बिछोडले आज ज्युंदै मारेको बेला
आफ्नै संग जिन्दगीले हारेको बेला।
यादको क्षेप्यास्त्रले आज अनायासै
मेरो मुटु तहसनहस पारेको बेला।
ठोकिन खोज्छ सम्झना उनको सामू
मनको बाटो तारले नै बारेको बेला।
प्रेमिल संसारमा रोमान्स गर्दै हुन्थ्यौं
एक्लै हुन्छु झट्ट आँखा उघारेको बेला।
(माङ दोर्जे शेर्पा)
उनी आज निकै प्रगतिको कुरा गर्छे,
मलाई मायाको तेलमा तारेको बेला।।
(टसी शेर्पा)
No comments:
Post a Comment