Sunday, 25 December 2016

ओकल्न सकिन

निल्न पनि सकिन,ओकल्न पनि सकिन
मिल्न पनि सकिन र छल्न पनि सकिन।

अश्रुले रुझिए पछि अगेना पिरतिको
निभ्न पनि सकिन र बल्न पनि सकिन।

अपांग बनायो यो माया अनि पिरतीले
ढल्न पनि सकिन र चल्न पनि सकिन।

घुल्न सकेनन् हाम्रा ईच्छा चाहना हरु
आफूले आफूलाई बदल्न पनि सकिन।

मरुभूमिमा रोपिएको अन्नबाली जस्तै
मर्न पनि सकिन र फल्न पनि सकिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...