सुत्केरीको आलो घाउ सुक्न नपाउँदै दुबईमा दैनिक १२ घण्टा उभिएर/दौडेर कडा परिश्रम गर्न थालें।परिणामस्वरूप बेलाबखत असामान्य तवरले रक्तस्राव भएर कमजोर हुन थालें।शारीरिक रुपमा मोटाएपनि यथेष्ट तागत रहेन।रोजाइ र सोचाइ अनुरुपको भोगाइ नभएपनि जिन्दगीले क्रमशः सही गति लिँदै थियो।बालबच्चालाई नेपालमै छोडेर आएकोले मानसिक पीडा र कार्यको कारणले शारीरिक कष्ट भए तापनि आर्थिक समस्या भने झेल्नुपरेन।जीवन सामान्य र सहज तरीकाले अगाडि बढ्न थाल्यो।तर एकदिन फेरि अचानक जिन्दगीको पाइलामा ठूलो झट्का दिनेगरी ठेस लाग्यो।
"दिदी,अब हाम्रो बाबा यस दुनियाँमा रहनुभएन।उहाँले स्वर्गमा बसाइँ सर्नुभयो।
भाइले फोन मार्फत अशुभ समाचार सुनायो।एकछिन त किंकर्तव्यबिमुढ भएँ।
"कसरी यस्तो हुन गयो भाइ?उहाँ त मृत्युलाई जितेर पनि स्वास्थ नै हुनुहुन्थ्यो।फेरि बिमार भएको खबर पनि सुनिएन।यस्तो घटना अचानक कसरी भयो?"
मैले भाइलाई यति भनिसक्दा मेरो मुटुको धड्कनले गति बढायो।श्वासप्रश्वास र रक्तसञ्चार रोकिए झैं लाग्यो।थरथर काम्न थालें।आँखामा अनायासै च्छो-रोल्पा हिमताल जम्मा भयो र छचल्किएर तामाकोशीको रुपमा बग्न थाल्यो।सायद अब हृदयघात हुन मात्र बाँकी थियो।संसार पलभरमै खग्रास सूर्यग्रहण लागे झैं निस्पट्ट भयो।
"दिदी,बाबाले आत्माहत्या गर्नुभएछ।"
भाइको कुराले झन मेरो होसहवासै उड्यो।बेहोस भएर ढल्न खोजें।मेरो मुटु नौनी भन्दा कमजोर हुँदै आयो।पीडाको रापले पगाल्न थाल्यो-मुटुलाई।भावविह्वल हुँदै छाती पिटी-पिटी बेदनालाई प्रस्फुटन गरें।आँखाबाट उर्लेको बर्खे भेलले सिंगो शरीरलाई लपक्कै भिजायो।मेरो कमलो मनलाई लछारपछार पार्दै दर्दले आतंक मच्चाउन थाल्यो।म बहुलाही जस्तै भएँ।नियतिको चट्याङले मेरो जीवनमा भयानक बज्रपात गर्यो।
दुबईको फाइनान्सियल सेन्टरको पिज्जा हट भित्र एक किसिमको रमिता देखियो।सबै ग्राहकहरु खान-पिउन छोडेर मतिरै ध्यान केन्द्रित गर्न थाले।आफ्नो शीरलाई भित्तातिर ठोकाउन थालें।शीर र आँखा सुन्निएर हेर्न लायकका रहेनन्।कार्यलाई थाती राखेर कोठामा आएँ।
"बाबा!तपाईंले किन र कसको दबाबमा यस्तो भयंकर निर्णय लिनुभयो?केही कुराको कमी थिएन।बिस्तारै सबै ईच्छा र चाहनाहरु परिपूर्ति हुँदै थिए।कसैको एक पैसा ॠण पनि थिएन।जीवनमा सुख र समृद्धिको आगमन हुने बेला किन कहिल्यै नफर्किने मार्गमा जानुभयो?किन हतार गर्नुभयो जानलाई?मैले जीवनमा सबैभन्दा बढी माया तपाईंलाई गरेकी थिएँ।के तपाईंलाई मेरो अलिकति पनि माया लागेन?तपाईं महापापी हो।ज्यानमारा हो।हत्यारा हो आफूले आफूलाई सिध्याउने।अनि हामीलाई रुवाएर,तड्पाएर छोड्ने।तपाईंलाई कदापि माफी दिन सक्तिन,बुझ्नुभयो?आफू त जानुभयो भयो तर घरपरिवारमा के बित्छ भनेर कहिल्यै सोच्नुभयो?"
मैले एकैचोटि आफ्नो बेदना,दु:ख,पीडा र रिस उहाँलाई पोखिदिएँ।उहाँले सुन्नुभयो या सुन्नुभएन,भगवान नै जानून्।
तत्कालै टिकट काटेर नेपाल प्रस्थान गरें।बिदेशबाट स्वदेश फर्किनेहरु हर्षले गदगद भैरहेका थिए।सबै-सबै अतीतका दु:ख-पीडाहरु भुलेर हाँसिरहेका थिए।आँखाहरु मोतीका दाना झैं टल्किरहेका थिए।अनुहारमा अनौठो किसिमको कान्ति थियो।कान्तिहीन मुहारमा रुने केवल म एक्ली थिएँ।सर्वस्व मेरो हरण भएको थियो।अरुका लागि त खुशी र सुखका पलहरु सामून्ने थिए।रातको उडान भएकोले निँदाउने दुस्साहस गरें तर पूर्णरूपमा असफल भएँ।
बिहानको दस बजे काठमाडौंको बिमानस्थलमा झरें।कोठामा पुगेर एकैछिन छोराछोरी र सासुससुरालाई भेटें।तत्कालै अमोद भाइको मोटरसाइकल चढेर माइतीघरमा पुगें ।म त्यहाँ पुग्नु अगावै प्रहरी निरिक्षण र अस्पतालको पोस्टमार्टमले बाबाको मृत शवलाई आत्महत्याको संज्ञा दिइसकेर पनि शवलाई घरमा ल्याइएको थियो।आँखा झिमिक्क नगरेको ३६ घण्टा भैसकेपनि निंद्रा भने आसपासमा छँदै थिएन।सायद बाबाको आत्माले हरण गरिसकेको थियो मेरो निंद्रा।जतिसुकै बिलौना गरेपनि केही लागेन।बौद्ध धर्मको संस्कार अनुसार लामाहरुले पुस्तक पढेर बाबाको आत्माको चीर शान्तिको लागि मन्त्रहरु जपे।भोलिपल्ट बिहानको एघार बजे साइत अनुसार शव निकालियो।आमा मुर्छित हुँदै बिलौना गर्न थाली।भावविह्वल हुँदै शवतिर झम्टिन थाली।गाउलेहरुले जबर्जस्ती छुट्टाए।मेरो हालत पनि आमाको भन्दा कम थिएन।आँखा नदी सुकेपछिको बगर जस्तै भैसकेको थियो।रुंदा-चिच्याउँदा मेरो स्वर बसिसकेको थियो।आँखामा अश्रु रित्तिइसकेको थियो।हाम्रो परिवार मात्र नभई सिंगो गाउँ नै शोकमग्न थियोे।तर कोही आफन्त यस्तो पनि थियो कि बाबा बित्नुभएको उपलक्ष्यमा कुखुरा काटेर मासुभात खायो रे भन्ने सुन्नमा आयो।ऊ बाबाको दाहसंस्कारमा पनि उपस्थित भएन।खराब,कमजोर र दरिद्र मानसिकताले ग्रस्त उक्त ब्यक्ति जिउँदो भएपनि उसको बुद्धिको दाहसंस्कार गर्न मन लाग्यो।तर मलाई त्यस्तो पाखण्डीको बारेमा धेरै सोच्ने फुर्सद कहाँ थियो र।दाहसंस्कार गर्ने स्थानमा महिलालाई बर्जित गरिएको भएपनि म सामेल भएकी थिएँ।बाबाको शरीर दनदनी जल्न थाल्यो तर जलनको पीडा मलाई भयो।हेर्दाहेर्दै बाबाको शरीर अस्तुमा परिणत भयो।जानेबेला बाबाको शवसँगै गएका थियौं तर फर्किने बेला हामी रित्तै थियौं।मेरो दिमाग पनि रित्तो थियोे।शून्य थियोे।मेरो मन पनि रित्तो थियो।वास्तवमा मेरो मन मसँगै थिएन।म आफैं धर्तीमा थिईन झैं लाग्यो।म मरेतुल्य थिएँ।सास,धड्कन र शरीर चलेपनि मेरो मन एकै बिन्दुमा अवरुद्ध थियो,जसरी कृष्णभीरबाट पहिरो गएर सडक अवरुद्ध हुन्छ।गाडीहरू जाममा फसे झैं मेरा मनमा उब्जिएका अनेक तरंगहरु जाममा फसेका थिए।मेरो लागि एक महापुरुषको अन्त्य भएको थियो।भगवान समानको एक युगपुरुषको अन्त्य भएको थियो।हाम्रो एक पारिवारिक अध्याय समाप्त भएको थियो।स्वर्णिम युगको अन्त्य भएको थियो।मैले एक होनहार र आदरणीय अविभावक गुमाएँ।म बिल्कुल टुहुरी भएँ।मैले जिन्दगीमा सबैभन्दा बढी माया उहाँलाई नै गर्थें।आमालाई भन्दा हजारौं गुणा बढी माया।उहाँले पनि मलाई आमाले भन्दा बढी नै माया गर्नुहुन्थ्यो।आमाले रिसाएर कुट्नेबेला बाबाले नै छेकेर बचाउनु हुन्थ्यो।तर अब जिन्दगीबाट माया रित्तिएको थियो।सबैथोक रित्तिएको थियो,सिद्धिएको थियो।केही बाँकी रहेन।बाँकी रह्यो त केवल खोक्रो र निरस जीवन।
मेरो पन्ध्रदिने आपतकालीन बिदा सकेर पुनः दुबई फर्कें।दिनहरु बिते।महिना र बर्ष बिते।तर बाबाको यादले सताइरह्यो।कहिल्यै छोडेन।सायद सधैंभरी उहाँको याद ताजा रहिरहनेछ।दुबईमा कार्यको अति ब्यस्तताको बाबजुद पनि बेलाबखत उहाँको यादले सताइरह्यो।सम्झनाले झस्काइरह्यो।उहाँको अस्तित्व यो दुनियाँमा नभएपनि उहाँ सधैं मसँगै हुनुहुन्छ झैं लाग्छ।सायद कल्पना,सम्झना र यादको साहाराले जिउनु नै वास्तविक जिन्दगी रहेछ।
दुबईमा कार्यरत भएको पनि लगभग छ बर्ष भएको थियो।कार्य हमेसा व्यस्त र कष्टकर भएकोले थकित भएँ।मेशिनलाई त बेलाबखत विश्रामको शख्त जरुरत हुन्छ भने म त मानव थिएँ।तैमाथि नारी थिएँ।नारीहरु पुरुषहरू भन्दा कमजोर हुँदैनन्।समयसँगै कमजोर हुँदै जान्छन्।नारीको काँधमा बालबच्चा जन्माउने देखि लिएर हुर्काउने जस्ता जटिल कार्यभार सुम्पेको छ यो सृष्टीकर्ताले।त्यतिमात्र नभई हरेक महिना महिनावारी जस्तो झन्झट पनि थपिदिएको छ।त्यसैले नारीहरु शारीरिक रुपमा बिस्तारै कमजोर र निरीह हुँदै जानु स्वभाविक प्रकृया मान्नुपर्छ।छ बर्षको कठिन कार्यले मेरो शरीरलाई नाजुक अवस्थामा पुर्यायो।मेरो शरीरमा दर्द शुरु हुन थाल्यो।घाँटीको शल्यक्रिया भएको छ महिना पश्चात् गर्भवती भएकी थिएँ।साथै मेरो अन्तिम सुत्केरी पनि दर्दनक र पीडादायी अवस्थाबाट गुज्रेकोले थप कार्य गर्न नसक्ने अवस्थामा पुगें।राजीनामा दिएर जाने बिचार गरें तर नेपालमा गएर बेरोजगार हुन मन लागेन।त्यसैले फेरि दुई महिनाको बिदामा नेपाल गएँ।दुई महिना नेपालको बसाइँले मेरो शरीरमा केही स्फूर्ति बढ्यो। निकै बलियो र तन्दुरुस्त भएँ।फेरि कार्य गर्न सक्ने हिम्मत,आँट,साहस र शक्ति प्राप्त गरें।बिदा सकेर पुन दुबई गएँ।केही महिना कार्य आरामदायी थियोे।बिदा गएर आएको छ महिनापश्चात पुनः आशक्त भएँ।दाहिने हात राम्ररी चलाउन नसक्ने भएँ।शरीरमा दर्द उत्पन्न भयो।धेरै पल्ट बिरामी बिदा लिएर कोठामा पनि बसें।तर सोचे जस्तो शरीरमा सुधार आएन।सँगै कार्यरत साथीसंगीहरुले राजीनामा दिएर नेपाल जाने सल्लाह- सुझाब दिए।कतिदिन त अश्रुधारा बगाउँदै ढिपी गरेर कार्य गरें।तर अन्ततः मैले हिम्मत हारेँ।मेरो हालत देख्न नसकेर मनोजले पनि बारम्बार राजीनामा देउ भनेर दबाब दियो।मैले मनोजलाई एक्लै बिदेशमा छोडेर स्वदेश जाने निर्णय गरें।जसरी नेपालबाट बालबच्चा छोडेर दुबई आउँदा मर्माहत भएकी थिएँ।त्यसरी नै दुबईबाट मनोजलाई छोडेर जान अत्यन्तै गाह्रो भैरहेको थियो।कार्य गरुन्जेलसम्म कहिले छोडेर आनन्दले बसुँ जस्तो लागेको थियोे।तर छोडेर कोठामा बस्न थालेपछि अलिक दिन यहीँ मनोजलाई भेट्दै बस्न पाए हुन्थ्यो झैं लाग्यो।अन्ततः कम्पनीले नेपाल जाने दिन तोकिदियो।टिकट लिन बोलाएकोले शारजाहको मुख्य कार्यलयमा गएर टिकट लिएर आएँ।सन २०१६,अक्टोबर २४ तारीख बिहान ४ बजे नेपाल वायुसेवा निगमको जहाजबाट उडान थियो।
सनसिटी इन्टरनेसनल होटेल,दुबई।हामी प्रायः जसो दुबई नोभा होटल जाने गर्थ्यौं।मैले आफ्नो इमिरेट्स आइडी कम्पनीलाई हस्तान्तरण गरिसकेकी थिएँ।राहदानी पनि जाने दिनै कम्पनीको सम्बन्धित कर्मचारीले एयरपोर्टमै ल्याइदिने नियम भएकोले मसंग इमिरेट्स आइडीको फोटोकपी बाहेक आधिकारिक प्रमाणपत्र केही पनि थिएन।कारण मैले कम्पनीलाई राजीनामा दिएर पनि स्वीकृत र सर्ब हिसाबकिताब भैसकेको थियो।दुबई नोभा होटलमा सधैं जाने भएकोले राम्रै चिनजान थियो।त्यहीँ गयौं।तर त्यहाँका कर्मचारीले हाम्रो झिटिझाम्टी र कमजोरी देखेर त्यो दिन असली इमिरेट्स आइडी बिना बसाइँको लागि अनुमति दिन नसकिने बताए।तनाव चरम बिन्दुमा पुग्यो।चिनजानको होटलमा त प्रबेश निषेध गरियो भने अरु होटलमा बस्न सक्ने कुनै सम्भावना थिएन।हामी भिखारी/ पागल जस्तै भयौं।खुल्ला सडकमा भौतारिन थाल्यौं बासस्थानको खोजीमा।हामीले सधैं तल्लोस्तरमा राखिएको सनसिटी इन्टरनेशनल होटलमा गएर बासको लागि प्रकृया चलाएँ तर पुरानो आइडी देखेर उनीहरुले लिइसकेको पैसा पनि फिर्ता गरे।
"प्लीज सर,आइ केम फ्रम अबुधावी एन्ड आई एम ईन बिग प्रोब्लेम।प्लीज हेल्प मी।आई वान्ट टु स्टे हेयर फर वान्ली टुवेल्ब आवर्स।आई एम विद माई हज्बेन्ड।"
मैले आफू अबुधाबीबाट आएको र ठूलो समस्यामा परेको कुरा सुनाएँ।मसँग आफ्नो श्रीमानको साथमा विवाह दर्ताको प्रमाणपत्र पनि भएको कुरा उल्लेख गरेपछि बल्ल होटलमा बस्ने अनुमति मिल्यो।होटलको कोठा नम्बर ४०५ मा बसेर दु:ख-सुख साट्न थाल्यौं।भलाकुसारी गर्न थाल्यौं।बिछोडको बादल मडारिन थालेको थियो।मनोजलाई छोडेर स्वदेश जाँदै थिएँ।मैले आफूलाई जतिसुकै शक्तिशाली र दह्रो मुटु बनाउन खोजे पनि पटकपटक अश्रुबर्षा हुन छाडेन।नौनी जस्तै पग्लेर मनोजको शरीरमा समाहित हुन पुग्थें।मनोज भने मेरो मस्तिष्कको वातावरणलाई सकेसम्म रोमाञ्चक बनाउन खोज्थ्यो।
"वाह,क्या मीठो खाना!दाल,भात,माछा र कुखुराको मासु!कति मीठो बनाएकी!यस्तो मीठो खाना यो भन्दा पहिले कहिल्यै पकाएकी थिएनौ।आजको खाना एकदमै स्वादिस्ट छ।खाऊ न तिमी पनि।"
मनोजले मलाई फुर्क्याउदै भन्यो।
"प्यारा,तिमीलाई सधैं यसरी नै आफ्नै हातबाट बनाएको खाना ख्वाउने मन छ।तर के गर्नु आफ्नो शरीरले साथ नदिएपछि।पराईको देशमा भएपनि तिम्रो साथ पाउँदा सात वसन्त कसरी ब्यतित भयो थाहै भएन।तर अबको एकसाल कसरी बित्ला भन्ने चिन्ता ब्याप्त छ मेरो मनमा।"
मैले अश्रु खसाउँदै भनें।
"हिम्मत नहार न ओमु,आज भन्दा भोलि भन्दा बितिहाल्छ नि।धैर्य गर,फेरि हाम्रो दुई ज्यान एक हुने दिन अवश्य आउनेछ।"
"त्यो त हो मनोज,तर तिमी एक्लैलाई यो पराईभूमिमा छोडेर जानुपर्दा मन बेचैन भैरहेको छ।साँच्चै नढाँटी भन्नुपर्दा तिमीलाई छोडेर जान मनै लागेको छैन।बिदेशमा बस्दाको ब्यथा मैले यो सात बर्षको अन्तरालमा राम्रैसँग देखेकी र बुझेकी छु।त्यसैले पनि तिमीलाई एक्लो बनाउन मनले मानिरहेको छैन।तर के गर्नु मनोज,हामी दुबै एकैचोटि काम छोडेर जाँदा घर-व्यवहार चलाउनमा समस्या हुन्छ।यदि हामी पनि धनी भएको भए यसरी एक अर्काबाट टाढिएर,बिछोडिएर बस्नुपर्ने थिएन होला।हाम्रो भागमा बिछोड नै लेखिदिएको रहेछ बिधाताले।"
"त्यसो नभन न ओमु,अब एक बर्षको कुरो न हो।तिमी गएर घर-व्यवहार सम्हाल्दै गर।हामीले सोचेको कार्य सफल भएपछि म पनि आइहाल्नेछु।अब त दु:ख गर्ने,बिछोडिएर बाँच्ने र पीडा सहने बानी परिसकेको छ।सात बर्ष यसरी नै बितायौं भने अब एक बर्ष तिमीदेखि टाढिएर बस्न मलाई कुनै समस्या र आपति छैन।समयले धेरै कुरा सिकाएको छ।आँधी-तुफानको बीचमा पनि बाँच्ने कला सिकाएको छ।जसोतसो हिम्मत जुटाएर बाँच्ने कोसिस गर्नेछु अबको एक बर्ष पनि।"
"हैन मनोज,यदि मलाई यो खाडीको मरुभूमिमा छोडेर तिमी एक्लै स्वदेश जानुपरेको भए तिमी के गर्थ्यौ?"
"यो त हुनै नसक्ने कुरा हो नि।मैले तिमीलाई एक्लै यहाँ छोडेर जाने कुरा त असम्भव छ।बरु तिमीलाई पनि सँगै लिएर जाने थिएँ।"
"अनि मैले त तिमीलाई छोडेर जाँदैछु त।म कति स्वार्थी छु है मनोज?"
"तिमी र ममा आकाश पातलको फरक छ नि ओमु।स्वदेश-बिदेश जहाँ रहेर हुन्छ,परिवारलाई सुखमा राख्नु लोग्नेमान्छेको कर्तव्य र दायित्व हो।यो कुरामा तिमी महान छ्यौ कि तिमीले मेरो दु:खमा यतिका बर्ष साथ दियौ।सधैं बिदेशमा बसेर मात्र हुन्न,घर परिवार पनि हेर्नुपर्छ।त्यसैले मलाई एक्लो बनाएर जान लागेकी हैनौ।बालबच्चाको हेरचाह गर्न जाँदैछ्यौ।यसरी बुझ्दा बेश होला।"
"तिम्रो कुरा पनि जायज नै हो।तर मैले आफूलाई यसरी मनाउनै सकेकी छुइन।मैले सधैं एउटा न एउटा कुरा गुमाउनु परिरहेको हुन्छु।कि त जीवनसाथीको साथ कि त छोराछोरीको।तिमी साउदीमा हुँदा जीवनसाथीको माया पाईन।दुबईमा काम गर्दा छोराछोरीको माया पाईन।अब फेरि छोराछोरीको साथ पाउन जाँदैछु तर तिम्रो माया गुमाउँदैछु।मिलन र बिछोड संगसंगै हुने भयो मेरो जीवनमा।"
"दीर्घकालीन नभएर क्षणिक त हो।त्यसपछि म पनि कम्पनीबाट राजीनामा दिएर सदा-सदाको लागि तिम्रो समिपमा आउनेछु।अनि हाम्रो सुख र खुशीको सानो-सुन्दर संसार सजाउँला।आफूलाई निरीह नबनाऊ।"
"हो मनोज,म अब अश्रु झार्दिन।म शक्तिशाली बन्न चाहन्छु।साउदीमा तिमी लगातार साँढे तीन बर्ष बस्दा त धैर्यवान भएर तिम्रो प्रतीक्षा गरें भने अब त केवल एकै बर्षको कुरा न हो।"
मैले यति भन्दै गहको अश्रुलाई सुकाएँ।तर केही समयपश्चात पुनः बिछोडकै कुराले मनमा राज गर्न थाल्थ्यो।म कमजोर भएर अश्रुको रुपमा नयनबाट खसें-पटकपटक।बारम्बार बिक्षिप्त भएको देखेर मनोज पनि पीडाले असह्य भयो।ऊ पनि सँगै रुन थाल्यो।सायद मनोजलाई मैले दस बर्षपछि फेरि रोएको देखें।सानोतिनो दु:खमा उसलाई रोएको देखेकी थिईन।मिलेर निकै बेरसम्म रोयौं।एकले अर्कोलाई अँगाल्यौं।ऊ रोएको देखेर मैले आफूलाई सम्हालें।उसलाई पनि सम्झाएँ।
"होस अब हामी नरुने ल!म पनि रुन्न,तिमी पनि नरोऊ।"
त्यसपछि केही समयको लागि वातावरण शान्त,स्तब्ध र कोलाहलबिहीन बन्यो।हामीले एक अर्कालाई नियालेर मात्र दु:ख ब्यक्त गर्यौं।करीब १५ मिनेट जति आँखा जुधाइरह्यौं।बिना अर्थ र बिना उदेश्य।
हामीले गरेको नरुने बाचालाई तोड्दै फेरी पनि म झर्ना झैं अश्रुसँगै खस्न पुगेछु।उसले पुनः सम्झायो।मैले आफूलाई पूर्व तरीकाले नै शक्तिशाली बनाउने धृष्टता गरे।परन्तु पूर्णरुपमा असफल भएँ।जस्तोसुकै दु:खद घडीमा पनि मानिसको शारीरिक तथा मानसिक ईच्छाले गाँज्न नछाड्ने रहेछ।म एक बर्षलाई यथेष्ट पुग्ने मनोजको माया पाउन चाहन्थें।एकबर्षलाई पुग्ने शारीरिक तृष्णा मेटाउन चाहन्थें।सायद मनोजको मनले पनि त्यस्तै भनिरहेको थियो।दुबैको ईच्छा र चाहनाको तालमेल भएपछि आखिर असम्भव केही रहेन।हामीले एक-अर्कालाई दुरीबिहीन बनायौं।एक अर्कामा हरायौं र बिलायौं।त्यो रातलाई सकभर अबिस्मरणीय,रंगीन,अर्थपूर्ण र सफल बनायौं।हाम्रो चर्तिकला देखेर कोठा नम्बर ४०५ का भित्ता,टेबल,कुर्सी,पेन्टीङ,टेलिभिजन र टिलपिल गरि चम्किएका रंगीन बत्तीहरु पनि कामुक भएर हेरिरहेका थिए।
बिहान ४ बजेको उडान भएपनि कम्पनीको कर्मचारीले एक बजे नै राहदानी र टिकट लिन बोलायो।झन हाम्रो बिछोडको घडी नजिकियो।हाम्रो बलिदानीको पल छोटिँदै थियो।नियतिले हाम्रो खुशीको घाँटी रेट्दै थियो।हाम्रो सुखको संसार रगतम्य हुँदै थियो।
"ओमु!म तिमीलाई एयरपोर्टमा छोड्न जान्छु।तिमीलाई छोडेर उतैबाट म जेबल अली जान्छु।तीन बजेसम्म त हाम्रो भेट भैरहनेछ।दुई घण्टा जति उतै टोलाउँछु र उज्यालो भएपछि मेट्रो चढेर जान्छु।"
"हैन मनोज,हामी यहीँबाट छुटौं।एयरपोर्टबाट छुट्टिँदा झन पीडामाथि पीडा थपिनेछ।त्यो क्षण झन भयानक हुनेछ।म मात्र यहाँबाट ट्याक्सी चढेर जान्छु,तिमी यहीँ बस।"
"तिमीलाई एक्लै कसरी एयरपोर्ट पठाउँ म?एयरपोर्ट सम्म पुर्याउन पाए मेरो मनले सन्तुष्टि पाउनेछ।अनि म ढुक्कसँग फर्किनेछु।"
"उहाँ पुगेर पनि भित्र छिर्न दिन्न होला।बरु तिमी नजाँदा उचित होला।"
"म कसरी स्वार्थी हुन सकुँला र ओमु?मलाई मेरो काम गर्न देऊ।"
"बेकारमा किन दु:ख पाउँछौ मनोज?दु:ख पनि पाउँछौ र फर्किंदा एयरपोर्ट भित्रबाट ट्याक्सीलाई पनि बढी पैसा तिर्नुपर्छ।एकछिन सँगै भएर के हुन्छ र?जसरी पनि हामी छुट्टिनैपर्छ।त्यसैले मेरो मुखमा मान्छौ भने तिमी यहीँ बस।भोलि जतिखेर गएपनि यहीँबाट जाऊ।"
कैयौं मिहिनेत गरेर मनाएँ।हाम्रो छुट्टिने क्षण पनि आइसकेको थियो।उसले तीन झोलाहरुमा मेरो सामान मिलाउनमा सहयोग गर्यो।बिहानको १:१५ भैसकेको थियो।१;३० मा राहदानी लिनुपर्ने थियो।चाहेर पनि उसलाई साथ दिनसक्ने थिईन।दुबैजना जुरुक्क उठेर एक-अर्काको आलिंगनमा बेरियौं।
अश्रुभेल उर्लेर मेरो नयनको गाजललाई बगाएर लैजाँदै थियो।मिलेर सबै सामन होटल बाहिर निकाल्यौं।भने जस्तो ट्याक्सी पनि तुरुन्तै आइहाल्यो।सायद पूरा ब्रम्हाण्ड नै हाम्रो बिछोडको ब्यग्र प्रतिक्षामा थियो।होटलको कर्मचारीले मेरो झोलाहरु ट्याक्सीमा हाल्न मद्दत गर्यो।मद्दत गरे बापत उसलाई ५ धिराम बक्सिस टक्र्याएँ।ट्याक्सीमा चढेर बिछोडका हात हल्लाएँ।
"पीर नगर ओमु,म एक बर्षपछि आउनेछु।"
उसको यो वाक्यसँगै ट्याक्सीले गति बढायो।
एकैछिनमा म आफ्नो मान्छेबाट ओझेलमा परें।अचम्म लाग्छ,जिन्दगीमा खुशी र दु:खको आगमन एकैपटकमा पनि हुनेरहेछ।स्वदेशको बालबच्चा भेट्न पाउने भएकोले खुशी थिएँ भने मनोजदेखि टाढिंदा दुखित भएँ।सामान ३० केजी हुनुपर्नेमा ३८ केजी भएछ।८ केजी निकालेर एकजना साथीलाई बोकाएँ।फाल्न लायकको सामान केही नभएकोले मिलाउन धेरै सास्ती खेप्नुपर्यो।मुश्किलले सबै सामान मिलाएर जहाजमा चढ्यौं।सायद दु:ख र हर्ष मिश्रित क्षण त्यो भन्दा पहिले अनुभव गरेकी थिईन।
"मनोज,के गर्दै हो तिमी?फेरि सुतिसकेको?"
सनसिटी होटलमा छोडेको मनोजलाई फोन गरेर सोधें।
"अँ,एकछिन निदाएछु म त।"
कुरा सुन्दा ऊ खासै दु:खी छैन जस्तो लाग्यो।
"ल मनोज,राम्रोसँग बस,काम गर।साथीहरूसँग झगडा नगर।रक्सी र बियर खाँदै नखाऊ।यता-उता साथीहरूको लहैलहैमा लागेर केटीसित नलाग।हुन त मलाई शतप्रतिशत बिश्वास छ,तिमी त्यस्तो छैनौ।तर दुबईको वातावरण नै त्यस्तै छ,भन्न सकिन्न।खाना राम्रो खाऊ।म त तिमीलाई छोडेर जान विवश छु,के गर्नु।तिमी पनि अब चाँडै आऊ है?"
"ल ल मेरो चिन्ता नगर तिमी।तिमी नेपाल गएर आरामले बस्न पाउँछ्यौ,म त्यसैमा खुशी छु।"
"लौ त मनोज,मोबाईलमा पैसा पनि सकिन लाग्यो।उता पुगेपछि फोन गर्नेछु।"
हामी बीचको फोनवार्ता समाप्त भयो।केहीबेरमा जहाजको उडान शुरु भयो।
दुबई छोडेर नेपालमा पुगें।केही दिनको आरामपश्चात शरीरमा सुधार आउन थाल्यो।पन्ध्र दिन पश्चात स्कुटर सिक्न थालें।दुई दिन सिकेर तेश्रो दिनमा देब्रे खुट्टा फ्याक्चर भएर दुई चारदिन विश्राम गरें।खुट्टा ठिक भएपछि पुनः स्कुटर सिकेर लाइसेन्स निकालें।अनि घर बनाउने कार्यमा ब्यस्त भएँ।छ महिनाको दौड्धुप पश्चात् बल्लतल्ल यो सानो घर बनाउन सफल भएँ।म ३० बर्षकी भएँ।अहिलेसम्म मैले भोगेका भोगाइहरु यिनै हुन्।अझै कति भोग्न बाँकी नै होलान्।वास्तवमा तीता-मीठा भोगाइ र कहानीहरुको शृङ्खला नै जिन्दगी रहेछ।बौद्धमा सानो पसल चलाएर बसेकी छु।दुईतले घर भएर मात्र नपुग्ने/नहुने रहेछ यो महंगीको शहरमा।
ओमु बहिनीको यथार्थ कहानीले हामीलाई कहिले उत्साहित,कहिले निरुत्साहित बनायो।कहिले हँसायो,कहिले धुरुधुरु रुवायो।कहिले भावुक बनायो।हाँस्दा-हाँस्दै रुवायो।रुँदा-रुँदै हँसायो।समग्रमा भन्नुपर्दा उनको कहानीले संघर्ष गर्न उत्प्रेरित गर्यो।असफलता बाट सफलताको मार्गमा हिँड्न सिकायो।उनको यो कहानी संसारको हरेक नारी-पुरुषहरूले सुन्नुपर्छ।पर्ढ्नुपर्छ।थाहा पाउनुपर्छ।यस्तै सोचको विकास भयो ममा।पढ्नको लागि त मैले शतप्रतिशत उपन्यास लेख्ने भएँ।तर कहानीलाई त्यतिमै सिमित नराखी एउटा चलचित्र नै बनाउन पाए सुनमा सुगन्ध थपिनेमा कुनै शंका लागेन।अहिलेको लागि उपन्यास नै लेख्ने र पछि आर्थिक रुपमा मजबुत भएको खण्डमा चलचित्र पनि बनाउने अठोट गरें।दिउँसोको तीन बजिसकेकोले अब ओमु बहिनीबाट बिदा हुनैपर्ने थियो।
"हवस् त बहिनी,अहिलेलाई हामी जानुपर्छ।आएर धेरै खाइयो,पिइयो र मार्मिक कहानी पनि सुनियो।फेरि-फेरि भेट्दै गरौंला।मेरो सानो भेटघाटको कार्यक्रम भएकोले अलि हतारमा छु।"
यति भनेर म ओमु बहिनीबाट बिदा भएँ।

"हवस् त दाइ आरामले पाल्नुस्,फेरि भेटौंला।नत्र कालो चिया पिएर जानुस्,हिजोको चिसो चियाले अहिलेसम्म ह्याङ देखिनुहुन्छ।कि फेरि चिसै चिया थोरै लिएर जानुहुन्छ?"
ओमु बहिनीले हाँस्दै भनी।
"भो पर्दैन बहिनी कालो चिया।हैट!चिसो चिया त झन नपिउँ होला।मेरो थोरै काम छ, पछि कुनै दिन।"
यति भन्दै म र जे एस सर घरबाट निकै पर पुग्यौं।
"जानुनैहुन्छ भने मैले के गर्नु त।यहाँ सुन्नुस् त!पर्सीको दिन पनि सानो कार्यक्रम छ,बरु अलि चाँडै आउनु है?"
"ल ल भैहाल्छ नि।"
यति भन्दै हतार-हतार हामी त्यहाँबाट निकै टाढा पुगिसक्यौं।हतार भएकोले फेरि के कस्तो कार्यक्रम भनेर सोध्नै नपाई निम्तोलाई सहर्ष स्वीकारें।तत्कालै ट्याक्सी चढेर आफ्नो गन्तव्यतिर लाग्यौं।मित्र जे एस सँगै भएपनि खासै वार्तालाप भएन।मनमा उहीँ ओमु बहिनीको कहानीले उथलपुथल मच्चाइरह्यो।
"ल है जे एस सर,तपाईंलाई यतै छोडेर जाँदैछु,दु:ख नमान्नुहोला।"
म अलि टाढै जानुपर्ने भएकोले उहाँबाट पनि बिदा हुन खोजिरहेको थिएँ।
"हवस् दिपक सर,केही फरक पर्दैन।यहाँदेखि त म हिँडिहाल्छु नि।"
-मित्रले जवाफ फर्काउनुभयो।
जे एस लाई ट्याक्सीबाट उतारेर म पत्रकार सम्मेलनतर्फ लागें।
होटल अन्नपूर्णमा नेपालकै चर्चित ब्यापारी तथा उद्योगपति बिनोद चौधरीले आफ्नो ब्यापारिक कार्ययोजना सार्बजनिक गर्नाको निमित्त आयोजना गरिएको सो पत्रकार सम्मेलनमा पत्रकारहरुको खचाखच भीड थियो।मंचमा उद्योगपति चौधरी भन्दै थियो-"हामीले अब वाइवाइलाई विश्वको कुनाकुना पुर्याउनेछौं,त्यसको लागि अफ्रिकाको विभिन्न देशमा कार्य सुचारु भैसकेकोछ।"
यति भनिसक्दा मेरो नजर उद्योगपतितिर नभएर अन्तै मोडिन पुग्यो।हातमा क्यामेरा लिएकी,दुब्ली र पातली परिचित झैं नारीपात्र समाचार संकलन गर्नमा ब्यस्त थिई।मेरो ध्यान उद्योगपति र समाचार भन्दा पनि उनैतिर केन्द्रित भयो।केही बर्ष अघिको आफ्नो आत्मीय मित्रलाई एकै झलकमा नचिन्ने कुरै थिएन।फरक यति थियो कि पहिलेको मित्र मोटी र खाइलाग्दी थिई भने अहिलेकी एकदमै निरीह।उनले देख्ली भनेर म सतर्कताकासाथ उनलाई अवलोकन गर्न थालें।उनीतिर एकाग्र भएर हेरेको थाहा पाई भने के सोच्लिन् भन्ने पीर।फेरि सुश्री तारा कसैकी श्रीमति तारा भैसकेकी थिई।पराईको नासोमाथि कुदृष्टी लाएको आरोप लाग्न सक्थ्यो।दुईदिन अघिमात्रै उनको यादले मेरो छाती चर्किएको थियो।फेरि एकपटक चर्केर छियाछिया भयो।थाहा छैन,किन अतीतले मलाई घरीघरी झस्काइरहन्थ्यो।किन घाउमा नुनचुक छरिन्थ्यो।आफूलाई घाइते माथि घाइते बनाइरहन मन लागेन।धेरै बेर त्यहाँ बसिरहनुको औचित्य देखिन।भीडलाई छिचोल्दै म बाहिरिन थालें।हतार-हतार बाहिरिने क्रममा कसैको पाउमा ठेस लागेर गर्ल्याम्मै पछारिन पुगें।सबैको नजरमा एक जोकर झैं भएर चिनिएँ।भुइँमै बसेर मन्चतिर हेर्न थालें।बिनोद चौधरी पनि बक्तव्य दिन छोडेर मतिरै हेर्दै थियो।मेरी पूर्व-प्रेमिका तारा पनि म तिरै अनौठो पाराले टुलुटुलु हेरिरहेकी थिई।उनको मुहार एकाएक उज्यालोबाट अँध्यारो हुँदै गयो।आकाशमा कालो बादल मडारिएर वर्षा हुन तयार भए झैं उनको दुई नयनबाट अश्रु बर्षन तयार भयो।उनले सकेसम्म आफूलाई मुश्किलले नियन्त्रण गरी।प्वाल परेको जर्किनबाट पानी चुहिए झैं उनका अश्रुका मुहानबाट दुई थोपा अश्रु तप्प-तप्प चुहिए।सायद उनको मनभित्र पश्चातापको ज्वाला दन्किरहेको थियो।मैले आफूलाई जबर्जस्ती उठाएँ र पाइलाहरु दौडाउन थालें।
"दिपक!"-कोही स्त्रीको आवाज आयो।
मैले मुण्टो लाई यु-टर्न मारेर पछाडि हेरें।
"पर्ख दिपक,के भयो अचानक तिमीलाई?कसको भयले लखेट्यो तिमीलाई?"
ताराले राती हुँदै प्रश्न गरी।
हातमा भएको क्यामेरालाई भुइँमा राखेर उनी म तिरै बढ्न थाली।मेरो समिपमा आएर टक्क उभिएर मेरो आँखामा आँखा जुधाई।
"यदि मेरो कारणले तिमी बाहिरिन खोजेको हो भने,तिम्रो सट्टा मै बाहिरिन्छु।"
"हैन,हैन,तारा।तिम्रो कारणले बिल्कुल हैन।मलाई सन्चो नहोला जस्तो भएर हो।"
उनको प्रश्नको गलत उत्तर दिएर म उम्किन खोजें।
"मलाई थाहा छ यथार्थ के हो भनेर।"
"के हो र यथार्थ?"-मैले सोधें।
"यथार्थ यो हो कि,•••••••••••••••••।"
वाक्यलाई पूरा नगरेर एकछिन मौन बसी।
"यथार्थ यो हो कि तिमी मलाई घृणा गर्छौ।"
दोश्रोपल्ट उनले वाक्य पूरा गरी।
"हैन तारा,तिमी गलत सोच्दैछ्यौ।"
मैले यसो भन्दा पत्रकार सम्मेलनमा उपस्थित सबै हामीतिरै क्वारक्वार्ती हेरिरहेका थिए।मलाई असहज लाग्यो।
"बरु हामी बाहिरै गएर कुरा गरौं न तारा।यहाँ हामी रमिते भयौं।"
उनले शीर हल्लाएर सहमति जनाई।यति भनेर हामी चुपचाप बाहिरियौं।
"कतै चिया खाँदै गफ गरौं न दिपक।"
बाहिर पुगेपछि उनले भनी।
"चिया त खाने तर कहाँ?यो अन्नपूर्ण होटलमा मेरो औकात छैन चिया पिउने।"
-मैले यथार्थ कुरा बताएँ।
"नचाहिने कुरा नगर न दिपक।करोडपति बाउको छोराले यस्तो भनेको सुहाएन।"
उनले कर्के नजरले हेर्दै भनी।
"सत्य कुरा हो के।म बिस्तृतमा कुरा भन्ने नै छु कुनै दिन।"
"तिमी पनि नचाहिने कुरा गर्छौ के।ल म ख्वाउँछु चिया तिमीलाई।भित्रै जाऔं।"
"हैन हैन तारा,अब यहाँ हैन,लाज भैसक्यो।फेरि देखिन चाहन्न म यहाँ।बरु ट्याक्सी चढेर कतै जाऔं।"
"मैले स्कुटर ल्याएकी छु।मेरै स्कुटरमा जाऔं न।"
"तिम्रो स्कुटरमा?नो वे।केटीको पछाडि बस्न अड फिल हुन्छ मलाई।"
"त्यसो भए तिमी नै चलाउ न,मै बसुँला पछाडि।अचेल निकै अंग्रेजी बोल्न थालेछौ त।फेरि यस्तो अंग्रेजी बोल्ने मान्छे अष्ट्रेलिया जानुपर्ने,किन गएनौ?"
"म अष्ट्रेलिया?भो कुरा नगरौं।यही अष्ट्रेलिया नजाँदा त मैले सबैथोक गुमाउनुपरेको छ त।साथी,बाबा-आमा!कुरा छोडौं।"
"को साथी?अनि किन बाबा-आमा?"-ताराले बुझ पचाएर सोधी।
"साथीको बारेमा नसोध।मैले अष्ट्रेलिया नजाँदा बाबा-आमाबाट छुट्टिएर अलग बसेको छु।"
उनको स्कुटर मैले चलाएँ र उनलाई पछाडि राखेर सिधै स्वयंभुनाथमा लगें।स्कुटरलाई तलै छोडेर हामी बिस्तारै माथि चढ्न थाल्यौं।
"हामी यसरी बस्दा तिम्रो श्रीमानले थाहा पाए केही फरक त पर्दैन नि?"
मैले सिधै सोधें।
"पर्दैन,पर्दैन।केको फरक पर्नु?"
-उनले सजिलै उत्तर दिई।
"चिया खाने भन्या हैन?चिया पाईन्छ र यता?"
फेरि उनैले सोधी।
"चिया-सिया छोडी देउ।भरे खाउँला।बरु तिम्रो के छ सुनाऊ।पोर्तुगल देखि कहिले फर्क्यौ?तिम्रो श्रीमान यही कि उतै?मलाई यो पनि भन कि तिमी त बिज्ञान पढेकी मान्छे कसरी यो पत्रकारितामा?मैले त केही बुझ्नै सकिन।"
"कथा धेरै लामो छ दिपक,कुनै दिन अवश्य भन्नेछु तिमीलाई।कुनै दिन तिमीलाई सरप्राइज दिनेछु।"
"अहिले भन न के कुरा हो।म यस्ता कुराहरुलाई प्रतिक्षा नै गर्न सक्तिन तारा।मलाई अहिल्यै भन।"
त्यतिखेर सम्ममा हामी स्वयंभुको शिखरमा उक्लिसकेका थियौं।काठमाडौं शहरको मनमोहक दृश्यको अवलोकन गर्दै हामी गफमा ब्यस्त भयौं।
"मैले तिमीलाई छोडेर ठूलो गल्ती गरेछु दिपक।म त्यतिखेर यति अन्धी भएकी थिएँ कि धनसम्पति नै सबैथोक हो,अरु मित्रता,सम्बन्ध र आफन्त भनेको केही होइन र सबैकुरा पैसाले किन्न सकिन्छ भन्ने भ्रममा थिएँ।मैले पैसा कमाउन युरोप या अमेरिका जाऔं भन्दा तिमीले मानिनौ र मैले आफ्नो बाटो परिवर्तन गरें।फेसबुकमा आनन्द नामको केटासँग मेरो सम्पर्क हुन पुग्यो।ऊ पोर्तुगलको पी आर वाला थियोे।मलाई बिहे गर्नलाई नेपाल आयो।हामी बिहे गरेर उतै गयौं।मैले तिमीलाई जानीजानी धोका दिएँ।अहिलेपनि आफ्नो मुख तिमीलाई राम्रोसँग देखाउन सकेकी छुइन।"
यति भनेर उनी अल्मलिन थाली।
"अनि?"-मैले निरन्तरता दिने जनाउ दिएँ।
"हामीले बिहे गरेको सात महिनामै मैले एउटी छोरीलाई जन्म दिएँ।"
"हँ••••!सात महिनामै?"-छक्क पर्दै भनें।
"अँ सात महिनामै।तत्पश्चात मेरो पति आनन्दले छोरीको जन्ममाथि प्रश्न चिन्ह खडा गर्यो,जसरी तिमीले छक्क मानेर प्रश्न सोध्यौ।उसले जन्मेकी छोरी मेरो हुँदै हैन,कसको पेट बोकेर आईस् भनेर दिनरात सताउन थाल्यो।कुटपिट गर्न थाल्यो।मैले सहन नसकेर उहीको अदालतमा मुद्दा दायर गरें।मैले हारें।"
"तिमीले हार्यौ?कसरी?"
-म झनझन आश्चर्यचकित हुँदै सोधें।
"हो,मैले हारें।मैले मुद्दा दायर गरेपछि अस्पतालमा छोरी र उसको रगत परिक्षण भयो।परिक्षण पश्चात् डाक्टरले प्रमाणित गर्यो कि मेरी छोरी आनन्दकी छोरी थिईन।"
"हँ?कसरी?यो कसरी सम्भव भयो?उसको छोरी नभएर कसको हुन सक्छ?डाक्टरले घुस खायो होला सायद।"
मैले उत्सुक हुँदै सोधें।
"हैन दिपक,पोर्तुगलमा घुस सम्भव छैन,नेपाल जस्तो थोडी हो र??"
"त्यसो भए त्यो चमत्कार कसरी भयो?बिना बाबुको छोरी पनि सम्भव छ र?"
"बिना पुरुष स्त्रीले बच्चा जन्माउन सक्छन् र?"
मेरो प्रश्नको बदला उनले प्रश्नै गरिन्।
"अनि कसको थियो त्यो बच्चा?तिम्रो पतिको त थिएन भनेर प्रमाणित भयो रे।के दन्त्यकथामा झैं सपनामा कोही आएर गर्भधान गरेर छोड्यो?"
-मैले फेरि प्रश्नै तेर्स्याएँ।
"मैले आनन्दसँग बिहे गर्दा मेरो मासिक स्राव नभएको दुई महिना भएको थियोे।मैले खासै गम्भीर रुपमा नलिई सामान्य नै होला भन्ठानेकी थिएँ।तर स्थितिले सात महिनापछि गएर गम्भीर रुप धारण गर्यो।"
उनले त्यसो भन्दा मेरो मुटुको धड्कन तेज भयो।मैले तारासँग गरेका रोमान्स सम्झिन पुगें।साँच्चै मैले आफ्नो धर्मपत्नीभन्दा बढ्ता रोमान्स गरेको थिएँ उनीसँग।
"अरु कोसँग थियो तिम्रो शारीरिक सम्बन्ध?"-मैले बुझ पचाएर सोधें।
"कोहीसँग थिएन।त्यतिकै रहन गएको थियो मेरो गर्भ।"-उनले रिसाउँदै भनी।
"अनि तिम्रो पति कहाँ हुनुहुन्छ?"
"त्यो पाखण्डीको नाम पनि लिन चाहन्न म।उसको बच्चा नभएको प्रमाणित भएपछि हाम्रो बीचमा पारपाचुके भयो र हामी आ-आफ्नो बाटोमा लाग्यौं।मलाई बिकसित र समृद्धशाली मुलुक पोर्तुगलमा बस्न मन लागेन र यतै आएँ।एउटा सानो कोठा लिएर बसेकी छु।म गलत थिएँ र तिमी सही थियौ।तिमीले देखाएको मार्गमा हिंड्ने कोसिस गरिरहेकी छु।धन-दौलत र यश आरामको जिन्दगी त्यागेर सामान्य जीवन यापन गरिरहेकी छु।बच्चाहरूलाई ट्युसन पढाउँछु,पत्रकारिता गर्छु र पत्रिकाहरुमा लेखहरु लेख्छु।एउटा छोरीलाई पाल्न सकिरहेकी छु।"
"अनि तिम्री छोरी कहाँ छे अहिले?"
"कोठामा छे,हेर्ने एकजना केटी राखेकी छु।भेट्ने हो त मेरी छोरीलाई?"
"अँ भेट्न चाहन्छु एकचोटि।बरु गैहालौं,रात पनि पर्न लागिसक्यो।चिया बरु तिम्रै कोठामा खाउँला।"
"अब चाहिँ स्कुटर म चलाउँछु,तिमीलाई बाटो थाहा छैन।"
मैले शीर हल्लाएर स्वीकृति जनाए।पहिलोपटक एउटी स्त्रीको स्कुटरमा बस्न बाध्य भएँ।सडकमा खाल्डाखुल्डी भएकाले स्कुटरले उफार्न थाल्यो।बेला-बेलामा मेरो हातले उनको छातीतिर स्पर्श गर्न थाल्यो।मैले आफूलाई सम्हाल्नै सकिन।हेल्मेट सानो भएकोले घाँटी भन्दा माथि नै थियोे।उनको घाँटी पछाडि तिर मेरो ओठ् सल्बलाउन थाल्यो।उनले मेरो तिघ्रामा चिमोटेर प्रतिरोध गरी।
"एकछिन रोक त,एउटा काम सम्झें।"एउटा पसलको अगाडि मैले स्कुटर रोक्न लगाएँ।मैले आफूलाई चाहिने महत्त्वपूर्ण सामान किनें।
"के किन्ने दिपक?"
" मलाई चाहिने सामान हो।भरे देखाउँछु म तिमीलाई।"-मैले यति भनेपछि उनले पुनः सोधिनन्।
हामी उनको कोठामा पुग्यौं।पुग्नेबित्तिकै मेरो नजर ताराको छोरीमाथि गयो।उनको छोरीलाई हेरेको हेर्यै भएँ।काटाकुटी ठ्याक्कै मेरो अनुहारको!
"मेरी नानू!हेर त को आउनुभएको छ हाम्रो घरमा?"
ताराले नानीलाई बोकेर म तिर देखाउँदै भनी।
"दिपक,मलाई सोधिरहन्थ्यौ नि कसकी छोरी भनेर।अब तिमी आफैं भन कसकी छोरी हुन् र को जस्ती छे?नरिसाउने भए एउटा कुरा भन्छु है?"
"भन न के कुरा हो।किन रिसाउनु र।"
"वास्तवमा मेरी छोरी तिम्री छोरी हुन्।हाम्रो छोरी हुन्।नपत्याए अनुहार हेर।"
म खुशीले पागल मात्र हुन सकिन।जिन्दगीमा सबैभन्दा खुशी थिएँ भने म त्यतिखेर थिएँ।
"पहिल्यै किन भनिनौ तारा?भन किन भनिनौ?मेरी छोरी लिएर कसरी तिमी पराइसित जान सक्यौ?कसरी?"
नेत्रबाट हर्षको अश्रुबर्षा भयो।खुरुरुरु गएर छोरीलाई काखमा लिएँ।हजारौं चुम्बन दिन थालेँ।ईशाराले तारालाई पनि बोलाएँ।तीनैजना अंगालोमा बेर्यौं।छोरीलाई भुइँमा राखेर तारालाई पाखुरामा च्याप्प समाएँ र सोधें-
"तारा के तिमी मसंग विहे गर्छ्यौ?"
उनले शीर हल्लाएर मेरो प्रस्ताव स्वीकारी।
अघि बाटोमा स्कुटर रोक्न लाएर किनेको सिन्दुर गोजीबाट निकालेर ताराको सिउँदो भरिदिएँ।हामी पति-पत्नी भयौं।त्यहाँ कुनै भोज-भतेर थिएन।कुनै गाजाबाजा थिएन।कुनै पण्डित र संस्कार थिएन।केवल थियो हाम्रो दुई तन र दुई मनको मिलन।
उजाडिएको हाम्रो संसारमा माया-पिरतीको पालुवा पलाएर हराभरा भयो।सायद हाम्रो मायाको संसार सदाबहार हुने संकेत पायौं हामीले।
"तारा जाऔं हाम्रो घर।"-मैले आग्रह गरें।
"यही बस्दा हुन्न हजुर?"-उनले सोधी।
"हैन तारा आज हाम्रो बिहे भएको रात।मेरो घर जानुपर्छ,तिम्रो घर जानुपर्छ।यता बरु भोलि बसौंला।मेरो बिन्ती छ,आजलाई एउटा मात्र कोठा भए पनि उतै जानुपर्छ।"
मैले छोरीलाई बोकें र उनी पछि-पछि आईन्।ट्याक्सी पक्डेर हामी सिनामंगलस्थित भाडाको कोठामा गयौं।मैले एउटा सानो कोठामा मेरी पत्नी तारालाई भित्र्याएँ।कोठामा छिर्दा मेरा नधोइएका फोहोर कपडाहरु यत्रतत्र छरिएका थिए।
"छ्या हजुर पनि,आफूलाई के गति बनाइराख्नुभएको!अलि सरसफाइ त गरेर बस्नुपर्छ नि।तर केही छैन,आज देखि म छु नि सब मिलाउनलाई।हजुर आराम गर्नुस्,कपडा म मिलाउँछु।"
यति भनेर तारा कोठामा सर-सामान मिलाउन थाली।मैले आफ्नो पलाङलाई सजाएँ।कोठाले बल्ल नयाँ जीवन पायो।मैले तारा र छोरी पाएँ।तारा र छोरीले मलाई पाए।सबैभन्दा ठूलो कुरा हामी तीनै जनाले नयाँ जीवन पायौं।हाम्रो जीवनमा खुशीको बहार आयो।संसार पूर्णिमाको रात झैं झिलिमिली र दिपावलीको क्षण झैं रंगीन लाग्न थाल्यो।बर्षौंदेखिको अतृप्त जोडी तृप्त भए।हाम्रो सुहागरात अर्थपूर्ण र फलदायी रह्यो।एकै झट्कामा मेरो जीवन बद्लियो।सिँगै संसार मैले जितेको थिएँ त्यो दिन।सबै कुरामा सकारात्मक सोच्न थालें।घरमा बाबा-आमालाई फोन गरेर आफूले बिहे गरेको खबर सुनाएँ।
"अहिलेसम्म जे जे भयो,भयो।अब बुहारीलाई लिएर घर आऊ बाबु।"-बाबाले भन्नुभयो।
"बुहारी मात्र हैन बाबा,नातिनीलाई पनि साथमा लिएर आउँछु।"
"के रे?तेरो कुरा मैले बुझिन छोरा।"
"धन्दा नमान्नु बाबा,म भोलि आएरै सबै बुझाउँला।"
त्यतिन्जेलसम्ममा तारा र छोरी सुतिसकेका थिए।मलाई भने सुत्न मनै लागिरहेको थिएन।अनौंठो उमंगले मनलाई चंचल बनाइरह्यो।तर अघिल्लो रातको निंद्रा पनि बाँकी नै भएकोले गर्ल्याम्मै सुतिहालें।भोलिपल्ट ब्युँझिदा बिहानको दस बजिसकेको थियो।बाथरुम गएर फ्रेस भएर आउने बित्तिक्कै खाना खाएर डायरी निकालेर हिजो टिपोट गरिएका महत्त्वपूर्ण बुँदाहरु तिर नजर लाउन थालें।ल्यापटप निकालेर ओमु बहिनीको कहानीलाई टाइप गर्न थालें।बेला-बेलामा चुरोट तान्दै ताराले ल्याइदिएको चियासँगै त्यही काममा निरन्तरता दिएँ पुरै दिन।
"कहिले त आराम पनि गर्नुस् न हजुर।गफगाफ लाउनुस्।आज निकै सिरियस मुडमा देख्छु नि हजुरलाई।"
ताराको कुरा एक कानले सुनेर अर्को कानले उडाइदिएँ।बरु बेला-बेलामा छोरीतिर नजर लाएर आफ्नो दिमागलाई विश्राम दिन्थें।
"चुप लाग न तारा तिमी।मैले यहाँ कस्तो खालको अचम्मको कहानी पाएको छु।"-हल्का थर्काए झैं गरी बोलें।
"अब स्वार्थ पूरा भएपछि हामीलाई केको वास्ता गर्नुहुन्थ्यो र।मलाई पनि सुनाउनुस् न कहानी त्यसो भए।"-तारा भन्दै थिई।
"कहाँ हुनु तारा त्यस्तो हैन।"
यति भन्दै मैले उसको अधरमा अधर लगेर जोडिदिएँ।उनी मुस्कुराउन थाली।
"कहानी सुनाइरहने फुर्सद छैन मलाई।पछि किताब नै पढ न है तारा?"
मैले त्यति भनेपछि तारा आफ्नो कार्यमा ब्यस्त भई।टाइप गर्दागर्दा औंलाका टुप्पाहरुमा दर्द उत्पन्न भैसकेको थियो।रातको दस बजिसकेकोले खाना ल्याएर टक्र्याई ताराले।खाना खासै रुच्ला जस्तो लागेन।केही बेर खानालाई पुलुक्क-पुलुक्क हेर्दै कार्यमै ब्यस्त भएँ।
"कति काम मात्र गर्नुहुन्छ?खाना सेलाइसक्यो।पहिले खाना खानुस्।"-उनी झर्किन थाली।
हतारै हतारमा खाना खाइसकेर एउटा चुरोट सल्काएँ र फेसबुक खोलेर नोटिफिकेसनमा क्लीक गरें।केही परिचित र केही अपरिचित मित्रहरुले पठाएका फ्रेन्ड रिक्वेस्टलाई एक्सेप्ट गरें र एउटा स्टाटस लेखेर पोस्ट गरिदिएँ।
"सौभाग्यबश मैले यस्तो खालको यथार्थ कहानी पाएको छु कि जुन कहानी सुनेपछि वा पढेपछि जो कोहीको मस्तिष्कमा यस्तो खालको मानसिक तरंग उत्पन्न हुन्छ,जसले उसलाई संघर्ष गर्न र बाँच्न सिकाउँछ।असफलतालाई कुल्चेर सफलताको शिखरमा उक्लन उत्प्रेरित गर्छ।सोही कहानीमा आधारित एउटा उपन्यासको शुरूवात गर्दैछु।"
स्टाटस पोस्ट गरेको १० मिनेटमा हजारौं लाइक -कमेन्ट आए र सयौंले सेयर पनि गरे।कमेन्टमा धेरैजसोले शुभकामना सहितको सकारात्मक धारणा व्यक्त गरे।अरु सामान्य दिनमा लाइक-कमेन्ट २० भन्दा माथि गएकै थिएन।म आफैं छक्क र दङ्ग परें।साथसाथै लेखनशैलीमा थप हौसला र उर्जा मिल्यो।रातको बाह्र बजिसकेकोले तारालाई पनि थोरै समय दिनुपरेको र भोलि ओमुको निम्तो मान्न जानुपर्ने भएकोले लेखन कार्यलाई अल्पबिराम लाएर तारालाई स्पर्श गर्न थालें।आगो र पानीको लडाइँ शुरु भयो।

No comments:
Post a Comment