झलमल पार्न खोजें मैले हिरा बनेर
मेरो मुटु खाईरही उसले किरा बनेर।
कुनै दिन लट्ठ,बेहोस बनाएको थियो
उनको त्यो पापी जवानी मदिरा बनेर।
असंभव थियो जीवन उनी बिना मेरो
बसेकी थिई तनमा धमनी शिरा बनेर।
विगतको भुलले वर्तमानमा पीडा दिँदै
उत्पात चहर्याई रहन्छ खटिरा बनेर।
दोबाटोमै छोडी जाँदा निष्ठुरी मोरीले
मुटु घाइते भएकोछ चिरा-चिरा बनेर।
No comments:
Post a Comment