Thursday, 15 December 2016

मन खोली देउ

मन खोली देउ कान्छी मुटु खोली देउ
दुई-दिने जिन्दगीमा मीठो बोली देउ।

चढ्न डोली देउ कान्छा,चढ्न डोली देउ
खाली मेरो दिउँदोमा सिन्दूर हाली देउ।

जीवन यो घामछायाँ,एकैछिन ढल्किन्छ
भोलि कल्ले देखेकोछ,पानीझैं छल्किन्छ
कम्मर भाँची देउ
कम्मर भाँचीदेउ कान्छी छम्छम् नाची देउ
दुई-दिनको जिन्दगीमा मीठो बोली देउ।

एक दिन हाम्रो चोला खरानी भई जान्छ
माथि जाने बेला कस्ले के नै पो लैजान्छ
आँसु पुछिदेउ
आँसु पुछिदेउ कान्छा हरपल हाँसी देउ
दुई-दिनको जिन्दगीमा मीठो बोली देउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...