Wednesday, 2 November 2016

विशिष्ट पाहुना

सुन्दर प्राकृतिक छटाले भरिपूर्ण त्यो गाउँ भुकम्पले घरहरु तहसनहस पारेपछि उजाड देखिन थाल्यो।चारैतिर हरियाली बनजंगल र सुन्दर पहाडहरु भएपनि त्यहाँका मानिसहरुको मस्तिष्कमा परेको गहिरो चोटका कारण त्यो बस्ती श्मशान जस्तै लाग्न थाल्यो।ठूलो दु:ख-कष्ट झेलेर उनीहरूले स-साना झुपडी बनाए।भुकम्प पीडितको लागि भनेर बिदेशी राष्ट्रहरुले अरबौंको रकम सरकारको नाममा दिए पनि पीडितहरुका लागि भने सो रकम आकाशको फल सरी भयो। झुपडी पनि आर्थिक अभावको कारणले यस्ता बनाएका थिए कि चारैभित्ताहरु भित्रबाट बाहिर र बाहिरबाट भित्र छर्लङ्गै देखिन्थे।एकदिन धनेको झुपडीमा टाढाबाट एकजना विशिष्ट पाहुना आएछ।पाहुनालाई दिन खासै गतिलो खानेकुरा नभएकोले उसले यताउता जोरजाम गरेर खीर,मासुभात र कुरौनी जस्ता मीठा-मीठा खानेकुरा बनाएर ख्वाउदै थिए।धनेकी श्रीमति र ५ छोराछोरीहरु पाहुनाको ख्वाइलाई क्वारक्वारती हेरिरहेका थिए।पाहुनालाई असहज भएको देखेर बाबाले छोराछोरीहरुलाई भनेछन्-"नानी-बाबुहरु तिमीहरू एकछिन बाहिर खेल्दै गर त।उहाँ अंकलले खाइसकेपछि म बोलाइहाल्छु नि तिमीहरुलाई।
छोराछोरीहरु बाबाको आज्ञा पालन गर्दै बाहिरिए।पाहुनाले खानेकुरा खुब मीठो लागेर थपी-थपी खायो।अनिकालमा बल्लतल्ल जोडेको खानेकुरा उसले खाएर सक्नै लागेको थियो।बालबच्चाहरु निराँश हुँदै उत्सुकतापूर्वक बाहिरबाट खानेकुरातिरै हेरिरहेका थिए।धनेले आफ्ना छोराछोरीले लाज बनाउन लागे भन्ठानेर बाहिर निस्केर उनीहरुलाई अझ टाढा भगाए।उनीहरू पनि के कम,भाग्दै-भाग्दै, एकजना बिदेशी कुईरेले दिइराखेको दूरवीनबाट पालैपालो झुपडीभित्र चियाउन थाले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...