Friday, 9 December 2016

गुटबन्दी

साहित्यमा पनि अब गुटबन्दी भेटियो
अब्बल कलमले लेखिएको मसी मेटियो।

हत्यारा हैनन् भनी भन्न सक्नुहुन्छ तपाईं
जसको हातबाट अक्षरको घाँटी रेटियो?

नामको नाममा दाम र मामबिहीन बनाएर
किन लेखक लाई भीरबाट तल घचेटियो?

उसको लेख्ने हातलाई हतोत्साहित पारेर
साहित्यको संसारबाट अन्यत्रै लखेटियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...