सोझा केटा भगाउने केटी नै हुन्
जानीजानी फसाउने केटी नै हुन्।
उताउलो र उट्पट्याङ कार्य गर्दै
देखावटी लजाउने केटी नै हुन्।
हिउँदको मुटु काम्ने जाडोमा नि
हावापानी तताउने केटी नै हुन्।
पत्थर जस्तो मुटु हुने केटीलाई
फकाउन सघाउने केटी नै हुन्।
को मान्छे कस्तो भनी थाहा हुने
मान्छेहरु चराउने केटी नै हुन्।
No comments:
Post a Comment