झलमल पार्न खोजें मैले हिरा बनेर
मेरो मुटु खाईरही उनी किरा बनेर।
कुनै दिन लट्ठ,बेहोस बनाएको थियो
उनको त्यो पापी जवानी मदिरा बनेर।
असंभव थियो जीवन उनी बिना मेरो
छाएकी थिई तनमा धमनी शिरा बनेर।
कुटिरही पिटिरही कुनै दया नगरी
चोट सही रहें मैले कठै जिरा बनेर।
दोबाटोमै छोडी जाँदा निष्ठुरी मोरीले
मुटु घाइते भएकोछ चिरा-चिरा बनेर।
No comments:
Post a Comment