राती अबेरसम्म सुतेकोले अचेत जस्तै भएछु।आँखा खुल्दा बिहानको नौं बजिसकेकोछ।केही मिनेटसम्म उठ्न मनै लागेन।यताउता पल्टिरहें।उठेर हिजो मात्र बिहे गरेको श्रीमति तारालाई रातको लागि धन्यवाद टक्र्याएँ।उनको चियालाई सहर्ष स्वीकारें।घरमा बाबा-आमालाई फोन गरेर तारासँगको सम्बन्ध र उनको कथालाइ प्रष्टरुपमा भनिदिएँ।
"यदि यति हुँदाहुँदै पनि हजुरहरु तारालाई बुहारीको रुपमा ईज्जतका साथ स्वीकार्न तयार हुनुहुन्छ भने म तारा र छोरीलाई लिएर सधैंको लागि घरमा आउँछु।यदि स्वीकार्नुहुन्न भने जिन्दगीमा कहिल्यै हजुरहरुको घरमा आउँदिन।के छ बिचार हजुरहरुको?"
मैले आफ्नो शर्त र अडान राख्दै भनें।
"बाबु!यसै त हामीले एउटा गल्ती गरेर तिमीलाई गुमायौं।गल्तीको महसुस र प्रायश्चित हामीले गरिसक्यौं।मुश्किलले तिमीलाई पाउन लागेका छौं।फेरि गुमाउन चाहन्नौं।तिमी जे भन्छौ,त्यही सही।तिम्रो लागि योग्य भएकी बुहारी हाम्रो लागि अयोग्य हुनै सक्तैन।आजै बुहानी र नातिनी लिएर खुरुक्क घर आऊ बाबु।हाम्रो त तिमी बाहेक यो बुढेसकालमा को नै छ र?"
बाबा-आमा दुबैजना बिलाप गर्दै भन्नुभयो।
"आजै त हैन बुवा,मम्मी!मेरो काम परेकोले आज आउन सक्तिन।भोलि चाहिँ बिहान खाना खाने गरेरै आउँछौं हामी।"
"तारा,आज म अति खुशी छु।बर्षौंदेखि गुमेको खुशी र सुख आज फर्केर आएको छ।मेरो पेशा र परिवारलाई बाबा-आमाले स्वीकार गर्नुभयो।आज म सँग जीवनसाथी,छोरी र बाबा-आमा सबै छन्।भोलि नै हामी हाम्रो घरमा जानेछौं।"
"हो र ड्याडी?वाह कति खुशीको कुरा सुनाउनुभयो नि हजुरले।"
तारा यति भन्दै मेरो अँगालोमा बाँधिन आई।तारा र छोरीलाई पालैपालो चुमेर हतार-हतार ओमु बहिनीको घरतर्फ प्रस्थान गरें।
त्यहाँ पुग्दा आउनुपर्ने प्रायः सबै जना आइसकेका थिए।
"नमस्ते है सबैलाई।माफ गर है ओमु बहिनी,अलि ढिलो आएँ।"
भेटघाटको औपचारिकता पूरा गर्दै भनें।
"हजुर नमस्कार सर।ल आउनुस्,यता सोफामै बस्नुस्।"
-केही ब्यक्तिहरुले एकै स्वरमा भने।
"केही छैन दिपक दाइ,तपाईं सही समयमा आउनुभएको छ।कार्यक्रम बल्ल शुरु हुँदैछ।"
ओमु बहिनीले भनी।
"आजको दिन तपाइँले अस्तिको जस्तो दु:ख गरेर खट्नुपर्दैन।त्यहाँ दाइसँग गफगाफ गर्नुस्,खानुस् र पिउनुस्।सबैको सेवामा त म हाजिर छँदैछु नि।आज त मैले कहानी सुनाउनु पनि त छैन।"
यति भन्दै ओमु बहिनीले एकजना पुरुषलाई हातमा डोर्याएर मेरो नजिकैको सोफामा बसालिन्।
"ल दिपक दाइलाई के सेवा गर्नुपर्यो मैले?चिया,कफी,लोकल कि सिलप्याक?आजलाई सिलप्याक नै लिनुस्।अस्तिको ह्याङ पनि होला।"
अगाडि रक्सीको एक बोतल राख्दै भनी।
"आज तपाईं पनि अलिकति सिलप्याक नै लिनुस्।उहाँ दिपक दाइलाई पनि साथी हुन्छ।"
मेरो नजिक भर्खरै बसेको मान्छेलाई हाँस्दै ओमुले रक्सी खन्याएर दिई।अचम्म त मलाई यो कुरामा लाग्यो कि रक्सीको बोतल चाहिँ शुरुमा मेरो अगाडि राखेर रक्सी चाहिँ शुरुमा उसलाई नै टक्र्याई।तत्पश्चात उनले मेरो गिलासमा रक्सी खन्याईन्।मैले सोचेँ कि सायद ऊ म भन्दा माथिल्लो स्तरको होला।तर कताकता मलाई पनि त्यो मान्छे परिचित झैं लाग्यो।
"हाम्रो भेट पक्कै पहिलो त हैन होला।पहिले पनि कतै देखे जस्तो,भेटे जस्तो र चिने जस्तो लाग्यो।तर कुराकानी चाहिँ भएको छैन होला "
मैले मेरो नजिकै बसिरहेको मित्रसँग वार्तालाप शुरु गरें।
"हजुर दिपक सर,तपाईं एक लेखक तथा पत्रकार।यो हाम्रो दोश्रो भेट।"
उसले उल्टै सजिलैसँग मेरो परिचय दियो।
"माफ गर्नुहोला मित्र,मैले तपाईंलाई प्रष्टसँग चिनेको रहेनछु।"
आफूलाई दोषी बनाएर कुरा प्रस्तुत गरें।
"अँ त दिपक सर,अस्तिको पार्टीमा चिया,नास्ता र खाना सर्भ गर्ने म उहीँ ब्यक्ति हुँ।"
उसले अर्कै किसिमले आफ्नो परिचय दियो।
"हैन मित्र,यतिमै तपाईंको परिचय कहाँ सकिन्छ र?यो भन्दा भिन्न तरीकाले आफ्नो परिचय दिनुस् न।अस्तिको पार्टीमा त अति ब्यस्त भएर तपाईंतिर खासै ध्यान गएनछ।कहानी सुन्न,खान र पिउनमै ब्यस्त भईयो।"
मैले आफूलाई जोगाउँदै भनें।
"दिपक सर,तपाईं आफैंले मेरो परिचय खोज्ने प्रयत्न गर्नुस् न,म तपाईंकै निकटमा छु।चिन्ने कोसिस गर्नुस्।"
मित्रको कुराले मलाई निकै व्यग्र र उत्सुक बनायो।कता-कता रिस पनि उठ्न थाल्यो-कस्तो खाले अप्ठ्यारो मान्छे रहेछ भनेर।मैले उसलाई आफू भन्दा पनि ज्याद्रो ठानें।अनि कहिलेकाही मनमा यस्तो प्रश्न पनि उब्ज्यो-कतै यो मान्छे खुस्केको पागल त हैन?तैपनि आवेगमा आउन उचित ठानिन र कुरा खोतल्ने कार्यमै प्रयासरत रहेँ।यतिकैमा ओमु बहिनीले सिंगै सिग्नेचर नामको रक्सीको बोतल र दुईचार वटा गिलासहरु टेबलमा राखिदिदै भनिन्-
"ल है दाजुभाइहरु मन लागे जति आफैंले हालेर खानुस्,पानी र सेभेन अप दुवै राखिदिएकी छु,जेसित मनपर्छ हालेर खानुस्।"
यति भनेर बहिनी अन्तै ब्यस्त भईन्।मेरो नजिकको मित्रको बारेमा ओमुलाई सोध्ने हिम्मत पनि आएन,तैपनि उसैको सामुन्ने।उसको बारेमा सोधेर बेकारमा मलाई लज्जित हुनु पनि थिएन।त्यो मित्रले बोतल लिएर मेरो गिलासमा रक्सी खन्याइदियो। गिलास भरिएपछि आफ्नो गिलासमा पनि आधा गिलास जति हाल्यो।
"मलाई त पानी भन्दा सेभेन अपसँग राम्रो लाग्छ।सरलाई के हालिदिउँ,सेभेन अप कि पानी?"
-उसले आफ्नो गिलासमा सेभेन अप मिलायो र मलाई सोध्यो।
"ठिकै छ तपाईंलाई नै साथ दिन्छु।"
-मैले आफ्नो गिलासलाई उसको नजिक लगें।उसले मेरो रक्सीको गिलासमा पनि सेभेन अप नै मिलाइदियो।
"जे होस मित्र,अस्तिको पार्टीमा खानेकुरा चाहिँ एकदम स्पेशल ख्वाउनुभयो के।जिन्दगीमा म कहिल्यै बिर्सन्न।"
मैले वार्तालाप शुरु गरेर उसको अतिरिक्त परिचय खोल्ने चेष्टा गरें।
"तपाईँहरुको सेवा गर्न पाउनु त सौभाग्यको कुरा हो नि।"
"तपाईंको चाहिँ नाम के पो रे?मैले बिर्सेछु है,याद गर्न सकिन।"
-मैले नाटक गरें।
"तपाईं उपन्यास लेख्दै हुनुहुन्छ हैन?"
उसले बिना प्रसंगको प्रश्न सोध्यो।
"हो,तर मेरो उपन्यास र तपाईंको बीचमा के सम्बन्ध छ र?मैले त तपाईंको नाम पो सोध्दैछु त मित्र।"-
मैले उसलाई उल्लु बनाउन खोज्दै हाँसीहाँसी भनें।
"सर म तपाईंको उपन्यासकै एक पात्र हुँ,तपाईं आफैं चिन्ने प्रयास गर्नुस् न।मैले शुरुमा पनि भनेकै हो नि,तपाईं मेरै निकटमा हुनुहुन्छ।"-
उसले मलाई निकै रहस्यमय कुरा गर्यो।मित्रको यस कुराले मलाई सगरमाथाको टुप्पोबाट एकैचोटि बेस क्याम्पमा लगेर पछार्यो।मनमा धेरै कौतुहलता र उत्सुकता जगायो।आफैंले लेख्दै गरेको उपन्यासको पात्रलाई आफ्नै सामू अन्जान र अपरिचित रुपमा पाएर केही हदसम्म रोमान्चक महसुस गरें।उसको गफ गर्ने शैली र व्यबहारबाट उसलाई चिन्ने प्रयत्न गरें।एकचोटि सरसर्ती सबै पुरुष पात्रहरुलाई सम्झें र तुलना गरें।तर उसलाई चिन्ने मेरो प्रयास बिफल भयो।मेरो मुखबाट बोली फुटिरहेको थिएन,केबल सोचमग्न भएँ।
"पासाङ त शतप्रतिशत हैन।त्यसो भए को हुनसक्छ?"मित्र मैले अनुमान गर्न सकिन।कृपा गरेर तपाईं आफैं भन्नुस् न।"
"हतार छैन दिपक सर,अझै केही समय दिन्छु।"-
उसले मलाई तड्पाउने कुरा गर्यो।
"मेरो प्रतिक्षाको बाँध टुट्न लागिसक्यो हेर्नुस्,यो भन्दा बढी म सोच्न सक्दिन।"
"मनोज,भयो अब धेरै नपिउनु।एयरपोर्ट जानुपर्दैन?जुत्ता एकातिर,झोला एकातिर र मान्छे अर्कोतिर भएर जान लागेको हो कि कसो?"
ओमु बहिनीले मित्रको नजिकै आएर जोडले भनी।म छक्क पर्दै उसको अनुहारमा हेर्न थालें।त्यो मित्र पनि मुसुक्क हाँस्दै मतिर हेर्यो।केही बेरमा हामी सबैजनाको हाँसोले पूरै घर गुन्जायमान भयो।
"आफ्नै उपन्यासको हिरो लाई मैले कस्तो चिन्न नसकेको?कहानीमा मनोजजीको धेरै चर्चा-परिचर्चा भयो तर तपाईं कहाँ के गर्दै हुनुहुन्थ्यो भनेर चासो लिएको थिईन।अस्तिको पार्टीमा मनोजकै हातबाट खाइयो-पिइयो तर चिन्न सकिन।उपन्यासको एक शसक्त पात्रलाई आज आफ्नै सामू पाएर म हर्षले पागल भएको छु मनोज जी।तपाईंहरुको कहानीमा ओमु जस्तै तपाईं पनि एक ज्वालन्त पात्र हुनुहुन्छ।वास्तवमा तपाईंहरु दुवै जनालाई म सल्यूट गर्छु।"
म एक्कासी उत्तेजित भएर ठीङ्ग उभिएँर सलाम गरें ती दुई पात्रहरुलाई।
"हामीले के नै गरेका छौं र सर?हामीले त आफ्नो जीवन जिउनका लागि गर्नुपर्ने संघर्ष गर्यौं,त्यो भन्दा माथि केही गरेनौं।जे गर्यौं,आफ्नै ब्यक्तिगत स्वार्थको लागि गर्यौं।देशको लागि केही गरेनौं।बरु आफ्नै मातृभूमिबाट पलायन भएर खाडीमा रगत-पसिना बगायौं।देशको कुरा छोडौं,आफ्नै परिवारलाई चटक्कै छोडेर बिदेशी भूमिमा श्रम खर्चियौं।यदि बिदेशमा गर्ने दु:ख स्वदेशमा गर्न सकेको भए देश बिकासको लागि कमसेकम एउटा ईंटा त थपिन्थ्यो होला।के सल्यूट गर्नुहुन्छ र हामी जस्ता पलायनवादीहरुलाई?म त आफैंले आफूलाई धिक्कार्छु।आफ्नो नियतिलाई धिक्कार्छु।एक दशक बिदेश बसेर खै के उपलब्धि हाँसिल गर्यौं र हामीले?त्यही एक टुक्रा जमिन र दुईतले घर हैन?त्यसरी पनि खै त पुगेको हामीलाई?फेरि पनि बिदेश गएर पैसा नकमाई हुन्न।आखिर कहिलेसम्म चल्छ यसरी?तर के गर्नु सर,बाध्यताले जानैपर्छ।"-मनोजले निकै उत्तेजित भएर कुरा गर्यो।
"मनोजजी,सही र गलत के हो मलाई थाहा छैन,तर तपाईंहरुले जे गर्नुभएको छ,बाध्यताबश गर्नुभएको छ।जीवनमा आइपरेका बाधा र अड्चनहरुको डटेर सामना गर्दै अगाडि बढ्नुभएको छ।तपाईंहरुबाट जो कोहीले पनि ठूलो पाठ सिक्न सक्छन् र सिक्नुपर्छ भन्ने मेरो मान्यता हो।जे होस तपाईंहरुको यथार्थ जीवन-कहानीबाट म अत्यन्तै प्रभावित भएको छु।त्यसैले त यही कहानीमा आधारित उपन्यास लेख्दैछु।सम्भवत भविष्यमा चलचित्र पनि बनाउनेछु।"
"मुरीका मुरी धन्यवाद दिपक सर।तपाईंले यति गर्नुभएकोमा म तपाईंप्रति आभारी छु।"
"अनि मनोजजी फेरि दुबई जाँदै हुनुहुन्छ।यतिका धेरै बर्ष पराईभूमिमा बसेर कार्य गर्नुभयो।प्रगति पनि गरिसक्नुभएको छ।अहिलेसम्म आर्जन गर्नुभएको धन र सीप तथा अनुभवलाई लगानी गरेर यतै केही गरेर बस्न सकिन्न र?पूरै जिन्दगी बिदेशी भूमिमा बिताएर बुढेसकालमा देशको लागि केही योगदान दिन नसक्ने अवस्थामा केवल भार बोकेर स्वदेश फर्किनु उचित होला र?अहिलेको अवस्थामा ९०%युवा शक्ति बिदेश पलायन भएका छन्-बाध्यता र बेरोजगारीको मारमा परेर।अब पनि तपाईं जस्ता होनहार युवाहरु स्वदेशमै बसेर केही नगर्ने हो भने देश दिनप्रतिदिन झनझन अन्धकारतर्फ उन्मुख हुनेछ।त्यसैले तपाईंहरु जस्ता युवाहरुले ठण्डा दिमाग बनाएर सोच्नुपर्ने बेला आएको छ,नत्र भने धेरै ढिला भैसकेको हुनेछ।"
"हजुर दिपक सर,म तपाईंको सल्लाह र सुझावलाई हृदयदेखि नै कदर गर्छु।यस बिषयमा मैले पनि नसोचेको चाहिँ पक्कै हैन।धेरै सोचेको छु सर,सायद अरुले भन्दा बढ्ता।तर के गर्नु,देशमा केही गर्न सकिने वातावरण नै छैन।लगानी गरेपनि सुरक्षित छैन।धन-जनको सुरक्षाको ग्यारेन्टी नै छैन।अब यसपाली चाहिँ म जाने नै भएँ सर।अर्कोचोटि आउँदा चाहिँ बिदेश नफर्कने गरी आउनेछु।हुन त ओमुले पनि धेरैपटक नजाऊ भनेर बिन्ती/अनुरोध गरी तर दोश्रो विकल्प नभएकोले पुनः जान लागेको हुँ।"
"हैन मनोज जी,वातावरण आफैं बन्ने हैन,हामीले सृजना गर्ने हो।हामीले चाहेमा आफ्नो लागि मात्र नभई अरुको लागि पनि केही मात्रामा रोजगार सृजना गर्न सक्छौं।केवल इच्छाशक्ति र दृढ अठोट हुनुपर्छ।तपाईं जस्तो ब्यक्तिले यही बसेर केही गरेर देखाउनुभयो भने अरुले पनि सकारात्मक पाठ सिक्नेछन्।तपाईं आफैं जानकार हुनुहुन्छ,मैले भन्ने यति नै हो।"
"हजुरको सुझाव एकदमै अमूल्य र मननयोग्य छ दिपक सर।तर यतिखेर समय-परिस्थितिको दास भएको छु।चाहेर पनि आफ्नो मातृभूमिमा निर्धक्क भएर बस्न सक्दिन।यो घर भनेको सिर्फ ईंटा र सिमेन्टको पर्खाल हो।यसले न त खाना दिन्छ,न सुख नै।यो त एउटा देखावटी बस्तु मात्र हो।दुनियाँको आँखामा छारो हाल्ने साधन मात्र हो।बिदेशिएर कर्म गर्नुको मर्म मलाई नै थाहा छ सर।"
"ठिकै छ मनोज जी।मेरो त एउटा सानो सुझाव मात्र हो।अगाडि जे गर्नुहुन्छ,तपाईंकै मर्जी।"
मैले सकेसम्म मनोजलाई आफूसँग भएको बुतो लाएर बिदेश जानबाट रोक्ने कोसिस गरें तर मेरो कोसिसले फेल खायो।हेर्दाहेर्दै मनोजको बिदाईको तयारी हुनथाल्यो।इष्टमित्र,आफन्त,बाबा-आमा र ओमुले पालैपालो खादा लगाइदिएर सफल यात्राको शुभकामना दिए।मसँग दिनलाई शुभकामना बाहेक अरु केही थिएन।सबैका आँखा अश्रुबर्षाले रुझिएका थिए।मेरा पनि रसाउन थाले।सबैको मुहारमा अन्धकारले छायो।कालो बादल बिनाको खुल्ला आकाश र प्रचण्ड रविको किरण हुँदाहुँदै पनि ओमु निबासमा एक्कासी खग्रास ग्रहण लाग्यो।दिउँसै औंसीको रात झैं अन्धकार भयो।त्यो सानो पारिवारिक संसारमा कोही पनि हर्षित देखिएनन्।सबैभन्दा धेरै दु:खी ओमु बहिनी देखिन्थी।
"आमा,बाबा,दाजुभाइ,दिदीबहिनी,ओमु,नानीबाबु र आफन्तहरु!मेरो बारेमा कसैले पनि पीर नलिनु होला।भाग्यले साथ दिएमा अवश्य पनि एकदुई सालमा फर्किनेछु।बश मलाई सबैको माया र आशीर्वाद चाहिन्छ।अर्कोपटक बिदेश नजानेगरी आउनेछु।बाँकी जीवन तपाईंहरुसँगै हाँसी-खुशी बिताउनेछु।हवस् त अहिलेको लागि मलाई बिदा दिनुहोस्,फेरि भेटौंला।"
यति भन्दै छोराछोरीलाई पालैपालो गालामा चुम्यो र घरको संघारबाट बाहिरियो।सबैजना डाँको छोडेरै रुन थाले।मनोजले फेरि फरक्क फर्केर सबैतिर नजर लायो र बिदाइको हात हल्लायो।अमोद भाइले गाडी तयारी अवस्थामा राखिसकेको थियो।मनोज,ओमु र म गाडीमा बस्यौं।अमोद भाइले गाडी चलाउन थाल्यो।मनोजलाई बिमानस्थलसम्म छोड्नु थियो।अमोद भाइले बिना लाइसेन्स पनि मनोजलाई बिमानस्थलमा छोड्ने खतरा मोल्यो।बाटोमा सबैजना आ-आफ्नो सोचाइमा ब्यस्त भएकाले खासै वार्तालाप भएन।धेरैबेरको मौनतालाई भंग गर्दै ओमुले भनी
-"मनोज,अब फेरि तिमी कहिले आउछौ?कहिलेसम्म हामी तिम्रो मायाको पर्खाइ र यादमा तड्पिने?"
"तड्पिनु पर्दैन,मेरो नाम लिए पुग्छ,म हाजिर हुनेछु।"-मनोजले ठट्यौली पाराले भन्यो।
"हा हा हा हा हा हा हा••••••••••••••••।"
हामी चारैजना निकैबेर सम्म हाँस्यौं।गाडीले सुस्त गतिमा बिमानस्थलको द्धार प्रबेश गरिसकेको थियो।त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको प्रस्थानकक्षको बाहिर गएर गाडी रोकियो।समय अति कम भएकोले मनोजले आफ्नो सानो झोला र बृफकेश लिएर फटाफट हामीबाट बिदा भयो।दिउँसो १२ बजेको उडान थियो तर ११:३० त्यही भैसकेको थियो।मनोजले सानो झोलाबाट आफ्नो राहदानी निकालेर दाहिने हातमा राख्यो।सानो झोला पछाडि भिर्यो र बायाँ हातले बृफकेश डोर्याउँदै सरासर भित्रतिर प्रस्थान गर्यो।राहदानी सँगै दायाँ हात उठाएर हामीतिर एकचोटि हल्लायो र भित्रै गायब भयो।हामीले धेरैबेरसम्म उसैको बाटो हेरिरह्यौं तर मनोजलाई देख्न सक्ने कुरै थिएन।बिहानसम्म सँगै रमाइलो गरेको मान्छे हामीबाट छुट्टिसकेको थियो।उसलाई भेट्न अब कति दिन,कति महिना वा बर्ष कुर्नुपर्ने थियो,कुनै यकिन थिएन।आफ्नो पतिबाट बिछोडिनुपर्दा ओमु त पीडा र बेदनाको भूमरीमा फस्नु स्वभाविकै थियो।तर मलाई पनि आफ्नो उपन्यासको एक शसक्त र ज्वालन्त पात्र देखि टाढिनुपर्दा कम पीडा भैरहेको थिएन।
"ओमु बहिनी,मनोज त गैसक्यो,अब घर फर्कौं।"-
मैले उनलाई सम्झाएँ तर मलाई कसले सम्झाउने?
"हैन दाइ,मलाई किन-किन आज यहाँबाट फर्किने मनै छैन।यो मनले किन हो अझै पर्ख भन्छ।"-
ओमुलाई जाऔं भनेर मुखले भनेपनि मेरो मनले भने फर्किन मानिरहेको थिएन।मनोजसँगको छोटो भेटघाट र वार्तालापले म भित्र एक प्रकारको गाढा छाप बसिसकेको थियो।थोरै तर सत्य र मन छुने तरीकाले बोल्ने मनोज दुबई नगएर फेरि फर्केर आए हुन्थ्यो झैं लाग्यो।खै के आशा लिएर हो,हामी पर्खिरहेका थियौं-कोही आउने झिनो आशा लिएर।दिउँसोको १२ बजिसकेको थियो।एउटा जहाज उड्ने तरखर गर्न थाल्यो।बिस्तारै त्यो जहाज गुड्न थाल्यो र केहीबेरमै आकाशियो।हाम्रो आशाको झिनो त्यान्द्रो चुँडालेर जहाज गैसकेको थियो।मनोज पनि आफ्नो केही अधुरा ईच्छा,चाहना र सपनालाई नेपाली धरातलमै छाडेर अनि आधा चाहिँ लिएर जहाजसँगै उडिसकेको थियो।हाम्रो आश पूर्णरूपमा मृत भैसकेको थियो।हामी गाडीमा पस्यौं।अमोद भाइ पनि अलमल्ल भएर गाडीमा निकैबेर बसिरह्यो।
"अमोद भाइ गाडी चलाउ न,अब हामी किन बसिरहने?"-
मैले रुन्छे स्वरमा भनें।
ओमु बहिनीको आँखामा अश्रु अझै रोकिएको थिएन।
"दिदी,मलाई किन-किन गाडी चलाउन मनै लागिरहेको छैन।कतै हाम्रो गाडी दुर्घटना त हुँदैन?मेरो मनले गाडी नचलाउ भन्दैछ।"-
अमोद भाइ गाडी चलाउन अन्कनाउँदै हामीतिर हेरिरह्यो।
"अब तिमीले नचलाएर कसले चलाउँछ भाइ?हामीलाई आउँदैन क्यारे।"-
ओमु रिसाउँदै मुर्मुरिन थाली।
"माफ गर्नुहोला है,मलाई त झन आउँदैन।बिना लाइसेन्स कहाँ गाडी चलाउनु?तैपनि आए त हो नि।"-मैले पनि आफ्नो तर्फबाट केही नहुने कुरा गरें।
अमोद भाइले गाडी स्टार्ट गरेर यति सुस्तरी गुडाउन थाल्यो,मानौं उसलाई बिमानस्थल छोड्ने मनै थिएन।म अमोद भाइसँगै अगाडि बसेको थिएँ।ओमु बहिनी एक्लै पछाडिको सिटमा।अचानक मेरो नजर गाडीको ऐनामा पर्यो।कोही परिचित झैं लाग्ने पुरुष बृफकेश डोर्याएर द्रुतगतिमा यतै तिर दौडिरहेको थियो।
"अमोद भाइ गाडी रोक!!!"
भाइ र बहिनी तर्सिने गरी चिच्याउन पुगेछु।अमोद भाइले घ्याच्च लाएर ब्रेक मार्यो।म बाहिर निस्केर त्यो पुरुष तिरै ट्वाल्ल परेर हेरें।यतिकैमा अमोद भाइ र ओमु बहिनी पनि बाहिरिएर मेरै नजिक आइसकेका थिए।उसले हामीलाई देखेर दौडिन छाडेर लमकलमक लामो पाइलामा जोसिलो भएर हिंडेर आयो।ऊ अरु कोही नभएर मनोज नै थियो।उसले बिदेशलाई सदा-सदाको लागि नेपाली बिमानस्थलबाटै बिदा दिइसकेको थियो।हामी फेरि चारैजना एकैचोटि झ्याम्मै अँगालोमा बाँधियौ।मनोजको झोला र बृफकेश गाडीको डिकीमा हाल्यौं।हामी सबैजना गाडीभित्र पस्यौं।मनोजले गाडीको खिर्की खोल्यो।गोजीबाट आफ्नो राहदानी निकालेर धुजा-धुजा पार्यो र गाडीको खिर्कीबाट आकाशतिर फाल्यो।गाडीको गति क्रमशः बढ्न थाल्यो।राहदानीका टुक्राहरु पुतली झैं नेपाली आकाशमा फिलिलि उडिरहे••••••••••••••••

No comments:
Post a Comment