Friday, 11 November 2016

किन याद आउँछ

यो मुटु कुटुकुटु खानेकै किन याद आउँछ
दोबाटोमा छोडी जानेकै किन याद आउँछ।

जुनी-जुनी सम्म तिमीलाई साथ दिन्छु भनी
निष्ठुरीले यो हात तानेकै किन याद आउँछ।

मोरीले त मलाई ठानिछे खेलौना दुई दिने
मैले भने सर्बस्व ठानेकै किन याद आउँछ।

आज मेरो रक्तसञ्चार तनमा छ रोकिएको
आफ्नै मुटु चुँडेर लानेकै किन याद आउँछ।

व्यर्थ लाग्दैछ आज मलाई जून छुन खोज्नु
लाखौं करोडौंमा छानेकै किन याद आउँछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...