हुन्न नभन साउनी,हुन्न नभन
एकै गिलास सोलमारी दिन्न नभन।
तान्छु नभन साईंला तान्छु नभन
मध्यरात भैसक्यो हो खान्छु नभन।
एकै घुट्का पिएपछि पिउँ पिउँ लाग्ने
साउनीलाई चोखो माया दिउँदिउँ लाग्ने
कहिलेकाही पिउँदा जड्याहा नठान
एकै गिलास सोलमारी,दिन्न नभन।
यो गिलास स्वाटै पारी गैहाल छिटो
मात लागेपछि किन कुरा गर्छौ तीतो
लान्छु नभन मलाई तान्छु नभन
मध्यरात भैसक्यो हो खान्छु नभन।
No comments:
Post a Comment