Friday, 2 December 2016

घोचिरहने फूल-२

        मेरो खुशी र चैन सबै सबिना आमा छोराले खोसेर लगिसकेका थिए।केही दिन म उनीहरूको अभावमा रोएँ,कराएँ र तड्पिएँ।केही गरी पनि मेरो मनको घाउ निको भैरहेको थिएन।मैले जबर्जस्ती उनीहरुलाई भुल्ने लाख कोसिस गरें तर मेरो दर्द २० को १९ भएन।मेरो तन स्कुलमा भए पनि मेरो मन त्यहाँ थिएन।कहाँ थियो,त्यो पनि यकिन थिएन।मनको घाउ कसरी निको पार्ने भनेर मलमको खोजी गर्न थालें।स्कुलमा बिद्यार्थीहरुले मलाई "मन हराएको मान्छे" उपनाम दिएको कुरा मैले विशेष सुत्रबाट थाहा पाएँ।तर क-कसको मुख थुनेर साध्य थियो र।शिक्षक-शिक्षिकाहरुले समेत मलाई ब्यंग्यात्मक पाराले घोचपेच गर्न थालेका थिए।मैले कसैको बिरुद्धमा संघर्ष गर्न सकिन किन कि मलाई जागिरको माया थियो।एउटा तराई मुलका काले मान्छे पहाडको एउटा गाउँमा हुँदा म बकुल्लाहरुको बीचमा काग झैं भएको थिएँ।
        स्कुल बिदा भएपछि म सबिनासँग गरिएका कृयाकलापहरु सम्झेर उत्तेजित हुने गर्थें।सिरानीलाई सबिनाको रुपमा शिरकभित्र सुताएर अनेक घटिया र उच्छृङ्खल क्रियाकलाप गर्न थालें तर सबिनाले दिने माया त्यो सिरानीले पटक्कै दिन सकेन।दिन र महिना बित्दै गएर दश कक्षाको टेस्ट परिक्षा आउन लागेको थियो।बिद्यार्थीहरुले मसँग ट्युसन पढ्ने कुरा गर्दै थिए।१५ जना बिद्यार्थीहरुलाई बिहान ८ बजेदेखि गणितको ट्युसन पढाउन थालें।सबिनाकी बहिनी कविता भने बिहान घरको कामले गर्दा साँझमा पढ्ने भई।तर साँझमा उनी एक्लै भएकोले पढाउन नमिल्ने कुरा गरें।
"यादव सर,जसरी पनि कवितालाई साँझमा ट्युसन पढाइदिनुपर्यो,बरु पैसा डबल लिनुस्।"-एकदिन शरण सरले अनुरोध गर्नुभयो।
"एक्लैलाई समय दिन सक्तिन सर।अन्यथा नसोच्नुहोला।"-मैले इन्कार गरें।
"याद राख्नुस् यादव सर,मेरो पहुँच कहाँसम्म छ भनेर।मैले चाहें भने तपाईंको जागिर खाइदिन सक्छु।बिद्यालय ब्यबस्थापन समिति मेरो मुट्ठीमा छ।"-शरण सरले धम्क्याउनु भयो।
मैले उहाँको कुरा सहर्ष स्वीकारेर कवितालाई साँझमा ट्युसन पढाउन थालें।दिदी सबिना र मेरो चक्करको बारेमा उनलाई सबै अवगत रहेछ।बेला-बेलामा भिनाजु भनेर जिस्क्याउन थाली।मैले हाँसेर मात्र टारें।सबिनासँग गरिएको जस्तो गल्ती कवितासँग दोहोर्याउन चाहन्नथें।त्यसैले मैले आफूलाई संयमित र नियंत्रित राख्ने भरपूर कोसिस गरें।एकदिन मैले नोटबुकमा टिपोट गरेर राखिएको सबिनासँगको शारीरिक सम्बन्धलाई हिसाब गरेर निकालें।१६२० पल्ट मैले उनीसँग प्रत्यक्ष शारीरिक सम्बन्ध राखेको रहेछु।कहिले उनलाई प्रयोग गरेर अन्याय गरेको भान हुन्थ्यो त कहिले गर्वको महसुस हुन्थ्यो।कहिलेकाही उनलाई भेट्ने तीव्र चाहना उत्पन्न हुन्थ्यो।मेरो अघोषित छोरा कस्तो भयो होला भनेर उत्सुकता र कौतुहलता जाग्थ्यो मनमा।उसलाई हेर्ने रहर केवल रहरमै सिमित भयो।मेरी सबिना र छोरा दुबै पुष्करको भैसकेका थिए।मैले मेरो भन्ने ठाउँ कतैबाट रहेन।ट्युसन पढाउँदा कवितामा सबिना देख्न थालें।कविता र सबिनामा धेरै नमिल्दा गुणहरु थिए।मिल्ने गुण खासै केही पनि थिएन।तर उनी सबिनाको बहिनी भएकोले सबिनाको अभाव कविताले पूर्ण गर्न सक्नेमा म बिश्वास्त थिएँ।
"साली! दिदीभेनाहरुको हालखबर के छ अहिले?"-एकदिन मैले हिम्मत गरेर सोधें।
"सबै ठिकठाक छ भेना।माया लाग्छ अझै दिदीको?"
"किन नलाग्नु र साली।तर के गर्नु,बाध्यताबश आफ्नो बनाउन सकिन।"
"सबै गल्ती र कमजोरी तपाईंको हो भेना।दिदीले त कति माया गर्नुहुन्थ्यो पछिसम्म पनि तर तपाईंले साथ दिनुभएन।"
"दिदीको कुरा छोड साली।दिदीको सट्टा म आजभोलि सालीलाई मन पराउन थालेको छु।"
"यो असम्भव छ भेना।दिदीलाई त धोका दिनुभयो भयो,अब मेरो कुरा नगर्नुस्।"
"दिदीलाई मैले धोका दिएको हैन साली।मेरो बाध्यता र परिस्थितिले दिएको हो।दिदीलाई भन्दा तिमीलाई बढी माया गर्न थालेको छु अचेल।"
"त्यसो भए भोलिदेखि ट्युसन पढ्न आउँदिन म।"
"त्यसो नभन न कविता।दिदीले त छोडेर गई,अब मलाई सम्हाल्ने तिमी बाहेक को छ र?"
यति भन्दै मैले कवितालाई अँगालोमा बाँधेँ।उनको गाला,ओठ र गलातिर चुम्न थालें।बानी परिसकेका मेरा हातहरुले कतै बाँकी राखेनन्।एकैछिनमा कविताको आर्तनाद सुनियो-"ऐया!म मरें भेना।"
पानीमा आगो लाग्न थाल्यो।दूधकुण्ड हिमालका हिउँ पग्लिन थाल्यो।करीब आधा घण्टापश्चात आगो निभ्यो।पग्लिएका हिउँ पानी बनेर पहाडबाट समथर भू-भागतिर बग्न थाले।ओछ्यानको तन्ना रक्तिम भैसकेको थियो।कविता बिलौना गर्न थाली।
"भेना तपाईंले मेरो सर्वस्व लुट्नुभयो।म म रहिन।मेरो कुमारित्वमाथि प्रहार गर्नुभयो।मेरो ईज्जतमा कालो धब्बा लगाउनुभयो।म मरेपनि भयो अब।"
"कविता,तिमीलाई केही भएको छैन।तिमी एउटी पूर्ण नारी भएकी छ्यौ।पुरुष बिना नारी अधुरो नै रहन्छे।म छु नि तिमीलाई हरपल माया गर्ने।"
मैले सम्झाउँदै उनको ओठमा चुम्न थालें।
"भेना तपाईं स्वार्थी हो।पहिले दिदीलाई लुट्नुभयो,अब मलाई।"
"त्यसो नभन कविता,मलाई जस्तोसुकै सजाय देउ-सहन्छु तर मलाई तिम्रो मायाको शख्त जरुरत छ।"
"मलाई तपाईंप्रति अलिकति पनि माया छैन भेना।मेरो ईच्छा बिपरित मलाई जबर्जस्ती गर्नुभयो।मैले पनि आफूलाई रोक्न सकिन।तपाईं र मेरो माया यही कामबासनामै सिमित हुनेछ।"
"तिम्री दिदीले जस्तै मलाई कहिल्यै छोडेर नजाउ है कविता।यदि तिमीले पनि छोडेर गयौ भने म त मरिहाल्छु।"
"मर्ने कुरा नगर्नुस् भेना।म यहाँ हुन्जेल तपाईंलाई साथ दिनेछु तर जिन्दगीभर भने असम्भव छ।"
त्यसपछि म मौन भएँ।कविता आफ्नो घरतिर प्रस्थान गरी।त्यो रात म आल्हादित हुँदै मस्त निंदाएँ।सबिनालाई पुनः प्राप्त गरेको आभास भयो।त्यो दिनदेखि कवितासँग मेरो नव नाता र सम्बन्ध जोडियो।दिनप्रतिदिन हाम्रो बीचमा शारीरिक सम्बन्ध स्थापित भयो तर कविताले कहिल्यै माया गर्छु भनेर भनिनन्।दिनमा एकपटक भन्दा बढी सहबास गर्न मान्दिनथी उनी।दिदी भन्दा बहिनी आकाश पातलको फरक थिई।उता महोत्तरीबाट मेरी श्रीमती सरिताले दिनदिनै फोन गरेर आफू पनि रामेछाप सँगै बस्न आउने कुरा गर्न थाली।
"यहाँ म एक्लै बस्न त गाह्रो भएको बेला तिमीहरु पनि आयौ भने कहाँ कसरी राख्ने?कुरा बुझ न सरिता।यहाँ रमन र रीताको लागि बोर्डिङ स्कुल पनि छैन।बच्चाहरूलाई राम्रो स्कुलमा पढाउन पनि तिमी त्यहाँ बस्नुपर्छ।"
"तिमीलाई खाली बच्चाहरुको पढाइको मात्र चिन्ता छ।मेरो ईच्छा र चाहनाको कुनै मतलब छैन?किन बिहे गर्यौ मलाई?के मेरो रहर चाहिँ रहर हैन?हामी पनि त्यतै आउँछौं।बच्चाहरूलाई बोर्डिङमै पढाउनुपर्छ भन्ने छ र?सरकारी स्कुल चाहिँ केका लागि बनाइएका हुन्?"
मेरी श्रीमती सरिताले मलाई दिनदिनै कचकच गर्न थालिन्,थर्काउन थालिन्।सायद ज्वाइँ किन्नलाई उनको बाउले मोटो रकम खर्चेकोले होला,मलाई मान्छे नै गन्न छोडेकी थिई।मेरो ठेगाना लिएर आउँछु भन्दैथिई।नभन्दै एकदिन सरिता छोराछोरी लिएर स्कुलमा आई।मैले अर्को स्थानमा कोठाको ब्यबस्था गरें।म परिवारसँग बस्न थालें।परिवार संगै बस्न थालेपछि मैले कवितालाई वास्ता गर्न छोडें।ट्युसन मात्र पुरानो कोठामा पढाएर म सरासर नयाँ कोठामा जान थालें।अरु दिन जस्तै त्यो दिन पनि स्कुल छुट्टी भएपछि कवितालाई ट्युसन पढाउन थालेको थिएँ।पढ्न छोडेर उनी मसँग निहु खोज्न थाली।
"भेना तपाईंलाई मैले भनेकै थिएँ नि,तपाईं एकदमै स्वार्थी हुनुहुँदोरहेछ।अहिले आफ्नी श्रीमती साथमा छे भन्दैमा के ठूलो पल्टिनुभएको?चाहिने बेला काम चलायो,नचाहिने बेला कचराको डब्बामा फाल्यो।के हो तपाईंको पारा?स्वार्थी भन्छन् यस्ता मान्छेलाई।"
"कुरा त्यस्तो हैन कविता,अहिले म तनावमा छु।परिवारलाई पनि त समय दिनुपर्यो नि।"
"पहिले कहाँ थियो तपाईंको परिवार?बालबच्चा त ठूल्ठूला भैसकेका रहेछन् त।तपाईंले मेरी दिदीलाई पनि धोका दिनुभएको रहेछ।घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै मेरी दिदीसँग ऐश गर्नुभयो हैन?यदि यो कुरा दिदीले थाहा पाउनुभयो भने कति घृणा गर्नुहुन्छहोला।मलाई त तपाईं वैवाहित भएकोमा कुनै गुनासो छैन,किन कि तपाईं सँग जीवन बिताउने सपना मैले देखेकी छैन।तर यत्तिको स्वार्थी पनि नहुनुस्।"
यति भनेर कविता मेरो अँगालोमा बेरिएर बिलौना गर्न थाली।मेरो गाला र ओठमा चुम्न थाली।मैले आफूलाई सम्हाल्न सकिन र मैले पनि उनलाई साथ दिएँ।हामी एक अर्कामा बिलिन भयौं।हाम्रो शरीर एकाकार भयो।पहिले भएका र हुने गरेका कार्य दिनहुुँ दोहोरिन थाले।निरन्तर हामी एक अर्कालाई माया गर्न थालेका थियौं।कोठामा गएपछि सरिताले कचकच गर्थी।
"मलाई दिनहुुँ चाहिन्छ।के हो यस्तो नामर्द?हप्तामा एक दिन पाउन पनि गाह्रो छ।तिम्रो चाला ठिक लागेन है मलाई।पहिले त यस्तो थिएन तिम्रो।आजभोलि एकदम कमजोर भएको छ।जसरी हुन्छ,मेरो ईच्छा पूर्ति हुनुपर्छ,अरु म केही जान्दिन।"
"कुरा बुझ न सरिता।दिनभरी काममा ब्यस्त हुन्छु।त्यसैले कमजोर भएको होला।कि त स्कुल जान छोडेर तिमीसँगै बस्नुपर्यो दिनभरी।"
दिनप्रतिदिन सरितासँग लफडा हुन थाल्यो।स्थिति साम्य पार्ने कोसिसको बाबजुद पनि हामीबीच श्रीमान-श्रीमतीको जस्तो सुमधुर सम्बन्ध कायम हुन सकेन।एकदिन ट्युसन सकिएपछि म र कविताको बीचमा सदाको झैं चर्तिकला शुरु भैसकेको थियो।हामी नग्न अवस्थामा रासलिलामा ब्यस्त थियौं।ढोकाबाट ढकढक आवाज आयो।हामी एकैचोटि स्वर्गबाट नर्कमा पछारियौं।हतार-हतार बस्त्र लगाएर ढोका मात्र के खोलेको थिएँ,मेरी श्रीमती ढोकामा उभिरहेकी थिई।
"ए,घरमा किन नामर्द हुनेरहेछ भनेको त यहाँ दिनभरी खट्ने रहेछ अनि के गर्न सकोस्।बाहिर रण्डीसँग पल्केपछि घरको श्रीमती कहाँ मीठो लाग्छ र?तँ मेरो श्रीमानसँग के गर्दै थिईस्?अरु कुमार केटा कोही पाईनस्?तँलाई म छोड्दिन।"
बम जस्तै पड्किँदै सरिताले कविताको कपालमा हात हाली।मैले उनीहरूलाई छुट्ट्याउने भरमग्दुर कोसिस गरें।कविताले पनि चिच्याउँदै सरिताको कपाल तान्न थाली।कविताले काठको कुर्सी उठाएर सरिताको शीरमा प्रहार गरी।सरिताको शीरमा चोट लागेर भुईंमा उतानो परी।शीरबाट रक्तस्राव हुन थाल्यो।मैले कवितालाई एक झापट के हानेको थिएँ,उनी पनि भुईंमा थचक्कै बसी।हत्तपत्त मैले कविताको सल च्यातेर सरिताको शीरमा बाँधिदिएँ र सर्बजीतलाई बोलाउन गएँ।सर्बजीत केही मलमपट्टी र औषधि लिएर मसँगै माथि आएर सरिताको उपचार गर्न थाल्यो।केहीबेर पश्चात् सरिताको होस आयो र कसैसँग नबोलीकन आफ्नो बाटो तताई।
"अब देखि हाम्रो सम्बन्ध खत्तम सर।मैले अहिलेसम्म भेना भनेर सम्मान दिएकी थिएँ किन कि मेरी दिदीले तपाईंलाई सर्वस्व सुम्पेकी थिई।जान-अन्जानमा तपाईंसँग नाजायज सम्बन्ध गाँसिन पुग्यो।त्यसैको परिणाम आज मैले भोगें।आजदेखि मेरो बन्द आँखा खुलेका छन्।अहिलेसम्म हामीबीच जे जति भए,दुर्घटना सम्झेर मलाई बिर्सिदिनुहोला।"
यति भनेर कविता पनि फटाफट आफ्नो घरतिर प्रस्थान गरी।म स्तब्ध भएँ।ट्वाल्ल हेरिरहें।एकैछिनमा महाभारतको शुरु र अन्त्य भैसकेका थिए।
"आफूलाई सुधार यार रामनारायण।यस्तै हो भने एकदिन तिमीले भयंकर नतिजाको सामना गर्नुपर्नेछ।"
सर्बजीत पनि फत्फताउँदै आफ्नो कोठातिर लाग्यो।त्यहाँ म एक्लो भएँ।कहाँ गएर के गरुँ झैं लाग्यो।च्यातिएर बाँकी रहेको कविताको आधा सल त्यहीँ भुईंमा अलपत्र अवस्थामा थियो।त्यही सललाई घाँटीमा बाँधेर माथितिर सिलिङमा नजर लाएँ तर उपयुक्त ठाउँ कतै देखिन।शहरतिरको घर जस्तो सिलिङमा पंखा राखिएको थिएन।स्वास्थ्यचौकीको भवन बनाउने मान्छेलाई गाली दिएँ।एकैछिनमा मेरो मूड परिवर्तन भयो र नयाँ कोठातिर हिंड्न थालें।कोठामा पुगेर सरितालाई सम्झाउन थालें।
"हेर सरिता,तिमीले कविता र मेरो बारेमा बिल्कुल गलत सोच्यौ।हाम्रो नाता केवल शिक्षक र विद्यार्थीको नाता हो।बेकारमा शंका गरेर हाम्रो पतिपत्नीको सम्बन्धलाई धमिल्याउन खोज्यौ।"
"मलाई तिम्रो कुनै पनि स्पष्टीकरण सुन्नु छैन।कवितालाई नै गएर सुनाउ।आजदेखि हाम्रो सम्बन्ध खत्तम।आ-आफ्नो बाटोमा लाग्ने।आज रात परिसक्यो,भोलि सुर्योदय हुँदै म यहाँबाट बालबच्चा लिएर गैसकेकी हुनेछु।म तिम्रो घर छोडेर मेरो माइतीघर जाँदैछु।कतै खोज्ने कस्ट नगर्नु।"
"भोलिदेखि नै म कवितालाई ट्युसन पढाउन छोडिदिन्छु।स्कुल छुट्टी हुनेबित्तिकै कतै नगएर म यहीँ आउँछु।"
"जतासुकै जाउ मलाई मतलब छैन।"
मैले उनलाई सम्झाउन सकिन।छोराछोरी सुतिसकेका थिए।मैले उनलाई सुम्सुम्याउन र चुम्न खोजें तर उनले मलाई छुनसम्म दिईनन्।म हार मानेर सुतें।कता कताबाट मेरो आँखा खुल्दा सरिताले बायाँ हातले मेरो पाईन्ट खोल्दै थिई र दायाँ हातमा कैँची थियो।उनले के गर्न खोज्दै थिई,मैले अनुमान लाउनै सकिन।नभन्दै उनले मेरो लिंगमा समाएर कैंचीले काट्न थाली।मैले उनको दायाँ हात समाउन भ्याएँ नत्र भने उनले मेरो लिंग दुई टुक्रा पारिसकेकी हुन्थी।धन्न पाईन्ट लाएको भएर त्यो दिन म बचें।मैले क्रोधित हुँदै उनको गालामा पड्काएँ।उनी पनि झुन्डिन थाली।
"कि मलाई मार,कि त तँलाई मार्छु।तँ र म मा एक छैन आजको रात।"-सरिताले ताण्डव देखाउन थाली।
म भागेर बाहिर लुकें।उनी अझै चिच्याउँदै थिई।छोराछोरी पनि ब्युँझिएर रुन थाले।केही बेरमा सन्नाटा छायो।म लुसुक्क भित्र छिरेर रातभरी जागाराम बसें।आठ बजेतिर स्कुलमा ट्युसन पढाउन गएँ त्यो दिन छोराछोरी पनि स्कुल आएनन्।म पहिलो पिरियड पढाएर निस्किंदा शिक्षक-शिक्षिकाहरु बाहिर जम्मा भएर मेरै बारेमा कुरा गर्दै थिए।
"यादव सरसँग झगडा परेकोले होला म्याडम बालबच्चा लिएर गए।"
"यादव सर!गएर म्याडमलाई रोक्नुस्।"
"कतिखेर गए सर?"-मैले सोधें।
"भयो त्यस्तै १५/२० मिनेट जति।"
एक मनले भन्यो-"जा यादव,आफ्नो जहान फर्काएर ल्याउ।"

"अर्को मनले भन्यो-"हिजोको जस्तै काट्न आई भने के गर्छस् केटा?आफ्नो ज्यान बचा।"
दोश्रो मनले बिजय हाँसिल गर्यो।तर म लुखुर-लुखुर निकै परसम्म पछ्याउँदै गएँ।सरिताको मोबाईलमा फोन गरें तर स्वीचअफ रहेछ।निकैबेरसम्म फोन लगाएँ तर असफल भएँ।आतंकित भएर तनावमय वातावरणमा जिउनु भन्दा अलग भएर जिउनुमा नै सबैको भलाइ देखें।जंगलभित्र एकछिन विश्राम गरेर स्कुलतिर फर्कें।एक्लै फर्केको देखेर सबै जिल्ल परे।कसैले केही भनेनन्।त्यो दिन राम्रोसँग पढाउन पनि सकिन।स्कुल छुट्टी भएपछि पुरानो कोठामा कवितालाई पर्खें तर उनी पनि आईनन्।साँझतिर एक्लै नुन खाएको कुखुरा झैं भएर नयाँ कोठामा गएँ।आफूलाई एक्लै पाएर डाँको छोडेर रोएँ।अश्रुको भेल बग्यो।त्यो सब हुनुमा मेरै गल्ती थियोे।पश्चातापको ज्वालामा जल्न थालें तर केही फाइदा थिएन।सबै सखाप भैसकेको थियो।मलाई साथ दिने त्यहाँ सबिना,सरिता र कविता कोही पनि थिएनन्।मेरो जिन्दगीको टाइटनिक जहाज प्रशान्त महासागरमा डुबिसकेको थियोे।मेरो चाहनाको हवाईजहाज रामेछापको आकाशमा दुर्घटनाग्रस्त भएको थियो।मेरो खुशी भष्म भैसकेको थियोे।सायद सबिना,सरिता र कविताको अश्रुको श्राप लागेको थियो मलाई।तत्पश्चात म जिउँदो लास भएर बाँच्न थालें।एक हप्ता भैसकेको थियोे,न त सरिताको फोन लाग्यो, न कविता ट्युसन पढ्न नै आई।कक्षामा पनि प्रायः मौन बस्न थालेकी थिई कविता।मैले काम बिशेषले कुरा गरे चाहिने जति मात्र बोल्न थाली।केही महिनापछि कविताले एस एल सी परिक्षा दोश्रो श्रेणीमा उतीर्ण गरेर उच्च शिक्षा हासिल गर्न काठमाडौं शहर गई।उनी गैसकेपछि झन त्यो बिद्यालय र रामेछाप मात्र नभई संसारै शून्य,रित्तो,अर्थहीन र ब्यर्थ लाग्न थाल्यो।जीवनको एउटा अध्याय समाप्त भएन नयाँ अध्याय शुरु भयो जुन अति कहालीलाग्दो थियो।एक्लै तड्पेर बाँच्नुको कुनै अर्थ देखिन।तर संसारलाई छोडेर चटक्कै स्वर्गमा बसाइँ पनि सर्न सकिन।म प्यारालाइसिस भएको बिरामी झैं भएँ।मेरो मन रेफृजेरेटरमा जमेको बरफ झैं जमेको थियो,कुनै चलायमान थिएन।दशैंतिहारको बिदामा म गृहजिल्ला गएँ।बाबा-आमालाई बुढेसकालले छोइसकेको थियो।एउटी भएको बहिनीको पनि मेरो अनुपस्थितिमा विवाह सम्पन्न भएको थियो।अनुपस्थिति भन्दा पनि बिदा नमिलेको कारण उपस्थित हुन सकेको थिईन।
"बाबु, गल्ती गरिहाल्यौ।तैपनि आफ्नी जहान परिवार भनेको आफ्नै हो।एकचोटि गएर बुहारीलाई घरमा ल्याउने कोसिस गर।कति लक्षिणकी छे बुहारी,तिमीलाई के थाहा?जाउ,नत्र ढिलो हुनेछ।"
आमाले मलाई सम्झाउनुभयो।
"हैन आमा,तपाईंकी बुहारीले मलाई कहिल्यै माफी दिने छैन।उनलाई लिन जाने हिम्मत ममा छैन।"-मैले हार मान्दै भनें।
"एकचोटि गएर माफी माग।सायद माफी दिन पनि सक्छे।"-बाबाले गिजा मात्र बाँकी रहेको थोते मुखले भन्नुभयो।
"ठिकै छ बाबा-आमा,तपाईंहरुको ईच्छानुसार म एकपटक कोसिस गर्छु।"-मैले वचन दिएँ।
भोलिपल्ट बिहानै म ससुराल गएँ।मलाई देखेर छोराछोरीहरु हर्षित हुँदै मतिर दौडेर आए।
"रमन,रीता!खुरुक्क यता आउ।त्यस्तो नकाचरालाई भेट्न जाने हैन।बाउ भन्न लायकको मान्छे हैन त्यो।धोकेबाज हो त्यो मान्छे।"
सरिताले त्यति भन्नेबित्तिकै छोराछोरीहरुका गतिशील पाइलामा ठेस लाग्यो।अबरुद्ध भए पाइलाहरु।उनीहरू मेरो अनुहारमा टुलुटुलु हेरिरहेका थिए।अनौठो आशा सवार देखिन्थे मुहारमा,तर उनीहरूका आशामा एकैछिनमा तुषारापात भयो।उनीहरू उतैतिर फर्के।
"सरिता,म तिम्रो माफीको लायकको त छैन तर सकिन्छ भने मलाई अन्तिमपल्ट माफ गरिदेउ।"-घुँडा भुईंमा टेकेर मैले बिन्ती गरें।
"चल हट!गैहाल यहाँबाट।मलाई तिमी जस्तो घटियासँग कुरा गर्नुछैन।ए साँच्ची!एउटा महत्वपूर्ण काम बाँकी नै थियो तिमीसँग।"
"के काम भन न सरिता।"-मैले उत्सुक हुँदै भनें।
"यो डिभोर्स पेपरमा हस्ताक्षर गर।मैले गरिसकेको छु।यही कामको लागि तिम्रै प्रतिक्षामा थिएँ,तिमी आयौ,गजब भयो।"
यति भनेर उनले पेपर मतिर बढाई।
"मेरो सानो गल्तीको सजाय दिन यस्तो भयंकर सरिता?तिमी होसमै त छौ?"
"मेरो नाम पनि लिन पाउँदैनौ अब त्यो मुखले।म पूर्णरुपमा होसमा छु र होसमै मैले यो निर्णय गरेकी हुँ।हस्ताक्षर गर फटाफट।"
"यदि मैले गरिन भने?"-मैले टेढो सवाल गरें।
"यदि हस्ताक्षर गएनौ भने त्यसको परिणाम पनि भयंकर नै हुनेछ।"-उनी चिच्याउन थाली।
"मेरा छोराछोरी मलाई सुम्पिदेउ अनि हस्ताक्षर गर्छु।"-मैले अडान लिएँ।
"तिम्रो मात्र छोराछोरी,मेरो हैनन्?रमन,रीता!तिमीहरू मम्मीसित बस्ने कि बाउ भनौंदासित जाने?"
"मम्मीसँग बस्ने।"-छोरा-छोरी दुबैको एउटै स्वर आयो।
मैले सिंगै संसार अन्धकार देखें।आँखामा अश्रुको ताल बन्यो।पेपर लिएर पारपाचुकेको पेपरमा फटाफट हस्ताक्षर गरेर बाहिरिएँ।घरतिर जाने पाइलाहरु बढ्न मानिरहेका थिएनन्।ससुराली घरको गेट कटेपछि फर्केर हेरें-रमन र रीता हातले आँखा मिच्दै बरन्डाबाट मलाई नै हेर्दै थिए।मैले उनीहरुलाई बिदाइको हात हल्लाएँ।उनीहरु दुबैले पनि चारै हातहरु हलाए।बेला-बेलामा फर्केर हेर्दै-हेर्दै आफ्नो घरतिर प्रस्थान गरें।छोराछोरीहरु अझैपनि बिदाइका हातहरु हल्लाउँदै थिए।
      महोत्तरीको आकाश खुल्ला र मौसम सफा थियो तर मेरो मुहारमा पीडाको कालो बादल मडारिएको थियो।बिछोडको चट्याङ छातीमा आएर बज्र्यो।आँखाबाट घनाघोर वर्षा भयो।घर नजिकैको भट्टी पसलमा छिरेर जीवनमा पहिलोपटक भक्कु पिएँ।चार हातपाउ टेकेर म घरतिर जान थालें।त्यतिखेर अचानक कसरी मौसममा परिवर्तन आएर भारी वर्षा हुन थाल्यो।म भिज्दै-भिज्दै घरमा पुगें।हिलोमा लडेर पूरै कपडाको रङ हिलो जस्तै भएको रहेछ।एकछिन त बाबा-आमाले चिन्नै सक्नुभएन।
"हरे भगवान!मेरो छोराको हालत कसले यस्तो बनायो।कसको आँखा लाग्यो हाम्रो सुखी र खुशी परिवारमा?"-बाबा-आमा बिलौना गर्न थाल्नुभयो।
बाबाले मेरो कपडा फेरिदिनुभयो।खाना नखाई म त्यत्तिकै पल्टें।अत्याधिक ज्वरो र शीर दर्दले म बिहान उठ्नै सकिन।आमाले घरमै डाक्टर बोलाउनुभएछ।मलाई निमोनिया भएको रहेछ।औषधि सेवन गरेपछि बिस्तारै केही दिनमा निको भएँ।तर मेरो मनको घाउ कहिल्यै निको भएन।सरिता र मेरो बीचमा भएको नाताको धागो टुटिसकेको थियो र फेरि जोडिने कुनै आशा,मार्ग र सम्भावना रहेन।नातिनातिनाबाट टाढा हुनुपरेकोमा बाबा-आमा पनि बेचैन हुनुहुन्थ्यो।छोराछोरीले समेत मलाई घृणाको नजरले हेरेपछि म जिउँदै मरें।बिदा सकिसकेकोले जिउँदै लास बोकेर म पुनः रामेछापको स्कुल फर्कें।त्यो स्कुल,कोठा र बस्ती मलाई निर्जन लाग्न थाल्यो।त्यहाँ मेरो आफ्नो भन्ने कोही रहेनन्।समयको गति तेज थियो र म निरीह थिएँ।दशैंतिहारको बिदामा पनि म गृहजिल्ला फर्किन।दिन,हप्ता,महिना र बर्ष हुँदै त्यो स्कुलमा मैले दश बर्ष बिताइसकेको रहेछु।त्यो दशकको अन्तरालमा सात बर्ष म आफन्त कसैको सम्पर्कमा रहिन।सरकारी दरबन्दी नभई मेरो फ्राड्स नेपाल नामक गैरसरकारी संस्थाको निजी दरबन्दी थियो।त्यो संस्थाको करार अवधि समाप्त भएर मैले त्यो स्कुल छोड्नुपर्ने भयो।बिद्यालय परिवारले मेरो भव्यताका साथ बिदाइ गर्यो।म बेरोजगार भएर काठमाडौं गएँ।राजधानी जस्तो ठूलो शहरमा काम पाउन आकाशको तारा खस्नुसरह लाग्यो।जेनतेन चिनेको साथीले एउटा बोर्डिङ स्कुलमा गणित बिषयको जागिर मिलाइदियो।मैले ३ कक्षादेखि ८ सम्म गणित बिषय पढाउनुपर्थ्यो।स्कुलका केटाकेटीहरु देख्दा छोराछोरीको याद धारिलो भएर मुटुलाई कटक्कै रेटिन थाल्यो।तर मैले चाहेर पनि आफ्ना छोराछोरीलाई भेट्न सकिरहेको थिईन।एक त उनीहरुले पनि मेरो साथ छोडेर आफ्ना आमालाई रोजेका थिए।फेरि फर्केर उनीहरूलाई भेट्ने हिम्मत आएन।उनीहरूको यादकै साहाराले बाँच्न थालें।स्कुलका सबै बिद्यार्थीहरु हाँस्थे,गाउँथे र मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुन्थे।उनीहरूको ओठमा मुस्कान देख्दा मैले नौलो जीवन पाएको महसुस गर्थें।अझ भन्ने नै हो भने उनीहरुकै मुस्कानले मलाई थप बाँच्ने हौसला र उर्जा प्रदान गर्यो।तर उनीहरुमध्य ५ कक्षामा अध्ययनरत एकजना छात्रको आनीबानी र क्रियाकलाप देखेर मलाई दु:ख लाग्न थाल्यो।राज नाम गरेको उक्त छात्र एकान्तमा बस्ने,कोहीसँग नबोल्ने र खेलकुद जस्ता अतिरिक्त क्रियाकलापमा समेत भाग नलिईकन उदास भएर बस्ने स्वभावको थियो।पढाईमा पनि सबैभन्दा कमजोर हुनुको साथै उसको अविभाबकले उसको फीस सम्म पनि तिरेका थिएनन्।स्कुलको बैठकमा उसलाई निष्कासन गर्ने सम्मको प्रस्ताव पेश भयो।
"यस्तो सिल्ली बिद्यार्थीलाई फ्रीमा पढाएर केही फाइदा छैन।आजैबाट उसलाई निष्कासन गर्नुपर्छ।"
"जे जस्तो भएपनि फीस सम्म तिरेको भए राख्न सकिन्थ्यो।"
"यस्तो विद्यार्थीलाई राखेर सिंगो स्कुलको नै बदनाम हुन्छ।"
"उसको अविभावक पनि स्कुलमा कहिल्यै आउँदैन।हामीले अब अरु केही गर्न सक्तैनौं।"
"यसलाई भोलिदेखि स्कुल नआउ भन्नु र यो लेटर उसको हातमा थमाईदिनु होला।"
राजलाई स्कुलबाट निकाल्ने निर्णय भैसकेको थियो।अरु कसैले उसलाई दयाको नजरले हेरेनन् र उसको वास्तविक समस्याको बारेमा पनि कसैले बुझ्न चाहेनन्।मलाई सो निर्णय सही लागिरहेको थिएन।
"म तिर्छु उसको तलब।आजदेखि उसको अविभावक म भएँ।सरहरुले उसको बारेमा कुनै चिन्ता लिनु पर्दैन।अहिले नै फिस चाहिएको भए मेरो तलबबाट कटाउनु होला।"-मैले अन्तमा उसलाई साथ दिएँ।
"सर तपाईं यो के भन्दै हुनुहुन्छ?दिमाग ठेगानमा त छ?अन्जान पराईको बच्चालाई सहयोग गरेर के पाउनुहुन्छ?यस्तो महंगीको शहरमा दया गरेर के साध्य हुन्छ र?"-एकजना शिक्षकले भन्यो।
"तपाईं चिन्ता नलिनुस् सर,सबै कुराको जिम्मा मलाई छोड्नुस्।"
मेरो कुराले उसलाई भारी पुग्यो र ङिच्च परेर बस्यो।आखिर त्यो ठूलो शहरमा म एक्लो थिएँ।राजलाई सहयोग गर्न पाउँदा म आल्हादित भएँ।
"राज!किन तिमी एकान्तमा बस्छौ?साथीहरूसँग खेल्न मन पर्दैन तिमीलाई?"-एकदिन टिफ्फिनको समयमा मैले उसलाई सोधें।
"मेरो खाजा साथीहरुलाई मन पर्दैन।त्यसैले मलाई सबैले कट्टी गरे।हाम्रो परिवार गरीब छ।बाबा पनि यो दुनियाँमा हुनुहुन्न।मम्मी एक्लैले के चाहिँ गर्नु?"
उसको कुराले म दुखित भएँ।उसलाई अँगालेर एकछिन रोएँ।उ पनि मसँगै रोयो।केहीबेरपछि मैले आफू र राज दुवैलाई सम्झाएँ।
"राज पीर नगर।आजदेखि तिम्रो दु:खमा साथ दिने म छु र मेरो दु:खमा साथ दिने तिमी छौ।म तिम्रो बाबा समान त हुन सक्तिन तर म तिमीलाई आफ्नै छोरा जत्तिकै माया गर्छु।"
"आजदेखि तपाईं मेरो सर मात्र नभएर बाबा पनि हुनुभयो।"
हामी एकले अर्कालाई पाएर पुलकित भयौं।संसार रमाइलो लाग्न थाल्यो।जीवनमा नव-अध्याय शुरु भए झैं लाग्यो।त्यो दिनदेखि उ मेरो साथी जस्तो पनि भयो।टिफ्फिनको समय मैले उसँगै बिताउन थालें।उसको स्वभावमा पनि बिस्तारै परिवर्तन आउन थाल्यो।उसको जीवनमा खुशीको पुनरागमन भयो।साथीभाइहरुसँग घुलमिल भएर खेल्न थाल्यो।उसको पढाइमा पनि अप्रत्याशित ढंगले सुधार आयो।५ कक्षामा उसले चौंथो स्थान हाँसिल गरेर ६ कक्षामा पढ्न थाल्यो।
"तिम्रो मम्मी के गर्नुहुन्छ राज?"
एकदिन मैले उसलाई अचानक सोधें।
"खै सर,मलाई थाहा छैन,मम्मी के गर्नुहुन्छ।तर जे गर्नुहुन्छ,दु:ख गर्नुहुन्छ।मुश्किलले कोठा भाडा तिर्नुहुन्छ।"
"तिम्री स्कुलको फीसको बारेमा मम्मीलाई दु:ख नदेउ है राज।म भएसम्म तिमीले पीर लिनुपर्दैन।"
"सर,आज हाम्रो कोठामा जाऔं न।म मेरी मम्मीसित भेट्टाइदिन्छु।"
"आज हैन राज,अरु कुनै दिन।"
उसले जाऔं भनेको दिन म गईन र त्यसपछि उसले कहिल्यै जाऔं पनि भनेन।दिनहरु बितेको थाहै भएन।राज छ कक्षादेखि प्रथम हुँदै गएर एस एल सी मा पनि ८५% मार्क्स ल्याउन सफल भयो।राजको नतिजाले मलाई मेरो छोराछोरीको याद दिलायो।सायद यत्तिबेला उनीहरू पनि एस एल सी दिने बेला भए होलान्।उनीहरूलाई भेट्ने तीव्र ईच्छा जागेर आयो।दश दिनको बिदा मिलाएर म महोत्तरीको आफ्नो घरमा गएँ।बाबा-आमा निकै बृद्ध-बृद्धा हुनुभएको रहेछ।शुरुमा त मलाई चिन्नै सक्नुभएन।मैले आफ्नो नाम भनेपछि मात्र उहाँहरुले चिन्नुभयो।एक रात घरमा बसेर म ससुराल गएँ।तर सरिता र छोराछोरी काठमाडौं गैसकेका रहेछन्।सासुससुराको भनाइ अनुसार उनीहरू उतै बस्न थालेका रहेछन्।मैले उहाँहरु सँग फोन नम्बर मागें तर दिनुभएन।म निराश भएर घर आएँ।भोलिपल्टै म काठमाडौं आएँ।सरिता र छोराछोरीलाई लगातार खोजें तर त्यत्रो ठूलो शहरमा बिना ठेगाना र सम्पर्क नम्बर भेट्टाउनै सकिन।हरेश खाएर बसें तर आश भने मरेको थिएन।
          राज १७ बर्षको लक्का जवान भैसकेको थियो।उसले राम्रो प्रतिशत ल्याएर एस एल सी उतीर्ण गरेको खुशीमा हामी दुवैको लागि छुट्टाछुट्टै दुई वटा बाइक किनें।उसले मलाई ड्याडी भन्न थालेको थियोे।राज राम्रो कलेजमा बिज्ञान बिषय लिएर अध्ययन गर्न थाल्यो।पढाइ राम्रो भएकोले फीस तिर्नुपरेन।१२ कक्षा पनि ८१% ल्याएर उतीर्ण भयो।सरकारले उसलाई गरीब,जेहेन्दार र मेधावी विद्यार्थीको कोटामा छात्रवृत्ति प्रदान गरेर डाक्टरी पढ्न अमेरिका पठाउने भयो।उसको बिदाइको कार्यक्रममा मलाई पनि बोलाइएको थियो।म उत्साहित हुँदै उसले भनेको स्थानमा भएको कोठामा बाइक चढेर जाँदै थिएँ।अचानक उताबाट आउँदै गरेको ट्रकमा बाइक ठोक्किन पुग्यो।त्यसपछि मलाई केही थाहा भएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...