"त्यसो नभन न मनोज।म त्यति कठोर र निर्दयी आमा कहाँ हुँ र?आफ्नो सन्ततिको माया,ममता र स्नेह कुनचाहिँ जननीलाई लाग्दैन?पहिले पनि छोरीलाई चटक्कै छोडेर बिरानो मुलुक भासिने रहर कहाँ थियो र?समय,परिस्थिति र बाध्यताले त्यो मार्गमा डोर्यायो मलाई।अहिले त झन दुई महिने दुधे शिशुलाई छोडेर बिदेशिनु त महापाप नै हो नि।तर के गर्नु,गरिबी र मज्बुरीले गर्दा नजानुपर्ने मार्गमा पनि जानुपर्ने रहेछ।हाम्रो आर्थिक स्थिति हाम्रै सामू ऐना झैं छर्लङ्ग छँदैछ त।यतिखेर हामीसँग पैसाको नाममा ४/५ हजार बाहेक अरु छैन।भएभरको अलिअलि पैसा सबै जग्गामा हालियो।जग्गा पनि त लिनुपर्ने नै थियो।हामी र हाम्रो सन्ततिको उज्ज्वल भविष्यको खातिर।हामीले यिनीहरूलाई छोडेर बिदेशमा कार्य गर्नु यिनीहरूकै लागि नै त हुन् नि।हाम्रो स्वार्गारोहण हुँदा भएभरको सम्पत्ति हामीले साथमा लैजाने हैनौं क्यारे।स-साना बालबच्चा छोडेर त अरु पनि गैरहेकै छन् नि-हामी मात्र हैनौं।फेरि अहिलेको जमानामा आमाको दूधको बिकल्प पनि त आइसकेको छ बजारमा।दुई महिना त मेरै दूध पनि ख्वाउन भ्याईन्छ।अरु कोही कसैले हप्ता दिनमै त छोडेर गैरहेका छन्।मनोज,आर्थिक अभावको पीडा कति भयानक र कष्टकर हुन्छ भनेर मैले काठमाडौंको तीनबर्षे बसाइँमा भोगिसकेकी छु,जुनबेला तिमी पनि साउदी अरबको मरुभूमिमा संघर्षरत थियौ।मेरो स्थानमा अरु कोही कमजोर नारी भएको भए सायद जीवनदेखि हरेश खाएर संसारबाटै बिदा लिइसक्थे होला।बाहिरी दुनियाँमा मुस्कुराए पनि मेरो मुस्कानको भित्री भागमा कति पीडा र रहस्य लुकेको थियो भन्ने कुरा म र भगवान बाहेक अरु कसैलाई थाहा थिएन।हो मलाई राम्रैसँग थाहा छ,समाजले मात्र हैन,भोलि आफ्नै कोखबाट जन्मिएका छोराछोरीले पनि मलाई निर्दयी आमा पैसाको पछि लागेर नाबालक बच्चालाई छोडेर बिदेश पलायन भएकी रहिछे भनेर तथानाम गाली र उपनाम दिनेछन्।त्यतिबेला म पीडाले जलेर असह्य र भस्म हुनेछु।त्यतिबेला सायद छोराछोरीले हाम्रो सुख,चैन र आराम मात्र देख्लान्।हाम्रो दु:खद,पीडादायी र दर्दनाक अतीत कदापि देख्ने छैनन्।सबैको नजरको अदालतमा म नै दोषी ठहरिनेछु।तर म भविष्य भन्दा पनि वर्तमानकै सामना गर्न जाँदैछु।हो,म त्यतिखेर एउटी पापी र निर्दयी आमाको उपनाम पाउन तम्तयार भएर बस्नेछु।तर म वर्तमानको गरिबी र दु:खसँग लड्न नसकेर मुकदर्शक भएर उभिन सक्तिन।आफू र आफ्नो परिवारको लागि अनुकूल वातावरण सिर्जना गर्न जस्तोसुकै महासंग्राममा भाग लिन पनि तयार छु।मलाई दूर भविष्य भन्दा निकट भविष्यको चिन्ता लाग्ने भएकोले सोही अनुरुप पाइला चाल्दैछु।"
नेताको झैं लामो भाषण मन्त्रमुग्ध भएर सुन्दै परिवारका सबै सदस्यहरु मतिरै टुलुटुलु हेरिरहेका थिए।
"नाबालक शिशुलाई छोडेर जाने त भन्छ्यौ तर हेरचाह गर्न सजिलो पक्कै छैन।कसले स्याहार-सुसार गरिदिन्छ बच्चालाई?त्यत्तिकै मुख चलाएर मात्र समस्याको समाधान हुन्छ?बाबा-आमा पनि बृद्ध-बृद्धा भए।आफ्नो हेरचाह त राम्रोसँग गर्न सक्दैनन्,कसरी शिशुको हेरचाह गरुन्?!यदि तिमी गएरै छोड्छु भन्छ्यौ भने कोही मान्छे खोजेर राख्नुपर्ला पाएसम्म।"
अहिले भने मनोजले पनि मेरै मनको कुरा गर्यो।
"यदि तिमीहरू उमेर हुँदा केही गर्न चाहन्छौ भने बच्चा म हेरिदिउँला केही छैन।शुरुमा एकदुई महिना गाह्रो हो,त्यसपछि केही गाह्रो छैन।मैले पनि सात वटा बालबच्चाहरु हुर्काइसकेकी छु।मलाई पनि तरीका थाहा छ नि बच्चाको स्याहार-सुसार र हेरचाह कसरी गर्ने भन्ने कुरा।"
सासुआमाले धेरै सोचबिचार गरेर फ्याट्टै भन्नुभयो।
"तपाईंहरु आफ्नो ख्याल त राम्रोसँग राख्न सक्नुहुन्न अनि कसरी हेर्नुहुन्छ सानो बच्चा? ठूलो मान्छेको हेरचाह गर्न सजिलो होला तर बच्चा हेर्न कम त गाह्रो हुन्छ?"-मनोजले भन्यो।
"कान्छो!म सकिहाल्छु नि।तिमीहरु प्रगति गर्दै जाउ न,यतिको साथ त म पनि दिन सकिहाल्छु नि।बुढाबुढी भनेर त्यत्तिको आशक्त पनि त छैनौं नि।खाना पकाएर खाना,बालबच्चालाई ख्वाउन र यताउता घरायसी काम गर्न त जति पनि सकिहाल्छौं।तिमी चिन्ता नगर म छु नि।"-सासुआमाले निकै उत्साहित हुँदै भन्नुभयो।
"मनोज,ठिकै छ त आमा-बाबाले हेरिदिनुहुन्छ भने के बिग्रन्छ र?आफ्नै नाति-नातिनी त हो नि।अर्काको हैन क्यारे।"-मैले मनोजतिर नजर लाउँदै भनें।
"कतिपय नारीहरु आफ्ना बालबच्चालाई कन्तबिजोग बनाएर पोइला जान्छन्।तर म त कमाउन जान लागेकी हुँ नि।मैले कार्य गरेपश्चात यिनीहरुको पनि भविष्य त उज्ज्वल होला नि।त्यसैले यिनीहरूलाई छोडेर बिदेश जाँदा पाप त लाग्दैन जस्तो लाग्छ।पाप नै लागे पनि म भोग्न तयार छु।बश म मेरो परिवारको खुशी र सुख चाहन्छु।परिवारको सबै खुशी त पूर्ण गर्न नसकुँला तर भरपूर प्रयास हुनेछ मबाट।अहिलेको जमानामा बालबच्चालाई जन्माएर माया दिएर मात्र पुग्दैन।उनीहरूलाई उचित शिक्षादिक्षा र असल संस्कार पनि दिन सक्नुपर्छ।उदाहरणका लागि नानीको पढाई अहिले एकदम राम्रो छ र पछिसम्म पनि यही गतिमा प्रगति गर्दै गएर भोलि उनले नर्स बन्ने चाहना ब्यक्त गर्लिन्।अनि त्यतिखेर बाधक भनेको आर्थिक स्थिति नै हुन आउँछ।अर्को उदाहरण मनोजकै दिउँ।मनोजको पनि पढाइ कति तेज थियोे।बिज्ञान बिषय लिएर बाह्र कक्षा त पास गर्यो तर आर्थिक अभावले उ इन्जिनियर भने बन्न सकेन।दोष तपाईंहरुको पनि थिएन।दोष त नियति र गरीबीको थियो।फेरि त्यही कथा मनोजको छोराछोरीले दोहोर्याउन नपरोस् भन्ने मेरो चाहना हो।के मेरो चाहना गलत छ त?सही र गलत भन्ने कुरा आ-आफ्नो ठाउँमा होला तर मेरो मनले जे सही भन्छ,आज म त्यही गर्न गैरहेकी छु।तर पैसाको लागि ईज्जत् लिलाम गर्न त गैरहेकी छुइन नि।हात-गोडा खियाउँछु। पसिना बगाउँछु।"
बडो उत्साहित र जोशिलो भएर उदाहरण सहित प्रष्ट्याएँ।
"हो ओमु,तिमीले कुरा त जायज नै गर्यौ।मेरो पनि के मान्यता छ भने -हामीले खाडी लगायत विभिन्न मुलुकहरूमा गएर कार्य गर्नुपर्ने जुन बाध्यात्मक अवस्था छ,त्यस्तै नियति हाम्रा भावी सन्ततिले पनि भोग्न नपरोस्।हातमुख जोर्ने समस्याले कोही पनि नेपाली छोराछोरीले पराई भूमिमा बिदेशिन बाध्य नहोस्।त्यसको लागि हामीले आफ्नो स्थानबाट भरपूर योगदान गर्नुपर्छ।छोराछोरीको उज्ज्वल भविष्यको लागि जस्तोसुकै दु:ख-कष्ट भोग्न पनि तयार हुनुपर्छ।यदि हामीले दु:ख गरेर सन्ततिको जिन्दगी सुखमय बन्छ भने किन पछि हट्ने?माया,ममता र स्नेह जस्ता भावनात्मक कुरा आफ्नो ठाउँमा छँदैछ।जिन्दगीको कठिन यात्रा र महासंग्राममा जान-अन्जानमा कोही-कसैबाट गल्ती, कमी-कमजोरी हुनु र कसैमाथि अन्याय हुनु अस्वाभाविक हैन।सबैले सर्वस्व गुमाउनु भन्दा कसैले केही गुमाएर अरु कसैले केही प्राप्त गर्नु उत्तम हुन्छ।त्यसैले मैनबत्ती झैं आफू जलेर अरुलाई उज्यालो प्रदान गर्नु कुनै पनि हालतमा गलत कदम ठहरिन्न।नेपालमा वीर शहिदहरुले आफ्नो ज्यानको आहुती दिएर प्रजातन्त्रको प्रादुर्भाव गरे।हजारौंले ज्यानको बलि दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरे।ती वीर शहिदहरुले अवश्य पनि आफ्नो लागि भन्दा पनि देश र जनताको सुख र समृद्धिको खातिर ज्यान अर्पण गरेका थिए।ठिक त्यस्तै प्रकारले कुनै पनि बाबा-आमाले आफ्नो स्वार्थ सिद्ध गर्न भन्दा आफ्नो सन्ततिको लागि सोचेर अग्रगामी कदमहरु चालेका हुन्छन्।"
मनोजको साहित्यिक भाषण सायद उसका बाबा-आमाले बुझेनन् होला।बिना प्रतिकृया सासुससुराहरु मौनरुपमा सुनिमात्र रहेका थिए।आखिर मेरो कुरामा सबैले सहमति जनाए।दुई महिने दूधे बालक छोडेर बिदेशिने निर्णयमा पुगें।
कम्पनीले दिएको सुत्केरी बिदा लगभग सकिन लागेको थियो।एकैचोटि आमाको दूध छुटाउँदा गाह्रो होला भनेर जानु भन्दा दुईचार दिन अघिदेखि नै प्लास्टिकको दूधदानीबाट ल्याक्टोजनको दूध पिलाउन शुरु गरियो।आमाको दूध भन्दा ल्याक्टोजनको दूध मिठो लागेर होला अथवा केही दिनमै आमाले छोडेर जाने कुरा बुझेर होला,आमाको दूध बिर्सेर ल्याक्टोजनमै भुल्न थाल्यो बालक।कम्तीको पनि दुई बर्षसम्म आमाको दूध पिउन पाउनुपर्ने एउटा निर्दोष बालकको अधिकारको हनन गरिसकेकी थिएँ।जानीजानी मैले एउटा भयानक प्रपञ्च रचिसकेकी थिएँ।महापाप गरिसकेकी थिएँ।सायद त्यो पापको प्रायश्चित गरेर साध्य पनि थिएन।हेर्दाहेर्दै खाडीमा भासिने दिन पनि आइसकेको थियो।मनोज म भन्दा दुई दिन अगाडि नै दुबई फर्किसकेको थियो।म पनि बिमानस्थलमा पुगेर मनोजलाई फोन गरें।
"मनोज,म यहाँ त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा आइसकेकी छु।बाबु सुतिरहेको मौका छोपी सुटुक्कै भागेर निस्कें।निस्कन त निस्कें तर फेरि बेकारमा बिदेशिने निर्णय गरेछु जस्तो लाग्यो।दिल्लीमा मेरो आठ घण्टाको लामो प्रतिक्षा छ,कसरी बिताउने होला।मौका पाएँ भने म दिल्लीको बिमानस्थलबाट फोन गर्नेछु।"
मेरो स्वर र शरीर दुबै थरथर कामिरहेका थिए।
"मैले त जानुपर्दैन भनेकै हो,तिम्रै जिद्दीले त हो नि।अझै केही बिग्रेको छैन,त्यहीँबाट फर्केर जाउ।"
-मनोज रिसाउँदै थियो।
"हैन मनोज,अब आँटेपछि एकपटक म दुबई आउँछु। काम गर्न सकिन र फर्कन मन लागेमा फर्किनेछु,केही छैन।जे पर्ला सोही टर्ला अब निस्किसकेपछि।"
यति भनेर फोन काटें र प्रस्थानकक्षतिर प्रबेश गरें।
ओमु बहिनीको कुरा सुनेर यो दिपक बिष्टलाई उनीप्रति अलिअलि दया जाग्यो र अलिअलि रिस पनि उठेर आयो।सबैजना ओमुकै कहानी सुनेर मन्त्रमुग्ध भएर उनीतिरै हेरिरहेका थिए।मध्यान्हको बाह्र बजिसकेको थियो।पस्केको खाना नखाई त्यतिकै सेलाइसकेछ।खाना कतिबेला र कसले पस्केको थियो,कुनै वास्तै भएन।
"लौ सबैजना पहिले खाना खानुस् अनि बाँकी गफ गरौंला।"
ओमु बहिनीले आफ्नो कुराकानीको क्रमलाई केही बेरको लागि स्थगित गरेको घोषणा गरी।

No comments:
Post a Comment