झुसिलकिरा हुँदा आई पुतली भएर गई
सोझी थिई जानेबेला नक्कली भएर गई।
सफा -शान्त थियो हाम्रो प्रेम-गगनमा
कालो बादल मडारियो,बदली भएर गई।
पखेटा लागेपछि रोक्न नसकिने रहेछ
बैशको मातले होला चंचली भएर गई।
समाजमा उनले मेरो नाकै काटी जाँदा
कसले भन्छन् र उनी असली भएर गई।
मान्छे जहाँ पुगेपनि असर मनमा हुने
संझनामा सधैंभरी झल्झली भएर गई।
No comments:
Post a Comment