देख्न थाले मीठो सप्ना टुट्नु त छदैछ
कुनै मोडमा भेटे तिमी छुट्नु त छदैछ।
शिशाको महल मैले बनाएको रै'छु
कुनै दिन चर्केर यो फुट्नु त छदैछ ।
आउ प्रिया अगालोमा बेरौ एक अर्कामा
समय,परिस्थितिले लुट्नु त छदैछ।
कि त माया गर,नत्र, मुटु रेटि देउ
भाग्यको त्यो बर्सातले चुट्नु त छदैछ।
सुत अब नयन हरु,रात ढली सक्यो
नौलो रहर बोकी भोलि उठ्नु त छदैछ।
No comments:
Post a Comment