कालो कोठीमा कान्छी कालो कोठीमा
कति चाँडो दिल बस्यो एकै चोटीमा।
हीरा -मोतीमा हैन,हीरा मोतीमा
के जादू रहेछ हो मोरो सोल्टीमा।
पूरा रात सपनीमा तिमीनै आइरहने
झझल्कोमा वरिपरि तिमी छाइरहने।
कान्छी मोटीमा लहै कान्छी मोटीमा
कति चाँडो दिल बस्यो एकै चोटीमा।
मरिहत्ते गरि सधैं पछि लागिरहन्छौ
काम दाम केही छैन केटी ताकिरहन्छौ
सुनको औंठीमा हैन,सुनको औंठीमा
के जादू रहेछ हो मोरो सोल्टीमा।
No comments:
Post a Comment