केही बर्ष पहिले फलानो पार्टीको प्रधानमन्त्रीकालमा गाउँको कच्ची सडक मेरो घरदेखि एक किलोमिटर माथिबाट खनियो।
एक सालपछि सत्तासमीकरण परिवर्तन भएर मेरो घर नजिकैबाट खनियो।
अहिले तेश्रो पार्टीको बर्चस्व भएकोले उस्तै कच्ची सडक दुई किलोमिटर तलबाट खन्दैछन् र पुराना सडकहरु पूर्णरूपमा प्रयोगबिहीन भएका छन्।
No comments:
Post a Comment