तिमी बिनाको मुटुमा धड्कन रहेन
शरीर मात्र रह्यो अब यो मन रहेन
बाजहरु उड्न थाले मनको संसारमा
जोडी ढुकुर उड्ने कहाँ,गगन रहेन।
निस्छ्ल माया थियो सानो छँदा हामी
यादमा नै सिमित भयो बच्पन रहेन।
भुईचालो आइदियो मायाको बस्तीमा
ध्वस्त भएर सपनाको भवन रहेन।
धमिलो बनाई छाड्यौ मुहान सबै सबै
पहिलेको जस्तो जवानी कन्चन रहेन।
No comments:
Post a Comment