जतिसक्दो टाढिनलाई आतुर रहेछ
मुटु मेरो तोड्न सक्ने बहादुर रहेछ।
नफस प्रेममा साथीभाई भन्ने गर्थे
जानीजानी फस्नु मेरो कसुर रहेछ।
बाहिर बाट हेर्दा जति असल देखे नि
उनको मन भित्र खोट प्रचुर रहेछ।
चोखो माया पाउनलाई छैन सजिलो
यो त काँडामाझ फलेको खजुर रहेछ।
उनी लाई फूल जस्तै ठानेको थिएँ
राणाशासक भन्दा पनि क्रुर रहेछ।
No comments:
Post a Comment