स्वाभिमानी,बहादुरी वीर नेपाली
झुकाउदैन कहिल्यै शीर नेपाली।
बुद्ध जमेको देश, सगरमाथाको देश
शान्तिभूमी यो देश, लाग्छ नेपाल बेश।
तोडी,फोडी अगि बढ्छ जन्जीर नेपाली
दुस्मनको छाती छेड्छ तीर नेपाली ।
लेकैमा फुल्ने चाप, गुराँस,सुनाखरी
नेपाल मलाइ प्यारो,राख्छु मुटु भरी।
कहिल्यै पनि थाक्दैन आखीर नेपाली
आफ्नो लागि आफैं कोर्छ तक्दीर नेपाली।
No comments:
Post a Comment