Sunday, 11 December 2016

बुद्धम् शरणम् गच्छामी

पशु-पंक्षीहरु लाई काटमार गर्न छोडौं
निमुखा गरीबलाई अत्याचार गर्न छोडौं
बुद्धम् शरणम् गच्छामी
संघम्  शरणम् गच्छामी
धमंम् शरणम् गच्छामी।

कमिलाको ज्यान पनि हाम्रो झैं जीवन हो
हिंसा छोडी शान्ति रोज्ने बुद्धको प्रवचन हो
दाजु र भाइमा पनि मारामार गर्न छोडौं
तेरो र मेरोमा पनि वारपार गर्न छोडौं
बुद्धम् शरणम् गच्छामी
संघम्  शरणम् गच्छामी
धमंम् शरणम् गच्छामी।

पवित्र पुस्तक पढाई पूजापाठ गरे हुन्छ
संसारमा बुद्धको नै सन्देश यो छरे हुन्छ
जिन्दगीमा गल्तीहरु बारम्बार गर्न छोडौं
कहिलेकाही हुने गर्छ लगातार गर्न छोडौं
बुद्धम् शरणम् गच्छामी
संघम्  शरणम् गच्छामी
धमंम् शरणम् गच्छामी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...