटै बेन्चमा बसेकी थिई।मैले टाढैबाट 'हाइ, भरे भेटौंला' भनें।उनले पनि शीर हल्लाई तर उनमा मलाई भेट्ने उत्साह नभए झैं देखियो।खाली पिरियडमा हामी सबै बाहिरियौं।तर उनी मलाई बेवास्ता गर्दै उहीँ केटासँग मस्की-मस्की गफ गर्दै थिई।
"एक्सक्युज मी अमृता,के म तिमीसँग एकछिन कुरा गर्न सक्छु?"-मैले त्यो केटासामू नै भनें।
"के कुरा हो,यही भन।"-उनले लाल नयन बनाउदै भनी।
"एकछिन सानो कुरा गर्नुछ यार।"-मैले त्यो केटालाई भनें।
"ल ल अमृता भरे भेटौंला।तिमीहरुको के कुरा हो गर।"
यति भनेर उ त्यहाँबाट ओझेलमा पर्यो।
"मिङमा!के कुरा हो भनिहाल,मलाई तिमीसित बोलिरहने फुर्सद छैन।"
"किन तिमी परिवर्तन भयौ अमृता?मबाट के गल्ती भयो?"
"म तिमी जस्तो नामर्दलाई ब्वाइफ्रेन्ड बनाउन सक्तिन।मैले त्यत्रो खर्च गरेको परिणाम के?मेरो ईच्छा र चाहना समेत बुझ्न नसक्नेबाट अरु के आशा राख्नु?हामी होटलमा गएको भोलिपल्ट देखि नै मैले आफ्नो बाटो अन्तै मोडिसकेकी छु।अरु कसैलाई रोजेकी छु।अबदेखि मलाई डिस्टर्ब नगर।"
"के शारीरिक सम्पर्क मात्र प्रेम हो?मैले त तिमीलाई हृदयदेखि नै प्रेम गरेको थिएँ।बिहे अगावै रस चुसेर खोक्रो बनाउन चाहन्नथें तिमीलाई।त्यसैको लागि मात्र माया गरेकी रहिछ्यौ तिमीले,तर मेरो डिक्स्नरीमा प्रेमको परिभाषा अलग छ अमृता।म नामर्द हैन,तिमी त्यही चाहन्छ्यौ भने हिंड म आफ्नो पुरुषार्थ देखाउँछु।"
"धेरै ढिला भयो डियर,अब ट्राइ नगर।गुडबाई।"
"अमृता!प्लीज अमृता,म तिमीलाई कति माया गर्छु तिमीलाई के थाहा।"
मेरो कुरा नसुनीकन फटाफट आफ्नो बाटो लागी।म ट्वाल्ल परेर हेरेको हेर्यै भएँ।मेरो जिन्दगीमा भुइँचालो आएर तहसनहस पार्यो।मेरो मनको कृष्णभीरबाट पहिरो गयो।मेरो जीवन जाम भयो।एकहप्तासम्म मैले उनको मन परिवर्तन होला भनेर आशा गरिरहें तर उनको दैनिक उठबस उहीँ केटासित भैरह्यो।मैले माया मारें।
त्यसपछिका दिनहरु ट्रेकिङमै बित्न थाले।मैले हमेसाको लागि उनलाई मनबाट किक आउट गरें।उनको मुख समेत हेर्न मन नलागेर क्याम्पस पनि छोडिदिएँ।मेरो काम र मलाई बिश्वास गरेर अफिसले मलाई पर्यटकहरुको ठूल्ठूला ग्रुप पनि जिम्मा दिए।ट्रेकिङमा सबै कुराहरु मैले नै हेर्नुपर्थ्यो।गोराहरुले मलाई खुब मन पराउँथे।मेरो अंग्रेजी भाषा पनि पानी जस्तै बग्न थालेकोले म ग्रुपमा हिरो नै भएँ।बिदेशी केटीहरु पनि मसँग बोल्न पाउँदा बहुतै खुशी हुन्थे।सोही क्रममा जर्मनकी जेनी नामको केटीसँग मेरो राम्रो दोस्ती भयो।हामी असल साथी भयौं।हामी फोन,स्काइप र फेसबुक म्यासेन्जर लगायतका संचार माध्यमहरुमा बाक्लै वार्तालाप गर्न थाल्यौं।उनले मलाई बेस्ट फ्रेन्डको दर्जा दिएकी थिई।तर उनी म भन्दा पनि ५ बर्षले जेठी थिई।साथी-साथीमा उमेरको कुनै पाबन्दी थिएन।दोश्रोपटक उनी ग्रुप सहित नेपाल भ्रमणमा आई।त्यसपल्टको उनको भ्रमण सगरमाथा बेसक्याम्प सम्म थियो।काठमाडौंदेखि जिरीसम्म बसबाट यात्रा गर्यौं।जिरीदेखि शुरु भयो पैदल यात्रा।रामेछापको बाम्ती भन्डारमा पाल टाँगेर बास बसियो।खाना पश्चात् पालबाट निस्केर जेनीले मलाई बोलाई।
"मिङमा!क्यान यु कम हेयर?"
म मौनरुपमा उनको आज्ञा पालन गर्दै उनकोमा गएँ।पालभित्र पसेर भनी-
"प्लीज,कम इन।"
म पनि उनैको पालभित्र प्रबेश गरें।
"टुडे आइ एम फिलिङ कोल्ड।आइ ह्याभ सम डृंक फर अस।"
उनले प्लास्टिकको दुईवटा कपमा जर्मनबाट ल्याइएको रक्सी खन्याईन्।पानी पनि नमिसाइकन चेयर्स गरेर पिउन थाल्यौं।मात चढ्दै जाने क्रममा जेनी अप्सरा भन्दा राम्री र संसारकै सबैभन्दा राम्री परी झैं देखिन थाली।
"मिङमा!आइ लब यु।"
"आइ लब यु जेनी।"
रक्सीको गिलास साइड लाएर उनले मलाई कडा चुम्बन गरी।मैले पनि उनको पैंचो नतिरी सुखै थिएन।
"आजको राती संगै सुतौं न ल मिङमा?"-उनले अंग्रेजीमै भनी।
"भैहाल्छ नि किन नहुनु।"-मैले जवाफ दिएँ।
उनले भएभरको बस्त्र उतारेर निर्बस्त्र भई र मलाई पनि आफू जस्तै बनाई।दुबैजना स्लीपिङ ब्यगभित्र छिर्यौं।हाम्रा हातहरुले मनोमानी गर्न थाले।चलायमान भए मुखहरु।हाम्रा चाहनाहरु रकेट भन्दा पनि गतिशील भए।उनी जुरुक्क उठेर ममाथि चढी।एक प्रकारको छटपटीले मलाई असह्य भयो।सायद उनी पनि सम्हालिन सकिरहेकी थिईनन्।एकैछिनमा हामीले चरम आनन्दको अनुभुत गर्यौं।उनी चिच्याउन थाली।मेरो मनमा कताकता भय सृजना भयो-अरुले चाल पाउँलान् कि भनेर।मैले हात लगेर उनको मुख बन्द गरें।उनले कन्ट्रोल गर्न थाली।केहीबेरमा हामी एकैचोटि स्खलित भयौं।तत्कालै गगनबाट हाम्रो पालमाथि बर्षात हुन थाल्यो।
"म सोच्न पनि सक्तिन कि म स्वर्गमा छु।"
-उनले अंग्रेजीमा बोल्न थाली।तत्पश्चात हामी मस्त निंदायौं।करीब दुई बजेतिर फेरि उनी ममाथि बर्षिन थाली।चार बजेपनि कोसिस गर्दै थिई।मलाई निष्क्रिय देखेर एक प्रकारको ट्याब्लेट ख्वाइदिई र आफूले पनि खाई।हामी पुनः शक्तिशाली भयौं।पुनः स्वर्गमा पुग्यौं।त्यो त शुरूवात मात्र थियो।त्यसपछिका दिन र रातहरु रंगीन भएर बिते।ग्रुपका सबैलाई हाम्रो बारेमा अवगत भयो।
सोलुखुम्बुको हरियाली वनजंगल,त्यहाँका डाँफे,मुनाल,मृग,कस्तुरी,चौंरी,भेडा,च्यांग्रा,पहाड,पर्वत र हिमशृंखलाहरुले हामी लगायत ग्रुपका भरिया,कुक देखि लिएर बिदेशी पर्यटकहरुलाई मोहित बनाइरहेका थिए।उनीहरु फोटो खिच्नमा तल्लीन थिए।प्रतिकृया अनुसार उनीहरु स्वर्गमा आइपुगेका थिए।कहिल्यै नदेखेको हिउँ प्रत्यक्षरुपमा हेर्न र छुन पाएर गदगद थिए।तर मेरो लागि ती मनमोहक प्राकृतिक दृश्य भन्दा सुन्दर जेनीको रुप र जवानी लाग्थ्यो।उनको सामू सबै दृश्य फिका हुन्थ्यो।अझ रोचक कुरा त उनले चिसो हिउँमा पनि शारीरिक सम्पर्कको चाहना राख्ने गर्थी र हामी दुबै सकृय हुन्थ्यौं।ग्रुपका अरु मेम्बरहरु हामीलाई पर्खिरहेका हुन्थे तर हामी आफ्नै चालमा हुन्थ्यौं।सगरमाथा बेसक्याम्पसम्मको गन्तव्य पूर्ण भएपछि फर्केर लुक्ला आयौं।लुक्लादेखि हवाइजहाजमा काठमाडौं आयौं।जेनीले मलाई बिहेको प्रस्ताब राखी।नेपालमा बसेर उनलाई पाल्न नसक्ने धारणा ब्यक्त गरें।बिहे गरेर जर्मन जाने र उनले मलाई पनि उतै बोलाउने कुरा गरी।हामीले आफ्नै हिसाबले रिङ साटेर बिहे गर्यौं।हनिमुनको लागि उनले हायत होटल बुक गरेकी थिई।हाम्रो हनिमुन भव्य र अबिस्मरणीय बन्यो।केही दिनमा उनी जर्मन गई।छ महिनापछि मलाई भिसा पठाईन्।म जर्मन गएँ।जर्मनको बर्लिन शहरमा अपार्टमेन्ट लिएर बस्न थाल्यौं।जेनी आर्थिक रुपमा सम्पन्न भएपनि मैले त्यहाँ काम गर्न थालें।उनको पैसामा मात्र चैन गर्ने उदेश्य मेरो थिएन।उनी दिनभरी एक्लै घरमा बस्ने गर्थी।मेरो छुट्टीको दिन घुमघाम गर्थ्यौं।मैले उनलाई बच्चा जन्माउन आग्रह गरें तर उनी तयार भईनन्।त्यसरी नै तीन साल बितिसकेको थियो।हाम्रो सम्बन्ध सुमधुर थियो।मैले आफूलाई संसारकै सबैभन्दा भाग्यमानी पुरुषको रुपमा लिएको थिएँ।एकदिन म बिरामी भएर कामबाट फर्कें।ढोकामा चाबी लाएको रहेनछ।ढोका खोलेर भित्र के प्रबेश गरेको थिएँ,मेरी जेनीको शरीरमा अरु कुनै पुरुषले खेलिरहेको थियो।कपडाको स्ट्यान्ड लिएर शीरमा प्रहार गरें।त्यो मान्छे त्यही बेहोस भयो।जेनीलाई पनि एक झापट हानें।उनी कुनामा बसेर रुन थालिन्।
"जेनी हु इज दिस?व्हाइ आर यु डुईङ लाइक दिस?"
"हि इज माइन एक्स ब्वाइफ्रेन्ड।आइ एम सरी।"
त्यो मान्छे होसमा आयो र उठेर टाप कस्यो।हाम्रो बीचमा झगडा शुरु भयो।उनले आईन्दा यस्तो गर्दिन भनेर माफी मागेकीले एकचोटिलाई माफी दिएँ।उनीहरुको बीचमा धेरै पहिलेदेखि शारीरिक सम्बन्ध हुँदै आएको रहेछ।म जर्मन गएको चार सालमा हामी दुबै जना सिकिस्त बिरामी भयौं।हस्पिटलमा चेकअप गर्दा दुबैलाई संसारकै सबैभन्दा खतरनाक र उपचारै नहुने रोग लागेको रहेछ।हाम्रो रगतमा एच आइ भी पोजिटिभ देखियो।हामी छाँगाबाट खस्यौं।जिन्दगी नै समाप्त भएको आभास भयो।केही दिन रोएँ र कराएँ तर झनझन कमजोर हुनु बाहेक हुनेवाला केही थिएन।उनले दिनहुुँ मलाई माफी मागिन्।मैले माफ गरिदिएँ।सायद हामीलाई तीनचार बर्ष पहिलेदेखि म एड्स लागेको थियो।शरीर दिनप्रतिदिन कमजोर हुन थाल्यो।रुघाखोकी मात्र लागे पनि धेरै दिनसम्म सताउँथ्यो।धेरै रोगहरुले सामुहिक रुपमा च्याप्न थाले।
एकदिन मलाई एकजना साथीले यु-ट्युबको लिंक पठाएको रहेछ।लिंक खोलेर हेर्दा म झन मरेतुल्य भएँ।जेनीले म र अन्य पुरुषहरुसित बनाएको सेक्स भिडियो यु-ट्युबमा हालेकी रहिछे।मलाई असाध्यै पीडा भयो।हातको नशा काटेर आत्माहत्या गर्ने कोसिस गरें तर जेनीले तुरुन्तै हस्पिटल लगेर बचाई।हस्पिटल बाट घर फर्केपछि मैले उनलाई भिडियोको बारेमा सोधें।
"माइ डियर दिस इज माई प्रोफेसन।"
उनले निलो चलचित्र बनाउने नै आफ्नो पेशा भएको बताईन्।मैले उनलाई डिभोर्स दिए र नेपाल फर्कें।जर्मनमा कमाएको पैसाले काठमाडौंमा घर किनें।शुरुमा त आफन्त,इष्टमित्र र साथीभाइहरुको आवतजावत बाक्लै थियो तर पछि मेरो रोगको बारेमा पत्ता चलेपछि भेटघाट पातलियो।जड्याहाहरु मात्र मेरो साथी बनिरहे।एड्स भएको पनि आठ नौ बर्ष भयो होला।बाँच्ने चाहानामा कमी आउन थाल्यो।त्यसैले आज संसारबाट बिदा हुनालाई यस्तो भयंकर योजना बनाएँ।
अतीतलाई सम्झिसकेर घाँटीमा लाएको सुर्कुनो कस्न थालें।टेबुललाई खुट्टाको सहायताले लडाउन खोज्दै थिएँ,घरको बेल बज्न थाल्यो।कस्तो महत्त्वपूर्ण काम गर्न गैरहेको बेलामा डिस्टर्ब गरेकोले रिस उठ्यो।सुर्कुनोबाट शीर निकालेर ढोका खोलें।
"मिङमा,यार तिम्रो लागि एउटा खुशीको खबर छ।"
हातमा कान्तिपुर पत्रिका लिएर मेरो साथी दावा निकै उत्साहित भएर कराउँदै थियो।उनको कुराले मलाई खासै असर गर्न सकेन।
"मर्ने बेला हरियो काँक्रो।आउ भित्र बसेर गफ गरौं।"
दावालाई लिएर भित्र आएँ।टेबुलमाथि खानेकुरा,रक्सी र सिलिङको पासो देखेर उ छक्क पर्यो।उसलाई यथार्थ बुझ्न समय लागेन।
"हैट मिङमा,तिमीले झन्डै ठूलो गल्ती गरेछौ।ल हेर त आजको हेडलाईन के छ।"
उसले कान्तिपुरको हेडलाईन देखायो।
"एड्सको औषधि नेपालमै पत्ता लाग्यो।"
हेडलाईन पढेर म निकै उत्साहित भएँ।उसको हातबाट पत्रिका लिएर समाचारको पूर्ण अंश पढें।समाचार अनुसार काठमाडौंको तीनकुनेमा एच आइ भी एड्सको हस्पिटल खुलिसकेको रहेछ।सिलिङबाट डोरी निकालेर फालें।दावासँग मिलेर बाँकी रक्सी र मासु खाएर सुत्यौं।बिहानको एघार बजे म एड्सको हस्पिटल गएँ।त्यहाँ अरु पनि धेरै एड्सरोगी उपस्थित भएका थिए।जेनीलाई पनि त्यहाँ देखेर छक्कै परें।जर्मनबाट उपचार गर्न जेनी त्यहाँ आएकी थिई।सामान्य हाइ हेल्लो पछि हामी आ-आफ्नो काममा ब्यस्त भयौं।मलाई अर्को झट्का लाग्यो जब मैले मेरो पूर्व प्रेमिका अमृतालाई पनि सोही हस्पिटलमा देखें।उनलाई कसरी एड्स लाग्यो मलाई थाहा भएन।मैले उनीसँग बोल्ने कोसिस गरें तर उनले नचिने झैं गरी।बेला-बेलामा मलाई नै हेरिरहेकी हुन्थी।
"तपाईंहरु एकदमै भाग्यमानी हुनुहुँदोरहेछ।अब एड्सको उपचार सम्भव भएको छ।एक महिनासम्म इन्जेक्सनको लागि हरेक दिन आउनुपर्छ।सय जना एड्स रोगीहरुलाई पोजिटिभ बाट एक महिनामा नेगेटिभ बनाउन सफल भैसकेका छौं।तपाईंहरु ढुक्क हुनुहोस्।"
डाक्टरको भनाइले मलाई एकदमै उत्साहित र पुलकित बनायो।
"खर्च कति लाग्छ डाक्टर साब।"-मैले सोधें।
"डन्ट वोरी मिङमा जी।सर्बसाधारण जो कोहीले सफल उपचार गर्न सक्छन्।कुल २० हजार रुपियाँमा उपचार सम्पन्न हुन्छ।"
त्यो दिनको सुई लाएर म घर गएँ।जेनी कता गई थाहा भएन।त्यो रात मलाई मीठो निद्रा आयो।सुनौलो भविश्यको आशामा अर्को सुईको प्रतिक्षामा।
**************ईतिश्री*************
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...