Sunday, 25 December 2016

दिन गयो

निष्ठुरीको संझनामा बसेरै दिन गयो
उनको यादमा आँसु खसेरै दिन गयो।

उनी बिना एकै गाँस निल्न सक्दिन म
दिन रात भोको पेट कसेरै दिन गयो।

सकिएन मेरो माया उनी सम्म पुग्न
डाँडा-काँडा,भीर तिर फसेरै दिन गयो।

निकाल्न खोज्छु बाहिर उनको यादलाई
जबर्जस्ती मुटु भित्र पसेरै दिन गयो।

धारिलो हुने रहेछ यो याद भन्ने चीज
कमलो यो मुटु मेरो धसेरै दिन गयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...