एकातिर मनमा यस्तै दुबिधा लिई सोचमग्न भएर दिनरातहरु ब्यतित गरिरहेकी थिएँ।अर्कोतिर खानपिन नरुचेर सुकेर पात जस्तै भएकी थिएँ।एउटा मसिनो भ्रूणले मेरो गर्भ भित्रभित्रै संघर्ष गर्दागर्दै,बितण्ड मच्चाउँदा मच्चाउँदै ७ महिना पार गरेर आठौं महिनामा प्रबेश गरिसकेको थियो।मैले एउटा गम्भीर र महत्वपूर्ण निर्णय लिने त्यो पल आइसकेको थियो।दुई मार्गहरुमध्ये एउटा मार्ग चुन्नुनैपर्ने भयो।
एकदिन बिहानीको किरणले धर्तीलाई चुम्बन गर्न नपाउँदै फोन गरेर मनोजलाई बिदा मिलाउन लगाएँ।भोलिपल्ट हामी उहीँ अलगुबैबाको पार्कमा भेटघाट गर्यौं।जसरी केही महिना पूर्व हाम्रो भेट हुँदा थियो,ठ्याक्कै उस्तै थियो त्यो ठाउँ।कुनै परिवर्तन लागेन।त्यहाँका रंगीचंगी फुलहरु उस्तै र फूलहरुमा रस चुस्न उद्दत ती मौरीहरु उस्तै ब्यस्त।फरक यति थियो कि अघिल्लो भेटघाटमा मौसम बिल्कुल साफ र प्रचण्ड गर्मी थियो।गगन निलो र बादलको उपस्थिति शून्य थियो।तर त्यो दिन हिउँदको कारण मौसम शित्तल र गगनमा बादलको बाक्लो उपस्थिति थियोे।त्यो पार्कमा भएका फूलहरुको सदाबहार मुस्कान देखेर हामी लालयित भयौं।डाहा र ईर्ष्या जाग्यो तिनीहरुको जीवनप्रति।मेरै बेचैनी देखेर कुटिल हाँसो हाँसे झैं लाग्यो ती फूलहरुले।
"तिम्रो जीवन र त्यो माथि गगनको बादल एउटै हो।कुनै खुशी र मुस्कान छैन तिम्रो मुहारमा।सक्छ्यौ भने हामी जस्तै मुस्कुराउन सिक।दुईदिने जीवनमा यही एउटा मुस्कुराएको त पाईन्छ।कसैले म भोलि खुशी हुनेछु भन्यो भने त्यो खुशी नमिल्न पनि सक्छ।खुशी हुनुछ भने बर्तमानमै हुन सक्नुपर्छ।त्यसैले ओमु!हामी जस्तै हाँस्ने र मुस्कुराउने कोसिस गर।"
ती मनमोहक र सुन्दर फूलहरुले मलाई यस्तै कुरा भने झैं लागेर खित्का छोडेर हाँस्न थालें।
"के भयो ओमु,किन यसरी हाँसेकी?"-मनोजले व्यग्र हुँदै सोध्यो।
"यी फूलहरुले आज मलाई नराम्रोसँग हँसाए।मैले आफूलाई नियन्त्रण गर्नै सकिन।"
"हा हा हा हा।तिमी पनि कति सिपालु भईछ्यौ हँसाउन।"
"अरु कुरा छोडौं मनोज।आज मैले जिन्दगीकै सबैभन्दा ठूलो निर्णय सुनाउन तिमीलाई यहाँ बोलाएकी।"
"कस्तो निर्णय हो र त्यस्तो अचम्मको निर्णय?नजिस्क्याउ न फेरि।भन न के हो त्यस्तो निर्णय?"
"तिमीलाई छोड्ने कि बच्चालाई छोड्ने भनेर।"
"हँ•••!मैले कुरा प्रष्ट बुझिन नि के भन्न खोजेकी!"-मनोजले भयभीत हुँदै सोध्यो।
"आँतिनु पर्दैन,कुरा सामान्य नै छ।तर निर्णय ठूलो।"
"तुरुन्तै भनिहाल न,सुन्न आतुर छु।"
"तिमीलाई दुबईबाट छोडेर नेपालमा बच्चासँग बसुँ कि बच्चालाई नेपालमा छोडेर तिमीसँग दुबईमा बस्न आउँ भनेर।"-मैले खुलस्त रुपमा आफ्नो कुरा सुनाएँ।
"ए हो र?कुरा त्यस्तो पो हो?अनि तिमीले के निर्णय गर्यौ त?"-उसले छिट्छिटो सोध्यो।
"तिम्रो बिचारमा मैले के निर्णय गरें जस्तो लाग्छ?"-कुरा गोप्य नै राखेर मैले प्रतिप्रश्न गरें।
"खै तिमीले के निर्णय गर्यौ त्यो त म यकिनका साथ भन्न सक्तिन।तर यो कुराको निर्णय तिमी एक्लैले गरेर हुन्न।यसमा हामी दुवैको सहमति हुनुपर्छ।तिम्रो निर्णय मेरो लागि मान्य हुन पनि सक्छ र नहुन पनि सक्छ।"
"तिमीले मेरो निर्णयमा सहमति जनाऊ या नजनाऊ,त्यो तिम्रो अधिकारको कुरा हो। तैपनि अनुमान त लाउन सक्छौ नि मेरो निर्णय के होला भनेर।"
"मेरो लागि त यो प्रश्नको उत्तर एकदम सामान्य छ।तिमीले मलाई दुबईबाट छोडेर बच्चा सम्हालेर नेपालमै बस्ने निर्णय त गर्यौ होला नि।मेरो उत्तर १००% सही छ हैन त?"-प्रश्नोत्तर एकैपटक गर्यो उसले।
"हैन।१००% गलत।"-मैले तीन शब्दको छोटो उत्तर दिएँ।
"त्यसो भए बच्चा नेपालमै छोडेर दुबई आउने भनेकी?यस्तो निर्णय गर्न पाईन्छ?तिमी एउटीले निर्णय गरेर हुन्छ यस्तो गम्भीर बिषयमा?मलाई चाहिँ सोध्नुपर्दैन?के हो यस्तो पारा?तिमी एउटाको खुशीले चल्छ?सरसल्लाह गर्न आउँदैन तिमीलाई?आफ्नो एकाधिकार जमाउन खोज्ने?परिवार भित्र पनि तानाशाही लाद्ने?"-मेरो सामू प्रश्नहरुको ओइरो लाग्यो।
"हैन।फेरि पनि १००% गलत।"-फेरि मैले उस्तै छोटो जवाफ दिएँ।
उसको बाँकी प्रश्नहरुको जवाफ दिन आवश्यक ठानिन।मेरो जवाफले मनोज एकछिन ट्वाल्ल परेर बस्यो।आश्चर्यका धर्साहरु उसको मुहारमा प्रष्टै झल्किए।ऊ छट्पट र उकुसमुकुस हुन थाल्यो।मौन र स्तब्ध भयो।यताउता हेर्न थाल्यो।मोबाइल निकालेर समय हेर्यो।मेरो कुराले मनोज अलमलमा थियो।निर्णयको जहाजले छोडेर उसलाई अलपत्र पारिएको थियो।
"यो निणयलाई फेरि समयकै गर्भमा छोडिदिएँ मैले।समय र भाग्यले जे भन्छ,म त्यही गर्नेछु।"-केहीबेरको मौनता र सुनसान परिबेशलाई भंग गर्दै मैले वार्तालापलाई निरन्तरता दिएँ।
"अरे के भनेकी त्यस्तो?निर्णय त समय र भाग्यले नभई हामीले गर्ने हो नि।मैले अझैसम्म तिम्रो आशय प्रष्ट बुझिन ओमु,के भन्न खोजेकी?बंग्याइ-टिंग्याइ भन्नुपर्छ र?सिधै भने भैगो नि।"
हायलकायल हुँदै उसले भन्यो।मेरो कुराले ऊ थकित देखिन्थ्यो।
"मेरो मतलब-जान त म यहाँबाट ४ महिने सुत्केरी बिदामा जान्छु।यदि नेपालमा मेरो सुत्केरी सामान्य भयो भने बच्चा छोडेर दुबई आउँछु।यदि सुत्केरीमा मेरो शल्यक्रिया गर्नुपर्यो भने म तिमीलाई छोडेर बच्चा सम्हालेर नेपालमै बस्छु।"-मैले प्रष्टरुपमा ऐना झैं छर्लङ्ग पारिदिएँ।
"तिम्रो दुवै शर्त मलाई मन्जुर छैन।मेरो भनाइको अर्थ-न त तिमी बच्चालाई छोडेर दुबई आउनेछ्यौ, न म चाहन्छु कि तिम्रो सुत्केरीमा शल्यक्रिया गर्न परोस्।अनि तिमी बच्चासँगै नेपालमा बस्नलाई शल्यक्रिया हुनैपर्ने?यो कस्तो खाले शर्त हो फेरि?तिम्रो शल्यक्रिया गर्ने अवस्था आयो भने त्यतिखेर पीडा र दर्द तिमीलाई भन्दा मलाई बढी हुनेछ।यसै त तिम्रो टन्सिलको शल्यक्रियाबाट आँतिसकेको छु।त्यो शल्यक्रियाले मेरो मस्तिष्कमा कहिल्यै निको नहुने चोट दिएको छ।चोटमाथि चोट सहने हिम्मत ममा छैन ओमु।पुनः शल्यक्रिया गर्नुपर्यो भने तिम्रो ज्यानलाई पनि अत्याधिक खतरा हुनेछ।"
"मेरो शल्यक्रिया होस् भनेर म पनि कहाँ चाहन्छु र?मलाई चाहिँ रहर छ र?सबै भाग्यको खेल हो मनोज।भाग्य कसैको बशमा छैन।यदि हुँदो हो त कोही दु:खी,गरीब र निरीह हुने थिएनन्।त्यसैले मैले आफ्नो निर्णय भाग्यलाई नै छाडेकी छु।यसैपनि शल्यक्रिया पश्चात् त कठिन कार्य गर्न पनि असमर्थ हुनेछु र जसरी भएपनि नेपालमै बस्नुपर्ने हुन्छ।मेरो कमजोर शारीरिक अवस्था हेर्दा त सामान्य सुत्केरी हुने अबस्था न्यून र शल्यक्रिया गर्नुपर्ने अवस्था अत्याधिक देख्छु।सबै जिम्मा मैले उपरवालालाई नै लगाएकी छु।"
मेरो कुरा भुइँमा खस्न नपाउँदै उसले आफ्नो कुरा शुरु गर्यो।
"जबसम्म भगवानको कृपा,बाबा-आमाहरुको आशीर्वाद,आफन्त,ईष्टमित्र र साथीसंगीहरुको माया हामीसँग छ,तबसम्म तिमीलाई कुनै भयले पनि छुन सक्तैन।त्यसैले हिम्मत हार्ने होइन,बरु आफूलाई शक्तिशाली बनाएर जिउने प्रयत्न गर्नुपर्छ।तिम्रो सुत्केरी सामान्य नै हुनेछ भन्ने मलाई पूर्ण बिश्वास छ।सामान्य भएपनि जटिल भएपनि गएर फर्किने कुरा चाहिँ नगर।नाबालकलाई बिचल्लीमा छोडेर कमाएको पैसाको कुनै मूल्य हुन्न।नाबालकको आँशुले सराप्नेछ ओमु!"
"ल ल मनोज,अझै हामीसँग सोच्नलाई काफी समय छँदैछ नि।जे गर्नुपर्ने हो,नेपाल गएपछि हेरौंला,बिचार गरौंला।"-मैले त्यो बिषयलाई बीट मार्दै भनें।
त्यसपछिका मेरा हरेक पलहरु अत्यन्तै कष्टकर,सकसपूर्ण र पीडादायी हुँदै थिए।पहिलो भन्दा दोश्रो गर्भले मेरो निँद,चैन र खुशीहरु हरण गर्न थाल्यो।ती दिनहरुमा मैले पटकपटक आफूलाई जन्माउने जननीलाई याद गरें।जननीको महत्व बुझ्न थालें।बाबा-आमा देखि रिसाएको ,मुख फर्काएको र भनेको बेला नटेरिएका क्षणहरु सम्झेर पश्चातापको आगोमा जल्न थालें।फेरि पनि बाबा-आमाको चित्त नदुखाउने प्रण गरें।अर्कोतिर मेरो ध्यान मेरी सासुआमा तिर गयो।
"मैले जाबो दोश्रो बच्चा जन्माउन त यति मुश्किल छ भने सासुले कसरी ७ वटा बच्चाहरु सामान्यरुपमा जन्माएर सकुशल हुर्काए!न अस्पताल धाएकी न शल्यक्रिया नै।हैन,अचेलका आईमाईहरु किन कमजोर भएका? महंगा निजी अस्पतालमा लगे रे। जसको पनि चिरफार गरेर बच्चा निकाले रे भन्ने मात्र सुन्छु त!युग फेरिएको कि मान्छेको नियत?सामान्यरुपमा बच्चा जन्माउनु त भाग्यकै कुरा भैसक्यो बा!व्यावसायिक रुपमा कति फस्टाएका अचेल अस्पतालहरु पनि!धेरै जसो निजी अस्पतालहरु लुट्नै बसे जस्तो!गर्नुनपर्ने शल्यक्रिया पनि गर्नुपर्ने रे!फेरि कुन बेला कसको छोरा कसको छोरीसित साटिनुपर्ने हो!कसको किड्नी गायब हुने हो,कुनै ग्यारेन्टी नाइँ।"
मनभित्र आएका विविध बिषयहरुको ज्वारभाटाले मलाई उथलपुथल बनाउँदै थियो।"छोरी भन्दा छोराले गर्भ देखिनै सताउँछ रे" भन्ने सुनेकी थिएँ,साँच्चै हो रहेछ जस्तो लाग्यो।तर डाक्टरले मात्र मौखिकरुपमा छोरा भएको कुरा भनेको थियो।शतप्रतिशत यकिन भने थिएन।
"बाबु!मम्मीलाई यसरी नसताऊ न।म यति दुब्ली-पातली र कमजोर भैसकें,अझै सताइरहने हो?तिमीले मलाई कति दु:ख-पीडा दिन सकेको?यसरी नै सताइरह्यौ,तड्पाइरह्यौ र पीडा दिईरह्यौ भने तिमीलाई कसरी जन्माउने मैले?भन त,कसरी जन्माउने?जन्माउने शक्ति कसरी जुटाउने?दिनप्रतिदिन कमजोर हुँदै हिम्मत हार्दैछु।सक्छौ भने,मेरो माया लाग्छ भने थोरै भएपनि दया राख न ममाथि।"
कहिलेकाही यसरी मायालु र विनम्रतापूर्वक गर्भ भित्रको बच्चालाई सम्झाउँथे।
"मोरो,तँ मलाई अहिलेदेखि नै यसरी सताउँछस्?दया-माया भन्ने कुरा तेरो हृदयमा छैन?तँ पशु होस् कि मान्छे?मान्छे भएको भए त खाना र चैन यसरी लुट्ने थिईनस् होला त?तँ बाहिर मात्र आईजा,तँलाई के-के गर्छु,मैले जानेकी छु।"
कहिलेकाही यसरी तथानाम गाली गर्थें।मेरो एकोहोरो वार्तालाप बच्चाले सुन्न सक्ने त कुरै भएन।तर कहिलेकाही भने मेरो कुरा सकिएपछि हातखुट्टा चलाएर मसँग बोलेको संकेत दिन्थ्यो।सायद त्यो मेरो भ्रम मात्र पनि हुन सक्थ्यो।
हेर्दाहेर्दै बिदामा जाने दिन आयो।४ महिने सुत्केरी बिदा मिलाएर स्वदेश प्रस्थान गरें।सुत्केरी हुने मिति अलि ढिलो भएकोले मनोजले आफ्नो बार्षिक बिदा पनि त्यही समयानुरुप मिलाएको थियो।म एक्लै गएर नेपालमा संघर्षरत भएँ।विश्राम गरेर बस्नुपर्ने मान्छे यता र उता घुम्ने,सरसफाइ र घरको काम गर्ने गरेकोले मलाई धेरै गाह्राे हुन थाल्यो।एकप्रकारको सङ्लो पानी अत्याधिक बग्न थाल्यो।पहिलो दिन त स्वत: ठिक होला भनेर घरमै प्रतिक्षारत बसें।तर भोलिपल्ट देखि झनझन तीब्र गतिमा पानी बग्न थाल्यो।
दुबईबाट मनोजको फोन आयो।
"मनोज,मलाई एकदमै गाह्रो भएको छ।हिजोदेखि सङ्लो खालको पानी अत्याधिकरुपमा बगेर ओछ्यानै जलमग्न हुन थालेको छ।"
"अनि हिजोदेखि अस्पताल नगएर के हेरी बसेकी?तुरुन्तै अस्पताल गैहाल।नत्र भने आमा- बच्चा दुवैकोलाई खतरा हुनेछ।यस्तो बेला एकदमै चनाखो हुनुपर्छ।"
तत्पश्चात हतोत्साहित हुँदै ट्याक्सी लिएर थापाथलीको प्रसुतिगृहमा भर्ना भएँ।त्यहाँ डाक्टरले केही औषधि र सलाइनपानी दिए।
"धन्न तपाईं समयमै अस्पतालमा आउनुभएको छ,नत्र भने गर्भाशयमा पानी सुकेर आमा र बच्चा दुवैको ज्यान जाने खतरा पनि हुनसक्थ्यो।तपाईं भाग्यमानी हुनुहुँदोरहेछ।यस्तो खाले केश एकदमै गम्भीर हुन्छ।अहिले आँतिनुपर्दैन,सामान्य नै देखिन्छ,तर रगत जाँच गरेपछि थाहा हुन्छ,इन्फेक्सन भएको पनि हुनसक्छ।"
डाक्टरको भनाइले म निकै भयभीत भएँ।
"अहिले कस्तो छ तिम्रो अवस्था?हिजै अस्पताल नगएर ठूलो गल्ती गर्यौ तिमीले।अनि डाक्टरले के भन्दैछ त?"-मनोजले पुनः फोन गरेर सोध्यो।
"एकदम ठिक छु।सलाइनपानी र औषधि दिएका छन्,सबै ठिक हुनेछ,आँत्तिनुपर्दैन।"
आफ्नो हालत खराब भएपनि सान्त्वना दिँदै सम्झाएँ।
हेरचाह गर्नका लागि अमोद भाइ र भाउजू पनि अस्पतालमा आएका थिए।उनीहरू मेरो स्वास्थ्यको अवस्थाप्रति निकै चिन्तित देखिन्थे।
"ओमु,आफूलाई के बनाएर राखेकी तिमीले?दुबईमा बसेर खाना खाएनौ र?कि पैसाको लोभले यस्ती भएकी?दुई जीउको हुँदा त सकभर मोटाउनुपर्छ नि,अनि पो सहज हुन्छ त बच्चालाई जन्माउन।यस्तो सुकुटे ज्यानले कसरी बच्चा जन्माउन सक्ला र खै!सामान्य सुत्केरी हुन धेरै गाह्रो छ।"-पसी भाउजुले खेद प्रकट गरी।
"पैसाको लोभले कहाँ हुनु र भाउजू।सबैले किन मलाई यस्तै भन्छन्?के म पैसाको लागि मरिहत्ते गर्छु र?पैसाकै लागि ज्यान खतरामा राख्छु र?मुखबाटै पिटिक्कै छिर्दैन त मैले के गर्ने?जबर्जस्ती खान खोजे बान्ता हुन्छ।भोक भनेको के हो थाहै छैन।साँच्चिकै यो बच्चाले मेरो सुख,चैन र जिब्रोको स्वाद सबै लुट्यो भन्या।कहिलेकाही त सोच्छु, यो बच्चालाई आतंककारी घोषणा गरुँ।फेरि सोच्छु,बिचरा यसको के नै दोष छ र।दोष त मनोज र मेरो थियो।यो त हाम्रो उत्तेजनाले जन्माएको एउटा परिणाम न हो।हामी दुई मिलेर खेलिएको रोमाञ्चक खेलको तक्मा नै त हो यो बच्चा।अब त लाग्न थालेको छ कि त्यस्तो खालको खेल कदापि खेल्ने छुइन।बरु आफूलाई कडाइका साथ नियन्त्रणमा राख्ने हो।अनि कहिलेकाही लाग्छ,यो रमझमको दुनियाँ छोडेर सन्यासी भएर जीवन यापन गरुँ।यी सबै झन्झट,झमेला,दु:ख-कष्टबाट मुक्त होउँ।यो सहबास भनेको मान्छेलाई भूमरीमा फसाउने एउटा जादू जस्तो लाग्यो मलाई।उम्लिरहेको पानी झैं लाग्यो।बाफ बनेर उडिसकेपछि सक्यो।आँधीबेहेरी झैं लाग्यो,एकैछिनमा उथलपुथल बनाएर छोड्ने।"
मेरो कुरा सुनेर पसी भाउजू खित्का छोडी-छोडी हाँसी।अमोद भाइ भने केही नसुने जस्तो अबुझ बनेर यताउता हेरेर टोलाइरह्यो।
अमोद भाइको लायकको जीउडाल र सुन्दर रुप भएपनि निन्याउरो मुख लाएर टुलुटुलु हेरिरहँदा उसको सुन्दर रुप पनि कुरुप देखियो।खग्रास चन्द्र ग्रहण लागेको थियो उसको मुहारमा।
"दिदी,तपाईंको अवस्था देखेर मेरो त आशा नै मरिसक्यो।सामान्य सुत्केरी होला भनेर त सोच्न सम्म पनि सक्तिन।सौभाग्यबश दैवले साथ दिएमात्र हो।सायद शल्यक्रिया नै गर्नुपर्ने होला।"-अमोद भाइले निराश हुँदै भन्यो।
"सामान्य सुत्केरी नै होला भन्ने झिनो आशाको त्यान्द्रो बाँकी नै थियो मेरो मनमा।तर आज सबैको प्रतिकृयाले मलाई हरेश खान बाध्य बनाएको छ।सबै मिलेर भगवानलाई प्रार्थना गरौं कि मेरो सुत्केरी सामान्यरुपमा सफल होस।पोहोरको साल पनि घाँटीको शल्यक्रिया गर्नुपरेको थियो।त्यतिखेरको कष्ट र पीडा भोगेर फेरि जिन्दगीमा कहिल्यै शल्यक्रिया गर्न नपरोस् भनेकी थिएँ।तर आज फेरि शल्यक्रिया गर्नुपर्यो भने त म जिउँदै मरिहाल्छु।साँच्चै भाइ,म जिउँदै मरिहाल्छु।"
मेरो बोलीमा कुनै सामर्थ्य र दम थिएन,बरु अति धेरै दर्द,पीडा र निराशा मिसिएको थियो।अमोद भाइले घरबाट हटकेशमा ल्याएको खाना हामी तीनजना मिलेर अलिअलि खायौं।
त्यो रात त्यस्तै तनाबमा बित्यो।पूरा रातभरीमा दुईतीन घण्टा मुस्किलले निदाएँ।त्यो मेरो लागि कालरात्री थियो।भयावह,कहालीलाग्दो,निराशिलो,पीडादायी,दर्दनक,अत्यासलाग्दो र हृदयबिदारक रात।त्यो कालरात्रीलाई चिर्दै संसारले सुन्दर बिहानीलाई जन्मायो।म भने आफ्नो गर्भको बच्चालाई कसरी जन्माउने भन्ने गहिरो चिन्तामा थिएँ।डाक्टरले अघिल्लो दिन निकालिएको रगत जाँचको विवरण सुनाउँदै भयो-
"धेरै पानी बगिसकेको कारण आमा-बच्चा दुवैलाई इन्फेक्सन भएको छ।सुई लगाएपछि ठिक हुन्छ तर बच्चालाई जन्माउन भने उत्तिकै चुनौतीपूर्ण छ।यथाशीघ्र जन्माउनुपर्ने हुन्छ,नत्र अवस्था झनझन जटिल हुँदै जानेछ।त्यसको लागि बच्चा समयभन्दा छिटो जन्माउने सुई लाउनुपर्छ।"
केहीबेर पश्चात् डाक्टरले सिस्टरलाई साथमा लिएर आयो।सिस्टरले मेरो दाहिने पाखुरामा सुई लगाइदिई।करीब आधा घण्टापछि नै सुत्केरी ब्यथा शुरु भयो।तर मेरो हालत झनझन खराब हुँदै गयो।अधिक दर्दको कारण छटपटिएर यताउता हिंड्न खोजें तर लामो अनुभव संगालेकी भाउजुले चलमल समेत गर्न नदिई पल्टाएर राखिदिईन्।दर्द र पीडा सहन नसकेर रुन-चिच्याउन थालें।
"ओमु,केही हुन्न तिमीलाई।आँतिनुपर्दैन,सुत्केरीको बेला सबैलाई यस्तै हुन्छ।मैले पनि तिम्रो जस्तै पीडा र दर्द सहेकी छु।तिमी र मैले मात्र नभई संसारका आम नारीले भोग्नुपर्ने ब्यथा एउटै हो।आफूलाई कमजोर नसम्झेर शक्तिशाली बनाऊ।सुखले त कहाँ बच्चा जन्मिन्छ र?संसारका सबै आमाहरुले यस्तो पीडा नभोग्ने हो भने सायद आमाको महत्व र महिमा पनि कम नै हुन्थ्यो होला।सोच त,आमालाई कति महान नारीको रुपमा पुजिन्छ।खुरुक्क पल्टेर बस्ने।यताउता चलमल नगर्ने।नत्र बच्चा तेर्सो परेर झन गाह्रो हुन्छ।"
भाउजूले अनेक उदाहरण दिएर सम्झाईन् मलाई।म अत्यन्तै थकित,शिथिल र भयभीत हुन थालें।मेरो शरीरमा कम्पन शुरु भयो।मेरो कम्मरमुनिको भाग चिसिन थाल्यो।नशाहरु खुम्चिंदै आए।मेरो आँखा धमिलो देखिन थाल्यो।संसार फनफनी घुमे जस्तो लाग्यो।एउटा धारिलो हतियारले आफ्नै पेट चिर्न मन लाग्यो।नारी भएकोमा आफैं प्रति घृणा लाग्न थाल्यो।

No comments:
Post a Comment