Saturday, 31 December 2016

नयाँ बर्ष

मीठा सम्झनालाई
ताजा बनाउँदै
तीता पलहरुलाई बिर्साउँदै
बितृष्णा,ईर्ष्या,डाहा लाई
बिरालोले मुसा पछारे झैं
लछारपछार पार्दै
दुष्मनी र वैमनस्यतालाई मार्दै
अन्धकार लाई चिरेर
प्रज्वलनशील द्धीप बालेर
उज्यालो छरिदेउ।
हत्या,हिंसा,अशान्तिको
नामो-निसाना मेटी
शान्तिको पथमा
अग्रसर गराउँदै
आम प्राणीको
दु:खको महासागर सुकाई
सुखद र आनन्दित बनाई
सारा जगतलाई
समृद्धितर्फ मोड्दै
अग्रगतिमा डोर्याई
प्रगतिशील बनाइदेउ।
बिकृति,बिसंगति अनि
कुसंस्कार र अन्धबिश्वासको
जरा काट्दै
बिषालु मनहरुलाई
निलकण्ठ भएर पिई
अमृतको बर्षा गरी
बिश्वमै अमनचैन
कायम गरिदेउ।
नयाँ दिन संगै
नयाँ आशा
नया उमंगसंगै
नयाँ लक्ष्य
प्राप्तिको लागि
नयाँ जोश र
नयाँ शक्ति देउ
मेरो यही बिन्ती छ
हे नयाँ बर्ष तिमी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...