Sunday, 25 December 2016

चर्तिकला

सुक्को पैसा नहुँदा गोजीमा
लागिरहन्छौ केटीको खोजीमा।
चर्तिकला हेरौं केटाको-२
घरबार कसरी हुन्छ र
मचाउने सधै रडाको।

मिनिस्कट केही माथि सारेर
सेल्फी खिच्छौ ओठ चुच्चो पारेर।
चर्तीकला हेरौं केटीको-२
घरबार कसरी हुन्छ र
आफू भन्दा पनि जेठीको।

बाबु भने खेतमा ब्यस्त छ
छोरो क्यान्डीक्रसमा  मस्त छ।
चर्तिकला•••••

बाउले पढ्न पठाउने क्याम्पस
छोरी भने केटा सँग उठबस।
चर्तिकला•••

पहिले भने अरु नै कोही संग
त्यसैले त लफडा पोई सँग।
चर्तिकला••••

दर्जनौ केटी लाई फसाउने
कुमार केटा भनी धाक लाउने।
चर्तिकला••••

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...