निस्ठुरी लाई गतिलो सबक सिकाउनुछ
माया र घृणा बीचको फरक सिकाउनुछ।
बुझी कन पनि बुझ पचाउने हरु लाई
नैतिकताको पाठ सयौं पटक सिकाउनुछ।
दौरा-सुरुवाल लाउदा पाखे भइन्छ रे
छोराछोरी लाई तडक-भडक सिकाउनुछ।
आत्माघाती गोल होला मायाप्रेमको खेलमा
प्रेमी- प्रेमिका सबलाई रक्षक सिकाउनुछ।
सिकाउने भन्दा बरु सिक्ने हरु थाक्लान्
सिकाउनेले निरन्तर अथक सिकाउनुछ।
No comments:
Post a Comment