Tuesday, 8 November 2016

ए वीर गोर्खाली!


वीर
गोर्खाली!
निँद्रामा छौ?
उठ्नुछ अब
जाग्नुछ नेपाली।
कुम्भकर्णे निँद्रामा
फुस्फुसाईरहेका छौ
पूर्वको लाली किरणले
धर्ती पहेंलो बनाइसक्यो
गिज्यायो तिम्रो पारा देखेर
त्यसैले हातमा कोदाली
काँधमा हलो र जुवा
बोकी पस खेतमा
चिर्न थाल बाँझो
छरेर बीउ
उमारेर
देखाउ
अन्न
ल?
नत्र
बाझो नै
रहने छ
तिम्रो त्यो खेत
उम्रने छैन अन्न
भोक भोकै मर्नेछन्
नेपाली वीरका छोरा
एक माना चामल पनि
भिख माग्नुपर्नेछ पराईसँग
पैसा तिरे पनि दिने छैनन्
बन्द हुनेछ नाक-मुख
बन्द भएर सिमाना
जति गुहारे पनि
बन्द नै हुनेछ
उसको आँखा
देख्ने छैन
नेपाली
हैन
र?
कि
के
हो?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...